
कावासोती ।नवलपुरमा आँखा पाक्ने रोग व्यापक रूपमा फैलिएपछि सचेत रहन जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । पछिल्लो केही दिन यता बालबालिकादेखि वृद्धवृद्धामा आँखा पाक्ने रोग फैलिएपछि यस रोगको प्रकोप कम गर्न आवश्यक सर्तक रहन जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध गरेको हो जिल्लाका सबै सरकारी अस्पतालमा दैनिक पाँच सय आँखा पाक्ने बिरामी आउने गरेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशब चापागाईंले बताए । शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले डेंगु एवम आँखाको भाइरल कन्जक्टिभाइटिस रोग सम्बन्धी सञ्चारकर्मीहरुको लागि आयोजना गरिएको अभिमुखीकरणमा सो कुराको जानकारी गराईएको हो । प्रमुख चापागाईका अनुसार नवलपुर जिल्लामा बाहिरबाट आउने व्यक्तिका कारण आँखा पाक्ने रोग व्यापक रुपमा फैलिएको बताउदैँ सरकारी अस्पतालमा मात्र दैनिक पाँच सय आँखाका बिरामी आउने गरेको जानकारी दिए ।मध्यविन्दु जिल्ला अस्पतालका डाक्टर कमलराज न्यौपानेका अनुसार अस्पताल आउनेलाई बिरामीको अवस्था हेरेर आँखामा हाल्ने औषधि सहित सरसफाइमा ध्यान दिनेबारे सल्लाहका साथै साना उमेरका बालबालिकामा अझै बढी समस्या रहेकोले सर्तक रहन आवश्यक सुझाव दिने गरेको डा.न्यौपानेले बताए ।
त्यस्तै उनले आँखाको समस्या दिनदिनै बढ्दै गएकोले आँखाका बिरामीले सामान्य चेकजाँच पछि घरमानै बसेर उपचार गर्न सकिने हुदा सक्रमित बिरामी भिडभाडमा नजान अनुरोध गरिएको बताउदै मौसमको परिवर्तनसँगै एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिएको भाइरल प्रकोपले धेरैलाई प्रभावित बनाएको उनको भनाई छ ।केहि दिनदेखि फैलिएको यस समस्याले विद्यालयका विद्यार्थीहरुलाई समेत प्रभाव पारेको देखिन्छ । अहिले विद्यालयमा अध्यननरत अधिकांश बालबालिकामा आँखा पाक्ने समस्या देखिएको र विद्यार्थीको पढाईलाई समेत असर पुर्याएकोे छ । नवलपुर जिल्लाका सबै पालिकामा मङ्गलबारदेखि विद्यालय बन्द छन ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१