• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २०, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

२

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

३

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

४

घट्यो सुनचाँदीको मूल्य

५

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

६

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

७

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

८

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

९

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

१०

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

११

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

१२

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बिकास हुदै नवलपुरको पर्यटकीय क्षेत्र : घुम्न उपयुक्त यस्ता गन्तव्य

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० कार्तिक ८, बुधबार (२ साल अघि)
    278120380_1190688298341123_2776477032706698261_n

    Advertisement

    कावासोती । गण्डकी प्रदेशको भित्रि मधेषमा अवस्थित नवलपुर पर्यटकीय दृष्टिकोणले सम्भावना युक्त जिल्ला हो । नेपालको प्रमुख पर्यटकीय क्षेत्र चितवन र लुम्बिनीको बीचमा अवस्थित नवलपुर यहाँको प्राकृतिक तथा धार्मिक स्थलको कारण क्रमशः आन्तरिक तथा बाह्य पयर्टकको प्राथमिकतामा पर्ने गरेको छ । महाभारत पर्वत श्रंखला देखि तराईमा अवस्थित चितवन राष्ट्रिय निकुञ्ज सम्म फैलिएको नवलपुर जिल्ला उत्तर तर्फ कालिगण्डकी नदी र पूर्व–दक्षिणमा नारायणी नदीले घेरिएको छ । जिल्ला भएर बहने नारायणी र कालिगण्डकी नदी, उत्तरमा अवस्थित महाभारत पहाड श्रंखला, भित्रि मधेषको समथर भूभाग, चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र, विभिन्न धार्मिक स्थल जिल्लाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा बिकास हुदै गएको छ ।
    धार्मिक स्थल
    जिल्लाको पूर्वी भूभागमा अवस्थित मौलाकालिका मन्दिर, पश्चिममा अवस्थित दाउन्नेदेवी, दक्षिणमा रहेको त्रिवेणी र गजेन्द्रमोक्षधाम, उत्तरमा अवस्थित अकलादेवी, घुमाउरीघाट सहित कावासोतीको महाराजस्थान, देवचुली डाडाँको कुमारवर्ती माई धार्मिक पर्यटकीय गन्तव्य बन्ने गरेको छ । देवचुली नगरपालिकामा रहेको शास्वत् धाममा हजारौं पयर्टकहरुले दैनिक रुपमा अवलोकन गर्ने गरेका छन् । मौलाकालिका मन्दिरमा निर्माण भएको मौलाकालि केवलकार सञ्चालन पस्चात अहिले मन्दिर दर्शन गर्न जाने पर्यटकहरुको संख्यामा उल्लेखनीय बृद्धि भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
    विश्वको एक मात्रै हिन्दु र मुस्लिम धर्मावलम्वीहरुको साँझा धार्मिक स्थल मदरबाबा मेलामा नेपाल तथा भारतका पर्यटकहरु ठुलो उपस्थिति पाउन सक्छौं । जिल्लाको अन्य विभिन्न धार्मिक स्थलहरुको पनि क्रमशः आवश्यक पूर्वाधारहरुको बिकास हुन सक्दा थप पर्यटकीय गन्तव्यको बिकास हुन सक्नेछ ।
    प्राकृतिक स्थल
    महाभारत पर्वत श्रंखला, कालिगण्डकी नदी, नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज जिल्लाका प्रमुख प्राकृतिक पर्यटकीय स्थल हुन् । देवचुलीको शिर देखि नारायणी र कालिगण्डकी तिर सम्मका मनोरम दृश्यमा रमाउनको लागि आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन् । देवचुली डाँडाको पैदल यात्राका लागि दैनिक रुपमा विभिन्न स्थलबाट पैदलयात्रीहरु आउने गरेका छन् । देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिकामा अवस्थीत यस पहाडलाई थप बिकास गर्न सक्दा तराईं क्षेत्रबाट नजिकैको उत्कृष्ट टे«किङ स्थलको रुपमा बिकास हुनेछ । चितवन राष्ट्रिय निकुञ्ज र संगै रहेको मध्यवर्ती क्षेत्रमा यहाँ पाईने गैंडा सहित विभिन्न वन्यजन्तुको अवलोकनको लागि समेत नवलपुर चितवन जिल्लाको विकल्पको रुपमा स्थापित हुदै गएको छ । नवलपुरको विभिन्न स्थानबाट चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा समेत जिप सफारी गर्न मिल्ने व्यवस्था भएपछि यसले झनै रौनकता थपेको स्थानीय पर्यटन व्यवसायिहरु बताउछन् ।
    बढ्दै छ होटल व्यवसाय
    नवलपुरमा पछिल्लो समय ठुलो लगानीका होटल व्यवसायहरु खुल्ने क्रम जारी छ । विगतमा चितवन राष्ट्रिय निकुञ्जबाट बिस्थापित भएका होटलहरु अधिकाम्स अहिले नवलपुरमा सञ्चालनमा छन् । संगै यहाँका स्थानीय देखि अन्तराष्ट्रिय स्तरका होटल व्यवसायिहरु अहिले नवलपुरमा होटल स्थापनको लागि लालाहित पाउन सकिन्छ । नवलपुरमा रहेको होमस्टे देखि यहाँका तारे होटल सम्म पयर्टकहरु आफ्नो रोजाई र स्तर अनुसार बस्ने गरेका छन् । नारायणी नदी किनारमा गैंडाकोट देखि त्रिवेणी सम्म विभिन्न स्थानहरुमा ठुला ठुला होटलहरु सञ्चालनमा छन् । जसको कारण पनि पर्यटकहरुको चाप क्रमशः नवलपुरमा बढ्दै गएको पुष्टि हुन्छ ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य


  • Advertisement

    समाचार
  • १

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • २

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ३

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ४

    घट्यो सुनचाँदीको मूल्य

  • ५

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ६

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ७

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ८

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ९

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • १०

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution