दाङ।सल्यानमा चितुवाको आक्रमणबाट चार जना घाइते भएका छन्।घाइतेमध्ये जिल्लाको छत्रेश्वरी गाउँपालिका–३ दोली गाउँका ४० वर्षीय राजु केसीको जिल्ला अस्पताल खलङ्गामा उपचार भइरहेको छ ।जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन कार्कीका अनुसार उनको अनुहार र हात खुट्टामा चितुवाको आक्रमणबाट घाउ लागेको छ।
त्यस्तै सोही ठाउँका १६ वर्षीय छविलाल केसी, २७ वर्षीय भीमसेन थापा र ४० वर्षीय टेकबहादुर थापालाई पनि चितुवाले आक्रमण गरेको प्रहरीले बताएको छ। उनीहरूको तीनै जनाको स्थानीय मेडिकलहरूमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।अहिले उक्त चितुवालाई नियन्त्रणमा लिने प्रयास भइरहेको।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१