
काठमाडौं ।गत साउन ३ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद भएको एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।ठमेलमा सञ्चालित होटल भियनामा राजस्व अनुसन्धान विभागको टोलीले शनिबार छापा मारेको छ। उक्त प्रकरणमा कनेक्शन देखिएपछि राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेर उक्त होटलको सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको हो ।त्यस होटललाई प्रयोग गरेर सुन तस्करी गर्ने गिरोहले काठमाडौंमा काम गरिरहेको सूचना पाएपछि विभागले छापा मारेको हो।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१