
चितवन।चितवनमा दसैँ तिहारलाई लक्षित गरेर असोज २१ गते बाट सुपथ मूल्य पसल सञ्चालनमा आउने भएको छ ।साल्ट ट्रेडिङ कर्पाेरेसनले सञ्चालनमा ल्याउने सुपथ मूल्य पसल छठसम्म नारायणगढमा सञ्चालनमा आउने भएको हो ।
पसलमा बजार भन्दा सस्तो मूल्यमा खाद्यान्न सामग्रीहरु उपलब्ध हुने कर्पाेरेसनले जनाएको छ । पसलमा चिनीलगायत विभिन्न खाद्यान्नको मूल्य कति तोक्ने भन्नेबारेमा मन्त्रालयमा निर्णय आइनसकेको कर्पाेरेसन चितवनका प्रमुख बुद्धिविनोद दाहालले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ कुन खाद्यान्नको मूल्य कति छुटमा उपलब्ध गराउने भन्ने परिपत्र भोलिसम्म आउने विश्वास छ । पसल सञ्चालन भने २१ गतेबाट गर्ने निश्चित भएको छ ।’
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१