
काठमाडौं । फिल्म ‘रावायण’को लेनदेन विवादमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई प्रहरीले आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउँदैछ । म्याद थपका लागि अहिले केहीबेरमा केसीलाई उपस्थित गराउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी कुमोद ढुंगेलले बताए ।आपराधिक विश्वासघात गरेको आरोपमा सुदर्शन थापा प्रोडक्सन नामक फिल्म कम्पनीले अभिनेता केसीविरुद्ध प्रहरीमा उजुरी दिएको थियो । केसीलाई भक्तपुरको साँगाबाट शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै केसी चिरायु अस्पतालमा भर्ना भएका थिए । पक्राउविरुद्ध केसीले केही दिनअघि उच्च अदालत, पाटनबाट निषेधाज्ञाको आदेश पनि लिएका थिए ।
देवानी कसुरमा पक्राउ नगर्नु भन्ने आदेश लिए पनि फौजदारी कसुरमा उनीविरुद्ध पक्राउ अनुमति जारी भएको हुनाले मुद्दा अनुसन्धानमा असर नपर्ने प्रहरीको भनाइ छ । तर केसीका वकिल परशुराम कोइरालाले चाहिं उच्च अदालतको आदेश आइसकेकाले हिरासतमा राख्न उचित नभएको बताए ।रावायण फिल्मका निर्माताले अभिनेता केसीले १० लाख रुपैयाँ लिएर पनि फिल्म खेल्न नमानेको बताएका छन् । तर केसीले चाहिं आफूले पैसा लिए पनि लिखित सहमति नगरेको बताइसकेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१