
काठमाडौं । दशैंको टिकाको दिनबाहेक अध्यागमन विभागमा पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुलै रहने भएको छ । विभागले एक सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो ।विभागकाअनुसार सार्वजनिक बिदामध्ये टिकाको दिन अर्थात ७ कात्तिकका दिन भने यी शाखा समेत बन्द रहने भएका छन् ।यसबाहेक अन्य बिदाका दिनमा बिहान ११ बजेदेखि १ बजेसम्म सेवा प्रवाह हुने भएको छ ।
यस्तै तिहारमा समेत भाइटिकाको दिन (२९ कात्तिक)मा मात्र पुरै कार्यालय बन्द हुने छ ।अन्य दिनमा भने सार्वजनिक बिदामा समेत ११ बजेबाट १ बजेसम्म यी शाखा खुलै रहने विभागले जनाएको छ ।यो पर्यटकीय मौसम हो । सोहीकारण विभागले पर्यटकलाई दिने ट्राभल अनुमतिहरुका लागि शाखा खुलै राख्ने निर्णय गरेको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१