• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ३१, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

२

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

३

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

४

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

५

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

६

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

७

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

८

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

९

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

१०

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

११

खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

१२

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पछिल्लो २४ घन्टामा देशभरि भारी वर्षा, कहाँ के भयो?

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण २३, मंगलबार (२ साल अघि)
    kaligandaki

    Advertisement

    काठमाडौं । सोमबार रातिदेखिको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बाढी, डुबान र पहिरोबाट जनजीवन प्रभावित भएको छ। काठमाडौंमा विष्णुमती नदीको जल सतह बढ्दा टोखा नगरपालिकाका वडा नम्बर ९, १० डुबानमा परेको छ। गोंगबु, नयाँ बसपार्क क्षेत्र डुबानमा परेको छ।

    निरन्तरको वर्षाका कारण पूर्वी भेग भएर बग्ने मनोहराले पनि जल सतह पार गरेको छ। मनोहराको बाढी पस्दा नेकपा (एमाले)को च्यासलस्थित केन्द्रीय कार्यालय पनि डुबानमा परेको छ। च्यासल जोड्ने पुलबाट पानी फर्किंदा कम्पाउन्ड डुबानमा परेको एमाले उपमहासचिव बिष्णु रिमालले जानकारी दिए।

    बागमती नदीको बहाव बढ्दा बल्खुस्थित तरकारी बजार पनि डुबानमा परेको छ। एक्कासि पानीको बहाव बढ्न थालेपछि बल्खु तरकारी बजारका व्यापारीले सामानसमेत उठाउन नभ्याएको बताएका छन्।

    भारी वर्षाका कारण काठमाडौं उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुहेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायत क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए।

    ‘काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन्। डुबान क्षेत्रमा प्रहरी टोली बिहानैदेखि खटिएको छ, सचेतनाका लागि बागमती र मनोहरा खोला आसपासको क्षेत्रमा नियमित प्याट्रोलिङ गर्ने र माइकिङ भइरहेको छ,’ उनले भने।

    भारी वर्षाका कारण सडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ। काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको हो।

    बाढीकै कारण काठमाडौंको सामाखुसीस्थित रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मुलपानी क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। अविरल वर्षाका कारण उपत्यकाका नदी अझै बढ्ने आकलन गरेर ठाउँ–ठाउँमा प्रहरी टोली परिचालन गरी सचेतना अपनाउन आम नागरिकलाई आग्रह गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले जानकारी दिए।

    हनुमन्तेलगायत खोला बढ्दा भक्तपुरको बाराहीस्थान लगायत क्षेत्र डुबानमा परेका छन्।

    १८ स्थानमा भारी वर्षा

    देशका विभिन्न १८ स्टेसनमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बाँकेको कुशुममा भारी वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा २४१.२ मिलिमिटर वर्षा भएको छ।

    बर्दियाको रम्भापुर क्षेत्रमा पछिल्लो २४ घन्टामा १८०.८ मिलिमिटर वर्षा मापन भएको छ। बर्दियाकै औरहीमा पछिल्लो २४ घन्टामा १८३ र स्यानो श्री चेपाङमा १४४.२ मिलिमिटर वर्षा मापन गरिएको छ।

    चितवनको कालीखोला क्षेत्रमा पछिल्लो ६ घन्टामा ६०.६ र २४ घन्टामा १२५.८ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जानकारी दिएको छ।

    दाङको गंगढी स्टेसनमा पछिल्लो २४ घन्टामा १६२.४, सिन्धुलीको मरिण कुशमटारमा २५७.८, सिन्धुलीकै माडीमा १७१.८, मकवानपुरको चिसापानीगढीमा २०२।.८, बाराको अमलेखगञ्जमा २५३.८ मिलिमिटर वर्षा भएको छ।

    बाराकै निजगढमा पछिल्लो २४ घन्टामा १८० र मकवानपुरगढीमा १६५. मिलिमिटर वर्षा भएको छ। बाराको कलैया स्टेसनमा भारी वर्षा मापन गरिएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा १४४, सर्लाहीको पत्थरकोटमा १४१.८, धनुषाको तुलसीमा २९१.६, हरिहरपुरगढीमा २५६.२, सर्लाहीको कर्मैयामा १६०.६ मिलिमिटर वर्षा मापन भएको छ।

    मकवानपुरमा पहिराले घर बगाउँदा एक जनाको मृत्यु, छ जना बेपत्ता

    मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे देभानमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित छ जना बेपत्ता भएका छन्।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती–५ सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिराले पुरिएको हो। पहिरामा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतान रहेको प्रहरीले जनाएको छ।

    अक्कल बहादुर, उनका छोरी शिला स्याङतान, ज्वाइँ जीवन पहरी ,नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुली हरिहरपुरका १६ वर्षीया पासाङ पहिरामा पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए

    पहिराले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरूद्ध

    अबिरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरूद्ध भएको छ। बागलुङ–बुर्तिबाङ सडकखण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी र करिडोरको बागलुङ नगरपालिका–गलुवामा पहिरो झर्दा सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।

