• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २०, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

२

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

३

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

४

घट्यो सुनचाँदीको मूल्य

५

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

६

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

७

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

८

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

९

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

१०

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

११

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

१२

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पढाउन छाडेर कृषिकर्म गर्दा…

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० कार्तिक १५, बुधबार (२ साल अघि)
    202311010758-85c7ff97-a25d-422c-8d4d-fffef46c7828_medium

    Advertisement

    गल्याङ (स्याङ्जा)।स्याङ्जाको वालिङ नगरपालिका–५ पित्लेकका हुमनाथ लामिछानेले जिल्लामा सफल किसानको पहिचान बनाउ सफल हुनुभएको छ । उहाँद्वारा सञ्चालित पित्लेक कालिका कृषि फार्म पछिल्लो समय अध्ययन, अवलोकन र अनुसन्धानको उत्कृष्ट थलो बनेको छ । दुई दशकअघि गाउँकै वयोवृद्धा यज्ञप्रसाद लामिछानेको प्रेरणा पाएपछि शिक्षण पेसा बीचमै छाडेर हुमनाथ व्यावसायिक तरकारी खेतीमा लाग्नुभएको थियो ।उहाँले गोलभेँडा, काउली, बन्दा, काँक्रो, सिमी, बोडी, अकबरे खुर्सानीलगायतका तरकारी फलाउँदै आउनुभएको छ । उहाँको फार्ममा पाँच सय ५० बोट सुन्तला, तीन सय बोट कफी, १८ घार माहुरी र गड्यौलासमेत छन् । उहाँले फार्मबाट वार्षिक रु १२ लाखको कृषि उपज बिक्री हुने गरेको जनाउँदै खर्च कटाउँदा रु आठ लाख बचत गर्ने गरेको दाबी गर्नुभयो । उहाँले गड्यौलाबाट उत्पादित मल भने आफ्नै तरकारी बारीमा प्रयोग गर्दै आउनुुभएको छ ।किसान हुमनाथले स्थानीय बजार र पोखरामा यहाँ उत्पादित कृषि उपज बिक्री गर्दै आउनुभएको छ । उहाँले आफ्नो छोरा सन्तोषलाई पनि कृषि पेसामै स्थापित गराउने उद्देश्यले हरेक काममा सरिक बनाउँदै आउनुभएको छ । “विसं २०६२ मा आइपीएम तालिम लिएपछि व्यवसायलाई अझ व्यवस्थित बनाउँदै अगाडि बढेँ”, उहाँले भन्नुुभयो, “हालसम्म सात जति तालिम तथा प्रशिक्षण लिएको छुु, एक–दुईहप्ते तालिमले भन्दा पनि मेरो कृषि कर्मप्रतिको लगाव, निरन्तर, प्रयोग र अभ्यासले मलाई पूर्ण बनाएजस्तो लाग्छ ।”

    पित्लेकमा २६ र खहरेमा १० गरेर उहाँले कुुल ३६ रोपनी क्षेत्रफलमा कृषि व्यवसाय गर्नुभएको छ । उहाँको सात स्थायी टनेल छन् । फार्मभित्र जङ्गली जनावर नपसुन् भनेर फलामे तारबारसहित कम्पाउण्ड घेरिएको छ । पानी सङ्कलन गर्ने पोखरी पनि छ । वालिङ नगरपालिका–१ खहरेमा समेत दुईवटा टनेल छन् । उहाँसँग हातेट्रयाक्टर, पावर स्प्रे, स्प्रेलगायतका आधुनिक उपकरण छन् । उहाँले गएको वर्ष ५० क्वन्टिल सुन्तला बिक्री गरेर रु तीन लाख, तीन सय किलो कफी उत्पादन गरेर रु ३५ हजार र ९० लिटर मह उत्पादन गरेर रु एक लाख ५० हजार आम्दानी गरेको बताउनुुभयो ।रु चार लाख लगानीबाट सुुरु भएको हुमनाथको लगानी बढेर अहिले रु २५ लाख पुुगेको छ । “सडकको अभावमा पहिले–पहिले दुई घण्टा लगाएर डोकोमा तरकारी बेच्न त्रियासी पुग्नुपर्ने बाध्यता थियो”, उहाँले भन्नुुभयो, “अहिले सडक बनेपछि उत्पादित सामान बजार पुर्याउन सहज भएको छ । हुमनाथले आफूले गरेको व्यवसायबाट सन्तुुष्ट रहेको बताउनुुभयो । “गुणस्तरीय सामान उत्पादन गर्नेलाई बजारको कुनै समस्या छैन, उत्पादन गर्न सके बजारमा गाउँको अग्र्यानिक तरकारी भनेपछि खोसाखोस हुन्छ”, उहाँले थप्नुुभयो, “नाफाघाटा नहेरी बाह्रै महिना तरकारी फलाउने योजनासहित लाग्न सकेमा व्यवसाय टिकाउन सकिन्छ, विस्तारै उत्पादित सामग्रीको पनि उचित मूल्य पाउन सकिन्छ ।”उहाँले बाली विज्ञान पढिरहेका विद्यार्थी आफ्नो फार्ममा बसेर अध्ययन अवलोकन गर्ने गरेको जिकिर गर्नुुभयो । “स्याङ्जासहित बाहिरी जिल्लाका विभिन्न कृषकसहित व्यक्ति मेरो फार्म हेर्न आउनुुहुन्छ, मलाई हौसला दिएर जानुुहुन्छ”, उहाँले खुसी व्यक्त गर्नुभयो, “यसरी मानिस मेरो कर्म हेर्न आउँदा मलाई आत्मसम्मान र आत्मगौरव मिलिरहेको छ ।”उहाँले आफूलाई कृषि ज्ञान केन्द्र स्याङ्जाले तरकारी खेती गर्ने जिल्लाकै उत्कृष्ट कृषकका रूपमा पुरस्कारका लागि गण्डकी प्रदेश सरकारमा सिफारिस गरेको जानकारी दिनुुभयो । उहाँले कषि ज्ञान केन्द्रबाट हालसम्म रु १५ लाख बराबरको अनुदानसमेत पाउनुभएको छ ।

    छोरा सन्तोषले भारतीय तरकारीले ठूलो ‘भोल्युम’मा तरकारी खेती गर्ने नेपाली किसान मारमा परेको दाबी गर्नुभयो । “हामीले स्थानीय बजारलाई लक्षीत गरेर ठूलो ‘भोल्युम’मा तरकारी उत्पादन गरेका हुन्छौँ, उत्पादन लागत बढी पर्ने हुँदा हाम्रो तरकारी थोरै महँगो हुन्छ”, हुमनाथले भन्नुुभयो, “हाम्रो तरकारी बजारमा पुुग्दा ठीक त्यही समय भारतीय तरकारी सस्तोमा बजारमा आउँछ, अनि नेपाली किसानले प्रतिस्पर्धा गर्न सक्दैनौँ ।”सन्तोषले सिँचाइका लागि पानी प्रशस्त नभएको गुनासो गर्नुभयो । हरेक किसानलाई उद्यमीका रूपमा विकास गर्न सरकारसँग उहाँको माग छ । उद्यमी किसानलाई उद्योगसँग जोड्न सकेमा मात्र कृषि व्यवसाय दिगो हुने सन्तोषको विश्वास छ । किसानलाई उत्पादन किलोका आधारमा अनुदान दिन सकेमा वास्तविक किसान मारमा नपर्ने उहाँको तर्क छ । हुुमनाथलाई श्रीमती सीता, छोरा सन्तोष, ख्यामराज र सुमन, बुहारी सङ्गीताले काममा सघाइरहनुभएको छ । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य


  • Advertisement

    समाचार
  • १

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • २

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ३

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ४

    घट्यो सुनचाँदीको मूल्य

  • ५

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ६

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ७

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ८

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ९

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • १०

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution