• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख १२, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नारायाघाट–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० मंसिर २२, शुक्रबार (२ साल अघि)
    11 (1)

    Advertisement

    नवलपुर  । साढे तीन वर्षमा काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनी आफैले मर्मत गर्नेगरी २०७५ साल चैतमा नारायाघाट–बुटवल सडकको शिलान्यास गरिएको थियो । तर चार वर्ष आठ महिनाको अवधिमा आधा पनि काम सम्पन्न भएको  छैन ।चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म ११५ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरेको थियो । गैँडाकोटदेखि दाउन्नेसम्म ६४.४२५ किलोमिटर सडकको पूर्वी भागलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८.५३५ किलोमिटरको पश्चिम भागलाई खण्ड ‘ख’ अन्तर्गत राखिएको छ । हालसम्म खण्ड ‘क’ मा भौतिक प्रगति ४२.०५ प्रतिशत ( एकतर्फी १६.६ किलोमिटर कालोपत्रे) र पश्चिम खण्डमा ३८.५ प्रतिशत (एकतर्फी १९.५ किलोमिटर कालोपत्रे) प्रगति भएको आयोजनाले जनाएको छ । खण्ड ‘क’ मा मङ्सिर महिनाभरिमा १० किलोमिटर बाटो कालोपत्रे गर्ने योजना रहेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालिका प्रोजेक्ट म्यानेजर राकेश झाले बताउनुभयो ।

    बाटो विस्तारको कामले सोचेअनुसार गति लिन नसकेपछि दुई पटकसम्म म्याद थपिएको छ । पहिलो पटक एक वर्ष म्याद थपिँदा पनि काम सम्पन्न हुन सकेन । पछिल्लो पटक भदौ ११ गतेदेखि लागू हुनेगरी ३३० दिनको म्याद थप भएको छ । जुन म्याद २०८१ को साउनमा सकिन्छ । कामको प्रगति हेर्दा थपिएको अवधिमा पनि सडक निर्माणको काम नसकिने भएको छ । अनि निर्माण कम्पनी र सडक आयोजनाबिच थपिएको म्याद कहिलेसम्म हो र कहिलेसम्म काम सक्ने भन्नेमा पनि एकमत छैन ।

    निर्माण कम्पनीले सरकारले दिएको समयमा काम नसक्ने स्पष्ट बताइसकेको छ र थपिने समयलाई समेत आधार मानेर भावी कार्ययोजना तयार गरेको छ । ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालिले सन् २०२५ को मार्च महिनासम्म ९५ प्रतिशत काम सक्नेगरी कार्ययोजना बनाएको हो ।

    १९ महिने कार्ययोजना

    निर्माण कम्पनीलाई सरकारले दिएको समय आगामी साउनसम्म हो । तर त्यो अवधिलाई निर्माण कम्पनीले अस्वीकार गरेको छ र १९ महिने कार्ययोजना तयार गरेको छ । प्रोजेक्ट म्यानेजर झाले दिएको जानकारीअनुसार गत सेप्टेम्बर महिनामा १.१ प्रतिशत काम सक्नु पर्नेमा १.०८ प्रतिशत, अक्टोबरमा १.५ प्रतिशत काम गर्नुपर्नेमा ०.५ प्रतिशत र नोभेम्बरमा २.५ प्रतिशत मात्र काम सकिएको छ ।

    त्यसैगरी डिसेम्बरमा ३ प्रतिशत, जनवरीमा ४.३, फेब्रुअरी ४.५, मार्चमा ४.७, अप्रिलमा ४.७, मेमा ४.७, जुनमा ३, जुलाइमा ०.४, अगस्टमा ०.४ प्रतिशत, सेप्टेम्बरमा १.१, अक्टोबरमा २, नोभेम्बरमा ३.१, डिसेम्बरमा ३.४, सन् २०२५ को जनवरीमा ३.४, फ्रेबुरीमा ३.४, मार्चमा ३.४ गरी ९५ प्रतिशत बाटोको काम सक्ने योजना तयार गरिएको छ ।

    काम सकिएको पाँच वर्षसम्म बाटो मर्मतको काम स्वयं निर्माण कम्पनीले गर्नुपर्ने सम्झौतामा उल्लेख छ । कम्पनीले बाँकी ५ प्रतिशत निर्माणको कामलाई समेत  त्यही मर्मत सम्भार गर्नुपर्ने अवधिमा राखेको छ । त्यसैले ९५ प्रतिशत काम सक्नुलाई कम्पनीले सम्झौता अवधिभित्रको शतप्रतिशत ठानेको छ । यसले गर्दा काम पूर्ण हुन स्वयं कम्पनीले मागेको समयभित्र पनि नसकिने देखिएको छ ।

    ‘समय हिसाब गरेर काम गर्नुस्’

    सरकारले भने पछिल्लो पटक थपेको समय ३ सय ३० दिनभन्दा दायाँबायाँ नगर्न निर्माण कम्पनीलाई चुनौती दिइरहेको छ । नारायणघाट–बुटवल सडकको पूर्वी खण्डका प्रमुख आशिष् थापाले ठेकोदार कम्पनीलाई थपिएको म्याद २०८१ साउनसम्म मात्रै भएकाले त्यो म्यादभित्र सबै काम सक्नुको विकल्प नरहेको बताउनुभयो ।