    मध्यपहाडी लोकमार्गमा एकतर्फी सडक सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ छ। गलुवाको पहिरो हटाएर करिडोर सञ्चालन गर्न जेसिबी पठाए पनि त्यसले सडक खुलाउन नसकेको प्रहरी नायब उपरीक्षक केसीले बताए। उक्त सडक खुलाउन ठूलो डोजर नै पठाउनुपर्ने भएकाले पालिका केही समय लाग्ने जानकारी दिएको उनको भनाइ छ।

    ‘वर्षा ठूलो भयो, राति पहिरो गएपछि दुई वटै सडक अवरूद्ध छन्, सडक खुलाउने प्रयास भएको छ, मध्यपहाडी लोकमार्ग केहीबेरमा सञ्चालनमा आउने देखिएको छ भने करिडोर खुलाउन केही समय लाग्छ, निकै ठूलो पहिरो गएको हुँदा पन्छाउन ठूलो मेसिन चाहिन्छ,’ उनले भने, ‘अहिले वर्षा कम भएको छ, मेसिनले काम सुरू गर्‍यो भने करिडोर दिउँसोसम्म खुल्ला।’

    करिडोर अवरूद्ध हुँदा जिल्ला सदरमुकामबाट दक्षिण बागलुङको जैमिनी, बलेवा, बरेङलगायतका क्षेत्र सिधा यातायात हुनसकेको छैन भने लोकमार्ग अवरूद्ध हुँदा बुर्तिबाङ, गलकोटबाट काठमाडौं, पोखरा, चितवन, बागलुङलगायत ठाउँमा जाने गाडी सडकमै रोकिएका छन्। बागलुङ बजारबाट पश्चिमतर्फ सञ्चालन हुने गाडी पनि सडकमै ठप्प भएका छन् भने यात्रु बीचबाटोमा अलपत्र परेका छन्।

    पहिरो खसेपछि घोराही–लमही सडक अवरूद्ध

    घोराही–लमही सडकखण्ड अवरूद्ध भएको छ। घोराही-लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

    वर्षातका कारण गए राति खसेको पहिराका कारण सडक अवरूद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए। उनका अनुसार सोमबार पहिरो खसेको ठाउँमा पुनः आज पनि पहिरो खस्दा सडक अवरूद्ध भएको हो।

    सडक अवरूद्ध हुँदा घोराही–लमही सडकखण्ड भएर चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन्। अवरूद्ध सडक खुलाउन पहिरो हटाउने काम भइइरहेको छ।

    मुग्लिन–नारायणगढ सडक एकतर्फी खुलाइयो

    कालिखोला र टोपेखोलामा खसेको पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी खुलाइएको छ । बिहानैदेखि रोकिएको सवारी साधनलाई गन्तव्यतर्फ पठाउन सडक एकतर्फी खुलाइएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

    सडक दुईतर्फी नै सञ्चालनमा आउन केहि समय लाग्ने बताइएको छ । वर्षा भइरहेकाले पुनः पहिरो खस्न सक्ने जोखिम रहेको छ ।

    कान्ति लोकपथ र मदन भण्डारी राजमार्ग अवरूद्ध

    मकवानपुरमा झरीका कारण पहिरो जाँदा हेटौंडालाई काठमाडौंसँग जोड्ने दुई छोटा राजमार्ग अवरूद्ध भएका छन्। पहिराका कारण कान्ति लोकपथ र मदन भण्डारीमार्ग अवरूद्ध भएको प्रहरीले जनाएको छ।

    गए राति मकवानपुरको भीमफेदी गाउँपालिका-२ ज्यालटारस्थित मदन भण्डारीमार्ग हेटौंडा-भैसे(भीमफेदी-कुलेखानी-काठमाडौं सडक खण्डमा पहिराका कारण बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। वर्षाका कारण पहिरो खसेर बाटो अवरोध भएको भन्ने जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिगएको तथा रातिमा पानी परिरहेकाले पहिरो हटाउन सक्ने अवस्था नरहेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।

    त्यस्तै गए राति नै मकवानपुरको बकैया-११ लामराङस्थित कान्तिलोक पथ सडक खण्डमा वर्षाका कारण पहिरो खसी दुबैतर्फी बाटो अवरोध भएको प्रहरीले जनाएको छ। उक्त स्थानमा प्रहरीले पहिरो हटाउनका लागि सडक विभागसँग समन्वय गर्दा जोखिमका कारण राति पहिरो हटाउन नसक्ने जानकारी प्राप्त भएको प्रहरी प्रवक्ता कार्कीले बताए।

    सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासियो सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पनि अवरूद्ध भएको छ। सोमबार राति परेको वर्षाका कारण भीमदत्त राजमार्गको खानीडाडाँ र बुढीतोला क्षेत्रमा पहिरोले सडक भासिएपछि अवरूद्ध भएको हो।

    राजमार्गका विभिन्न ठाउँमा पहिरो गएको प्रहरीले जनाएको छ।

    (राससको सहयो‍गमा)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


  • Advertisement

    समाचार
  • १

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • २

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ३

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ४

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ५

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ६

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • ७

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • ८

    समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

  • ९

    अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

  • १०

    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution