
रुपन्देही । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ३ रनगाई परीक्षामा कम अङ्क ल्याउने एक बालिकामाथि कुटपिट भएको छ ।नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका कक्षा ६ मा अध्ययनरत वर्ष ११ को छात्रा बढी अङ्क ल्याउने छात्रबाट कुटिएकी छिन् ।विद्यालयका एक शिक्षकले परीक्षामा थोरै अङ्क ल्याउनेलाई धेरै अङ्क ल्याउनेले पिट्ने नियम बनाई आन्तरिक परीक्षा सञ्चालन गरिएको थियो ।प्रतिस्पर्धामा सबैभन्दा थोरै नम्बर आएपछि आफ्नै साथीबाट चुटाइ खाएको पीडित बालिकाले बताइन् ।अरू बेला उत्तीर्ण हुन्थे तर यो पटक कम नम्बर आयो त्यसैले सँगै पढ्ने छात्रबाट पिटाइ खाएँ । कुटपिटको कारण ढाड पछाडि सोम्ला बसेको छ । बेला बेलामा दुख्ने गरेको छ, पीडित बालिकाले बताइन् ।
सिकाई सुधारका लागि शारीरिक पिडा हुने गरी कुटपिट हुनु गलत भएको पीडित बालिकाका अभिभावक नोखई थारुले बताए। विद्यालयले सजाय दिएपछि अभिभावकहरूले विद्यालयमा पुगी ध्यानाकर्षण गराएका छन् । विद्यालयमा हुने शारीरिक र मानसिक सजाय नदिन अभिभावकले आग्रह गरेका छन् ।यसै गरी कपिलवस्तु नगरपालिकाको सनसाइन आवासीय माविमा होमवर्क डायरीमा अभिभावकको हस्ताक्षर नभए पछि ११ वर्षीया बालिका शिक्षकबाट कुटिएकी छन् ।कम्प्युटर विषयका शिक्षकले कक्षा ५ मा अध्ययनरत ११ वर्षीया छात्रालाई पिट्दा देब्रे र दाहिने पाखुरा र हातमा नीलडाम बनेको छ ।
पीडित बालिकाले होमवर्क डायरीमा अभिभावकको हस्ताक्षर नगराएको भन्दै कक्षा कोठामै कुटेको बताएका छन् ।घटनाको विषयलाई लिएर अभिभावकले प्रहरीमा उजुरी समेत दिएको बताइएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१