    ‘सम्झौताले बाँधेको छ, त्यसैले २०८१ साउनभन्दा बाहिरको योजना बनाउने छुट निर्माण कम्पनीलाई छैन, थापाले भन्नुभयो, ‘हामीले पटक पटकका छलफलमा समयमै काम सक्नुपर्छ भनेर भनेका छौँ । कुन समयमा कुन स्रोत साधन बढाएर सक्ने हो, सक्नु पर्छ, अन्य कुनै पनि बहाना स्वीकार्य हुँदैन ।’

    बर्खाको दुई महिना बढीमा ०.४ प्रतिशत काम हुने योजना सुनेपछि आयोजना प्रमुख आक्रोशित हुनुभएको छ । ‘अहिलेसम्म ४२ प्रतिशत काम सकिएकाले सम्झौता सकिन अव ७ महिना बाँकी छ । यो ७ महिनामा मासिक कम्तीमा ७ प्रतिशतका दरले काम सक्नुपर्छ, आयोजना प्रमुख थापाले भन्नुभयो, ‘कम्पनीले बनाएको योजनाअनुसारको कामले निर्माण सम्पन्न हुँदैन । तपाईँलाई दिएको बाँकी समयलाई हिसाब गरेर काम गर्नुस्, आदिजस्ता समस्या देखाएर उम्कने छुट छैन ।’

    विगतमा पोल सार्ने, रुख कटान, खानेपानी, गिटी बालुवालगायतका समस्या भए पनि अहिले ती सबै समस्या समाधान भएको उहाँको भनाइ छ । ‘आन्तरिक क्षमता बढाउनुस्, भएका स्रोतसाधन परिचालन गर्नुस्, सूक्ष्म अध्ययन गर्नुस्, भएका कमजोरी हटाउनुस्, व्यवस्थापकीय क्षमता बढाउनुस्’ कम्पनीलाई निर्देशन दिँदै थापाले भन्नुभयो ।

    म्याद नथपी हुँदैनस्  कम्पनी

    बर्खाको दुई महिना अवधिलाई गणना नगर्ने हो भने काम गर्ने समय ६ महिना बाँकी छ । तर यो ६ महिनामा काम नसकिने निर्माण कम्पनीको भनाइ छ । कम्तीमा पनि सन २०२५ मार्चसम्म म्याद थप्नुपर्ने निर्माण कम्पनीको आग्रह छ । ‘हामीले दोस्रो पटक म्याद थप्दा नै सरकारसँग २४ महिनाको समय मागेका थियों, तर सरकारले समय दिएन, सरकारले दिएको समयमा काम सकिन्न, त्यसका पर्याप्त आधार हामीसँग छन्,  प्रोजेक्ट म्यानेजर राकेश झाले भन्नुभयो, ‘सन २०२५ को मार्चसम्म ९५ प्रतिशत काम सकिन्छ, बाँकी पाँच प्रतिशत मर्मतसम्भार अवधिमा गर्छौँ ।’

    के हो समस्या

    चिनियाँ ठेकेदार योहाङ जेनखुनका अनुसार कामलाई द्रुत गति दिन कुनै पनि समस्या छैन । स्थानीय निकाय र प्रशासनबाट धेरै सहयोग भएको छ । उहाँका अनुसार अहिलेको मुख्य समस्या भनेको आफूहरूलाई चाहिएको बेला बिजुली कटौती हुनु हो । ‘धेरै समय बिजुली कटौती गर्नुपर्ने हुन्छ । त्यसका लागि विद्युत कार्यालयबाट जुन अनुमति प्राप्त भएको छ, त्यसमा स्थानीयबाट बेलाबेला समस्या आउनेगरेको छ’ योहाङले भन्नुभयो ।

    रकम भुक्तान भएन

    चिनियाँ कम्पनीले आफूलाई चाहिएको बेला बिजुली कटौती गर्न पाउनुपर्ने बाहेक अरू समस्या नरहेको बताए पनि भविष्यमा आउन सक्ने मुख्य समस्या भनेको क्रसर व्यवसायीको रकम भुक्तानी हो ।

    नवलपुरका प्रमुख जिल्ला अधिकार कल्पना श्रेष्ठका अनुसार क्रसर व्यवसायीहरू आफूकहाँ चिनियाँ निर्माण कम्पनीबाट पटक पटक रकम भुक्तानी दिलाइ दिन आग्रह गर्दै आइरहेको बताउनुभयो ।

    प्रजिअ श्रेष्ठले भन्नुभयो, ‘क्रसर व्यवसायीको ठुलो रकम भुक्तानी भएको छैन, पैसा नपाए हामी काम रोक्न सक्छौंं भनेर गुनासो आइरहेको छ । भोलि यही कारण काम नरोकियोस् । भुक्तानी छिटो गर्नुस् ।’

    क्रसर व्यवसायी महासङ्घका अनुसार ठेकेदार कम्पनीले झण्डै २० करोड रुपियाँ भुक्तानी दिन बाँकी छ । महासङ्घका अध्यक्ष भोजेन्द्र रायमाझीले ट्रिपर, ट्र्याक्टर, ढुङ्गा, गिट्टी, बालुवाको २० करोड भुक्तानी नपाएको बताउनुभयो ।

    सरकारले २०७५ सालमा एसियन डेभलेपमेन्ट बैङ्क (एडिबी) सँग ऋण लिएर नारायणघाट–बुटवल सडक खण्डको स्तरोन्नतिका लागि काम अघि सारेको थियो ।  १६ अर्ब ९९ करोड लागत रहेको आयोजनाको भेरिएसनसहित यसको लागत अहिले १७.०२ अर्ब पुगेको छ । गोरखापत्र अनलाइन

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution