
देवचुली। कर वृद्धि पछि असन्तुष्ट भएका व्यवसायीहरुले देवचुली उद्योग वाणिज्य संघमा लगाइएको ताला खुलेको छ। शनिबार देवचुली नगरपालिकाभित्र रहेका बजार व्यवस्थापन समितिको बैठकमा सर्वसम्मत ताला खुल्ने निर्णय अनुसार आज आईतबार ताला खोलिएको हो।देवचुली नगरपालिकाबाट आर्थिक वर्ष २०८०र८१ का लागि अत्याधिक कर वृद्धि भएको र उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको समेत सहमति दिएको भन्दै असन्तुष्ट व्यवसायीहरुले उद्योग वाणिज्य संघमा ताला लगाएका थिए ।देवचुली नगरपालिकाले बढाएको कर दर पुनरावलोकन गर्न वार्ताको आवहान गरेको र सो कार्यको नेतृत्व बजार,उद्योगी,व्यवसायीहरुको छाता संगठन देवचुली उद्योग वाणिज्य संघले गर्नुपर्ने सम्पूर्ण व्यवसायीहरुको धारणा आएकोले ताला खोल्ने निर्णय गरिएको दलदले बजार व्यवस्थापन समितिका सचिव चिरञ्जीवी पाण्डेले जानकारी दिए ।
देवचुली उद्योग वाणिज्य संघले व्यापारी,उद्योगी र व्यवसायीका लागि बढाइएको करलाई पूर्ण रुपमा पुरानै दर रेट कायम गर्नका लागि पहल गर्ने र बजार व्यवस्थापन समितिहरुले उद्योग वाणिज्य संघलाई सहयोग गर्ने शनिबार भएको बैठकमा निर्णय भएको दलदले बजार व्यवस्थापन समितिका अध्यक्ष राजेश रसाइलीले बताए । कर वृद्धि भन्दा करको दायरा बढाउनका निम्ति देवचुली नगर भित्रका बजार व्यवस्थापन समितिले नगरपालिकालाई सहयोग गर्ने समेत निर्णय गरिएको रसाइलीले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१