
कावासोती । नवलपुरमा दशैँ, तिहार लगायतका चाडपर्वलाई लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वका बेला यात्रुहरु ठगिन र दुःख पाउन सक्ने भएकाले यात्रुलाई आवश्यक सहयोग गर्न सहायता कक्ष स्थापना गरिएको हो । कावासोती, डण्डा, ज्यामिरे दुम्किबास, दलदले र गैँडाकोटमा आइतबार यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख अच्युतराज आचार्यले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रुपमा सहायता कक्ष स्थापना गरिएको हो । यात्राका क्रममा कुनै समस्या भोग्नुपरेमा यात्रुहरुले सहायता कक्षमा सम्पर्क गर्न सक्नेछन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१