
तनहुँ।नदीले बगाएर देवघाट धामबाट एक तीर्थयात्री बेपत्ता भएका छन् । तनहुँको देवघाट गाउँपालिका– ५ स्थित वेणी सङ्गम त्रिशूली नदी र काली गण्डकी नदीको संगमस्थल बाट बेपत्ता भएका हुन ।देवघाट दर्शन गर्न आएका दाङ जिल्लाको तुलसीपुर नगरपालिका – १२ बस्ने वर्ष ३२ को लोकेन्द्र भुसाल बेपत्ता भएको प्रहरीले जनाएको छ ।भुसाल शुक्रवार बिहान ७ः १५ बजे बगाई बेपत्ता भएको भएको खोजतलास भइरहेको र हालसम्म फेला नपरेको उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१