
याक र कञ्चन चिजमा प्रतिकिलो एक सय रुपैयाँ छुट दिइएको छ । छुटसँगै अब यी उत्पादनको मूल्य क्रमशः आधा किलोकै ९१० रुपैयाँ र ७६० रुपैयाँ कायम गरिएको छ । ११ सय रुपैयाँ प्रतिकिलो पर्ने नौनीको मूल्य ५० रुपैयाँ छुट दिएर एक हजार ५० रुपैयाँ नयाँ मूल्य तोकिएको छ । रसबरी, पेडा र लालमोहन प्रतिबट्टा १० रुपैयाँ छुट दिएर २८० रुपैयाँ मूल्य तोकिएको छ । रसबरी क्यानमा १५ रुपैयाँ छुट दिएर ४०५ रुपैयाँबाट घटाएर ३९० रुपैयाँ कायम गरिएको छ ।फ्रेस मिल्क २ सय एमएलको उत्पादनमा ५ रुपैयाँ छुट दिएर ७५ रुपैयाँबाट ७० रुपैयाँ कायम गरिएको छ । यस्तै, याक नौनी प्रतिकिलोमा २५० रुपैयाँ छुट दिइएको छ । १ हजार २५० रुपैयाँ प्रतिकिलो पर्ने याक नौनीको मूल्य छुट पछि एक हजार रुपैयाँ तोकिएको छ ।