• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ जेष्ठ २६, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

ट्रम्प र मस्कबिच पानी बाराबार गराउने ‘बिग एण्ड ब्युटिफुल बिल’ के हो ?

२

विनयी खोलामा नयाँ पुल निर्माण सम्पन्न, एक महिनाभित्र सञ्चालनमा आउने

३

बूढीगङ्गामा इन्टरनेट सेवा अवरुद्ध

४

एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा

५

समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस्ः प्रधानमन्त्री

६

उज्यालो म्याग्दी कार्यक्रमः बुल र मलम्पारमा विद्युतीकरण

७

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

८

पोखरीमा डुबेर दुई बालकको मृत्यु

९

अमेरिकामा एकै परिवारका चार नेपालीको गोली हानेर हत्या

१०

आजको मौसम पूर्वानुमानः चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

११

इस्लाम धर्मावलम्बी इद–उल–जोहा मनाउँदै

१२

सात वर्षदेखि अलपत्र पुलको काम सुरु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चितवनमा डेँगु संक्रमणको उच्च जोखिम, गत वर्ष तीन हजार बढीमा संक्रमण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण ११, बिहिबार (१ साल अघि)
    8773eaaok-1689838800

    Advertisement

    चितवन।वर्षा याम सुरु भएदेखि चितवनमा डेँगु संक्रमणको उच्च जोखिम बढेको छ ।चालु आर्थिक वर्ष २०८०/२०८१ को साउन महिनाको ९ दिनमै ४ जनामा डेँगु संक्रमण पुष्टि भएसँगै संक्रमणको जोखिम बढेको हो ।७० जनाको परीक्षण गरिएकोमा चार जना चितवन बाहिरका नागरिकमा डेँगु सङक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/०८०मा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार ७२८ जनाको परीक्षण गरिएकोमा तीन हजार ३२४ जनामा डेँगुको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी रामकुमार केसीले नारायणी अनलाइनलाई जानकारी दिए ।केसीका अनुसार चितवन बाहिरका ६९५ जना र ठेगाना नखुलेका ३२३ जना डेँगुबाट सङ्क्रमित भएका थिए भने चार जनाको मृत्यु भएको छ । यस्तै आर्थिक वर्ष २०७८/२०७९ मा पाँच हजार ४५४ को परीक्षण गरिएकोमा ३०३ जनामा डेँगुको संक्रमण देखिएको थियो । यस्तै आव २०७७/२०७८ मा एक हजार ७१७ जनाको परीक्षण गरिएकोमा २४३ जनामा डेँगुको सङ्क्रमण देखिएको थियो ।

    चितवनमा संक्रमणको उच्च जोखिम रहेको सूचना अधिकारी केसीले बताएका छन् । उनले भने,‘ डेँगु संक्रमणको उच्च जोखिम रहेकोले संक्रमण नियन्त्रणको लागि स्थानीय निकायसँग छलफल भइरहेको छ । यसका लागि स्थानीय निकाय, स्वयंसेविका र समुदायको सहभागिता चाहिन्छ ।’ उनले स्थानीय निकाय, स्वयंसेविका र समुदायले संक्रमण नियन्त्रणको अभियानमा सहयोग गरिदिन आग्रहसमेत गरेका छन् । उनले बजार क्षेत्रमा धेरै डेँगु संक्रमण फैलिने हुँदा बजार जादा डेँगुको टोकाइबाट बच्न र आफ्नो घर वरिपरी सफा राख्न सुझाव दिएका छन् । उनले भने, ‘यदि लामखुट्टेले टोकेको ७-८ दिनमा ज्वरो आएमा अथवा डेँगुको लक्षण देख्न थालेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ । यदि समयमै उपचार गरिएन भने व्यक्तिको मृत्युसमेत हुन्छ ।’ उनले लामखुट्टेको लार्भा खोजेर नष्ट गर्ने योजना बनाइरहेको बताए । उनकाअनुसार भदौ, असोज, कात्तिक डेँगुको प्रकोप हुने सिजन हो तर साउनदेखिबाट डेँगुको तथ्याङ्क संकलन कार्य थालेको छ ।डेँगु एडिस एजेप्टाइ नामको लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो रोगको संक्रमण देखिएका बिरामीमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुनेलगायत लक्षण देखा पर्ने चिकित्सक बताउँछन् ।डेँगुबाट बच्ने मुख्य उपाय लामखुट्टेबाट बच्नु हो । लामखुट्टे पानीमा बस्ने भएकाले घरको वरपर वा पानी जम्ने ठाउँ जस्तैः गमला, फूलदानी, खालीबट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायरलगायतमा पानी जम्न नदिनु, बाहिर वा लामखुट्टेले तोक्ने ठाउँमा निस्कदा शरीर ढाकिने लुगा लगाउनुपर्ने र सुत्दा झुलको प्रयोग गर्नुपर्छ ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • ट्रम्प र मस्कबिच पानी बाराबार गराउने ‘बिग एण्ड ब्युटिफुल बिल’ के हो ?

  • विनयी खोलामा नयाँ पुल निर्माण सम्पन्न, एक महिनाभित्र सञ्चालनमा आउने

  • बूढीगङ्गामा इन्टरनेट सेवा अवरुद्ध

  • एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा


  • Advertisement

    समाचार
  • १

    ट्रम्प र मस्कबिच पानी बाराबार गराउने ‘बिग एण्ड ब्युटिफुल बिल’ के हो ?

  • २

    विनयी खोलामा नयाँ पुल निर्माण सम्पन्न, एक महिनाभित्र सञ्चालनमा आउने

  • ३

    बूढीगङ्गामा इन्टरनेट सेवा अवरुद्ध

  • ४

    एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा

  • ५

    समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस्ः प्रधानमन्त्री

  • ६

    उज्यालो म्याग्दी कार्यक्रमः बुल र मलम्पारमा विद्युतीकरण

  • ७

    वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

  • ८

    पोखरीमा डुबेर दुई बालकको मृत्यु

  • ९

    अमेरिकामा एकै परिवारका चार नेपालीको गोली हानेर हत्या

  • १०

    आजको मौसम पूर्वानुमानः चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution