• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख १३, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पोखरा-काठमाडौं सडकको दुरवस्थाले यात्रुलाई सास्ती

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० आश्विन ३०, मंगलबार (२ साल अघि)
    1-8-e1697508770130

    Advertisement

    पोखरा । दसैँ मनाउने गरी घर फर्कन पोखरा कास्कीकोटका गौरव सुवेदीले काठमाडौंमा शुक्रवार टिकट काटे । टिकट काटेअनुसार उनी सोमबार बिहान ६ बजे काठमाडौं बसपार्क पुग्छन् । साढे ६ काठमाडौं बसपार्कबाट हिँडेका उनले बेलुका साढे ४ बजे पोखरा बसपार्कमा पाइला टेके ।सामान्य बेला ६ घण्टाको काठमाडौं–पोखरा यात्रा उनलाई पोखरा आइपुग्न १० घण्टा लाग्यो । ‘बिहान साढे ६ बजे काठमाडौंबाट गाडी चढेको हुँ । १ बजेतिर आइपुगेला जस्तो लागेको थियो । तर, साढे ४ बजे बल्ल आइपुगियो,’ निन्याउरो मुख लगाउँदै उनले भने ।

    बाटो कस्तो लाग्यो, किन यति धेरै समय लाग्यो भनेर सोध्दा उनले कपडामा लागेको धुलो पुच्छै भने, ‘बाटो त एकदमै खत्तम छ ।’ उनले यति मात्रै बोले पनि उनको अनुहारले धेरै भन्न खोजेको स्पष्ट देखिन्थ्यो । दसैँ नजिकिएसँगै पोखरा भित्रिने र पोखराबाट बाहिरिने यात्रुको संख्या बढेको छ । तर, पोखरा भित्रिने र बाहिरिने हरेक यात्रुहरू भने बिग्रँदो सडकको अवस्थाका कारण सास्ती भोग्न बाध्य छन् । काठमाडौं–पोखरा ६ घण्टा लाग्नेमा सडकको दुरवस्थाका कारण अहिले १० देखि १२ घण्टा यात्रा गर्नुपर्ने बाध्यता छ ।

     

    सडकको दुरावस्थाले पर्यटक आगमनमा समेत प्रभाव परेको व्यवसायीहरू बताउँछन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले मुग्लिन–पोखरा सडकको स्तरोन्नति नहुँदा पोखरामा आउने पर्यटकको संख्या घटेको बताउँछन् ।‘मुग्लिन पोखरा सडकले गर्दा सोचेअनुसारको पर्यटक भित्रिएको छैन । बाटोका कारणले दसैँ बिदामा आउने आन्तरिक पर्यटक धेरैभन्दा धेरै घटेका छन् । जसले पोखराको पर्यटनमा ठूलो क्षति पुगेको छ,’ उनले भने ।

    पोखरा भित्रिएका पर्यटकले बाटोको कारण धेरै दुःख पाएको गुनासो गर्ने गरेको श्रेष्ठले सुनाए । उनले भने, ‘पोखरा आइसकेका पर्यटकले पनि बाटोको कारणले धेरै दुःख पाएको गुनासो गर्छन् । पर्यटनमा धेरैभन्दा धेरै क्षति पुगेको छ । यसमा सरकारी पक्ष बेलैमा ध्यान दिनु जरुरी छ । छिटोभन्दा छिटो बाटोको स्तर सुधार्नुपर्छ ।’

    मुग्लिनदेखि पोखरासम्मको ८० किलोमिटर सडक सहरी भेगमा ६ लेन र ग्रामीण भेगमा ४ लेनमा विस्तार गर्ने गरी दुई खण्डमा स्तरोन्नति भइरहेको छ । मुग्लिनदेखि तनहुँको जामुनेसम्मको पूर्वी खण्डमा चिनियाँ ठेकेदार कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम गरिरहेको छ ।२०७७ माघ १७ मा सम्झौता भएर २०७८ वैशाख २ देखि काम सुरु भएको यो ४१‍.४५ किलोमिटर खण्डको म्याद २०८१ वैशाखसम्म छ । साउनसम्म उक्त खण्डको भौतिक प्रगति ३१ प्रतिशत मात्र छ । यो खण्डको लागत ६ अर्ब २१ करोड ३१ लाख छ ।

    पूर्वी खण्डको तुलनामा पश्चिम खण्डको काम अझै सुस्त छ । जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.८८ किलोमिटर सडक विस्तार तथा स्तरोन्नतिको काम चीनकै अनहुइ कैयुएन हाइवे एन्ड ब्रिज कम्पनीले गरिरहेको छ ।२०७८ भदौबाट काम सुरु भएको यो खण्डको काम ०८१ भदौ १२ मा सम्पन्न गरिसक्नुपर्छ । ७ अर्ब ४० करोड ४६ लाख ८१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको यो खण्डको हालको भौतिक प्रगति भने ८ प्रतिशत मात्रै छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी काशिराम गैरे सोचेअनुसार प्रगति नहुँदा आफूहरू धेरै चिन्तित रहेको बताउँछन् । ‘यो खण्डमा दुवैतर्फ सोचेअनुसारको काम हुन सकेको छैन । पूर्वी खण्ड केही हदसम्म सन्तोषजनक भए पनि पश्चिम खण्डको प्रगति चिन्ताजनक छ । ७० प्रतिशत समय सकिँदा ८/९ प्रतिशत मात्र काम भएको छ । पश्चिम खण्डको ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया अगाडि बढेका छौँ,’ उनी भन्छन् ।

    सडकको अवस्थाका बारेमा दैनिक २/३ वटा गुनासो आउने गरेको सहायक प्रजिअ गैरे सुनाउँछन् । उनी भन्छन्, ‘चाडपर्व आएसँगै सडकमा सवारी चाप बढेको छ । सडकको अवस्था उस्तै छ । जनताहरू दैनिक २र३ वटा गुनासो प्रमुख जिल्ला अधिकारीसमक्ष आउनुहुन्छ ।’पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष योगेन्द्र केसीले अघिल्लो वर्षभन्दा ६० प्रतिशत यात्रुको संख्या घटेको बताए । ‘अहिले त पोहोरभन्दा ६० प्रतिशत पनि यात्रुको चाप छैन । व्यवसायीहरू एकदमै मार परेको छ । सडकको अवस्था पनि निकै दर्दनाक नै छ । ड्राइभरहरू रुन सकेका छैनन्,’ उनले भने ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution