
काठमाडौं।काठमाडौंको भद्रकालीमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक एक महिलाको ज्यान गएको छ । बिहीबार साँझ साढे ७ बजे भद्रकाली नजिक सभागृह मोडमा आर्मीका चालक हुद्धा महोमद नुरेन देवानले चलाएको प्र ३-०१-००१ ग ३६०५ नम्बरको ७.५ ट्रकले स्कुटरलाई ठक्कर दिएको हो ।ठक्करबाट काठमाडौं चाहाचल बस्ने ३२ वर्षकी चालक आकृति शर्माको मृत्यु भएको हो ।
बाप्र-०२-०१८ प ९२७७ नम्बरको स्कुटर ट्रकसँग ठोक्किँदा घाइते भएकी शर्मालाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा ८ बजे चिकित्सके मृत घोषणा गरेका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१