
अधिवेशनबाट नेतृत्व सहमतिबाटै चयन गर्ने गरी प्रयत्न गरिरहेको शर्माले बताए ।‘सहमतिको विषयमा टाइमटेबल हुने कुरा भएन । अन्तिम अवस्थासम्म हामी प्रयत्न गर्छौं । तर, आन्तरिक प्रतिस्पर्धा नै हुने भए मेसिनबाट भोटिङ गर्ने व्यवस्था मिलाएका छौं,’ उनले भने ।उद्घाटन सत्रपछि लगत्तै बन्द सत्र सुरु हुने नेकपा एमाले गण्डकी प्रदेशले जनाएको छ । निर्वाचन हुने स्थिति आए १६ गते मतदान गरेर १७ गते साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको प्रदेश अध्यक्ष शर्माले जानकारी दिए ।

‘१ हजार जनाभन्दा बढीलाई पोखरामा राखेर ढिलो गर्दा बढी खर्चालु पनि हुन्छ । मेसिनबाटै भोटिङ गर्ने भएकाले सकेसम्म १७ गते साँझसम्म रिजल्ट आउन सक्छ,’ उनले भने ।