
चितवन।वाग्मती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर तोकेको छ ।प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार भाडा घटाएको जानकारी दिएको हो ।नयाँ भाडादरअनुसार नारायणगढ–काठमाडौं सार्वजनिक सवारीसाधनको भाडा १० रुपैयाँले घटेको छ । अहिले नयाँ भाडादर ४२१ रुपैयाँ कायम भएको छ । चितवनको रामपुरबाट काठमाडौँ ४४७ रुपैयाँ र नारायणगढ धादिङबेसी २२१ रुपैयाँ रहेको छ ।यस्तै, वाग्मती प्रदेश सरकारले यात्रुवाहक सवारीसाधनमा गत जेठ ११ गतेदेखि लागु गरेको भाडादरमा २.३० प्रतिशत भाडा कम गरेको छ । यात्रुले यो भाडादरमा १५ किलोग्रामसम्मको सामान निःशुल्क र सोभन्दा बढीको प्रति १० किलोग्रामको पाँच रुपैयाँ दरले भाडा तिर्नुपर्ने गरी भाडादर तोकिएको छ ।
यस्तै, वाग्मती प्रदेशमा सञ्चालन हुने मालवाहक सवारीसाधनको भाडा १३.७४ रुपैयाँ प्रतिटन प्रतिकिलोमिटर तय गरिएको छ । विद्युतीय माध्यमबाट सञ्चालित यात्रुवाहक सवारीसाधन र यात्रुवाहक सवारीसाधन ट्याक्सीको हकमा भने २०७९ को वैशाख १ देखि जारी भाडा दर नै कायम रहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१