
रुपन्देही । कपिलवस्तुमा सर्पले डसेर एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ । मंगलबार राति सर्पले डसेर गम्भीर घाइते भएका बाणगंगा नगरपालिका वडा नं ९ भलवाडका मोतीलाल क्षेत्रीका ३ र ८ वर्षीय दुई छोरीको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल मृत्यु भएको हो ।वाणगंगा नगरपालिका वडा नं ९ का अध्यक्ष कमल पौडेलले राती अबेरसम्म फिलिम हेरेर झुल लगाएर सुतेका दिदीबहिनीमध्ये बहिनी राती पेट दुखेर आत्तिएपछि गोरुसिंगे लगिएको र त्यहाँ उपचार हुन नसकेपछि बुटवल पठाइएकोमा उपचारका क्रममा दुई बहिनीको नै मृत्यु भएको बताए ।कपिलवस्तुको भलवाड निवासी ३ वर्षीया रीतिका क्षेत्रीको बिहान र ८ वर्षीया इशिका क्षेत्रीको साँझ मृत्यु भएको प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. नेत्रबहादुर रानाले जानकारी दिए । ‘अस्पतालमा उपचारका लागि आउँदा नै उनीहरुको अवस्था धेरै नाजुक थियो, सर्पले टोकेको बिरामीलाई जतिसक्दो छिटो उपचारका ला िगअ स्पताल ल्याउनुपर्नेमा ढिलो भएको हो, बहिनीको त आउँदा नै अवस्था कमजोर थियो, दिदीलाई प्रयास गरेपनि बचाउन सकिएन’ उनले भने ।
सर्पले डसेको थाहा पाएपछि दुबैलाई बिहान ४ बजे उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेमा लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि उनीहरुलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको भएपनि दुवैको मृत्यु भएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१