
चितवन ।चितवनमा पहिलो पटक ‘चितवन ह्याण्ड सिम्पोजियम’ हुने भएको छ । असोज २० गते शनिबार भरतपुर गार्डेन रिसोर्टमा सिम्पोजियम (समगोष्ठी) हुन लागेको हो । नेपाल अर्थोपेडिक एसोसिएसन चितवन शाखा र नेपाल ह्याण्ड सर्जरी सोसाइटीको संयुक्त आयोजनामा सिम्पोजियम हुन लागेको हो । एसोसिएसन चितवनका महासचिव डा।प्रमोद लामिछानेका अनुसार गोष्ठीमा विभिन्न किसिमका १६ वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।सिम्पोजियममा चितवन सहित, काठमाण्डौं, पोखरा, धरान, झापा लगायत नेपालभरीका ह्याण्ड सर्जरी सोसाइटीमा आवरुद्ध चिकित्सकहरुको सहभागिता रहने छ । कार्यक्रममा जन्मँदै हात लुलो भएका बच्चाको उपचार कसरी गर्ने ? हातमा ठूलोठूलो चोट लागेमा कसरी उपचार गर्ने ? औंला छिनाएको कसरी जोड्ने ? हात छिनाएर आएको कसरी जोड्ने ? लगायत हातको उपचारमा अहिले प्रयोगमा आईरहेका विधि र नयाँ प्रविधिका बारेमा व्यापक छलफल हुने डा.लामिछानेले जानकारी दिनुभयो ।
यसले समग्र हातको उपचारमा थप टेवा पुग्ने उहाँको भनाई छ । हातका बारेमा मात्रै सिम्पोजिम गर्न लागिएको चितवनमा यो पहिलो हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१