
काठमाडौं।बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म जवानले भारतीय बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। जवानले प्रदर्शनको १८ दिनमा सबैभन्दा छिटो ५ सय करोड कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको हो।हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार भारतमा फिल्मले १७ दिनमा ४९२ करोड ४ लाख भारू कमाएको छ। यो हिन्दी संस्करणको मात्रै कमाइ हो। फिल्मले तमिल र तेलुगू संस्करणमा ५६ करोड २१ लाख कमाएको छ भने विश्वभरबाट ९६६ करोड कमाएको छ। योसँगै जवान ५ सय करोड क्लबमा सामेल हुने चौथो हिन्दी फिल्म बनेको छ।
५ सय करोड कमाउन सनी देओलको फिल्म गदर २ लाई २४ दिन लागेको थियो भने शाहरूख खानको पठानलाई २८ दिन र बाहुबली २ हिन्दी संस्करणलाई ३४ दिन लागेको थियो।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१