• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १२, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    उखु छाडेर केरा खेतीमा लागेका सुस्ता-प्रतापपुरवासीको समस्या उस्तै, चार करोड बढी पैसा उठ्न बाँकी 

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० पौष १५, आईतबार (२ साल अघि)
    banana-1536x1024-1

    Advertisement

    धर्मेन्द्र दाहाल

    हेटौँडा । उखुको उचित मूल्य नपाउने, कम मूल्यमा बेचिएको उखुको रकम उठाउन पनि वर्षौँ लाग्ने समस्याबाट आजित भएर केरा खेती सुरु गरेका पश्चिम नवलपरासी जिल्लाका किसानहरूको समस्या भने फेरिएन । पश्चिम नवलपरसीको सुस्ता र प्रतापपुर गाउँपालिकाको सयौँ विगा क्षेत्रफलमा केरा खेती गर्दै आइरहेका किसानलाई उत्पादित केराको मूल्य निर्धारण नहुँदा ठुलो मार परेको छ । भारतीय केरा ठुलो परिणाममा नेपालमा भित्रँदा नेपाली किसानले उत्पादन गरेको केरा भने बिक्री हुने अवस्था नआउनु र बिक्री गर्नुपरे पनि लागत भन्दा सस्तो मूल्यमा दिनुपर्ने समस्याबाट किसानहरू निराश भएका छन् । लाखौँ रुपैयाँ लगानी गरेर सुरु गरेको व्यवसायबाट उत्पादित केरालाई बजारीकरणमा स्थानीय, प्रदेश र केन्द्र सरकारले कुनै पहल नगर्दा उनीहरूको लाखौँ लगानी डुब्ने डर छ । किसानले उत्पादन गरेका खेतीलाई स्थानीय, प्रदेश र संघ सरकारले कानुनै बनाएर बजारीकरण गर्न नसकेको कारण आफूहरू पीडित बनेको केरा उत्पादक संघका अध्यक्ष लाखु यादवले बताए ।

    भारतबाट आउने केरा, तरकारीलाई निरुत्साहित गर्ने कार्यक्रम तय गर्न सरकार नलाग्ने हो भने नेपाली किसानहरूले कुनै पनि बस्तुले उचित मूल्य नपाउने उनको दाबी छ । १५ वर्षबाट केरा खेती गर्दै आएका सुस्ता गाउँपालिका वडा नम्बर ४ का ध्रुव कोइरीले भारतीय केराले नेपाली बजारलाई निकै समस्या पुगेको बताए । केरा खेतीलाई मलको कोटा निर्धारण नहुँदा ठुलो समस्या परेको उनको भनाई छ । सरकारले नगदे बालीको रूपमा रहेको केरा, तरकारीलाई दिने मलको कोटा निर्धारणमा ध्यान नदिँदा आफूहरूले ठुलो मार बेहोरेको कोइरीको भनाई रहेको छ । केरा खेती गर्दै आइरहेका प्रतापपुर ८ का किसान रामचन्द्र कोइरीले बजारीकरण, सिँचाइ र विद्युतीकरण तथा केरा खेतीको बक्यौता नउठ्नु ठुलो समस्या रहेको बताए । अहिलेसम्म विद्युत् नहुँदा सिँचाइको लागि समस्या रहेको उनको भनाई रहेको छ ।

    विद्युत् नहुँदा डिजलको माध्यमबाट मोटर चलाएर पानी लगाउनुपर्ने समस्या भएको भन्दै उनले सरकारले यस क्षेत्रमा तत्काल विद्युतीकरणको समस्या समाधान गर्नुपर्ने बताए ।

    पश्चिम नवलपरासीका केरा जोन संयोजक केचन कुशवाहाले केरा जोन क्षेत्रमा कृषि विकास बैंक तथा अन्य सरकारी बैंकको शाखा स्थापना गरी कृषकहरूलाई लगानी गर्नुपर्ने बताए ।

    किसानहरूलाई राज्यले लगानी गरे कृषि व्यवसायमा आकर्षण बढ्ने उनको भनाई छ । कृषि औजारमा अनुदान, चिस्यान घरको निर्माण, केराको लागि मलको अधिकतम कोटा निर्धारण, नेपाल सरकारबाट केराको समर्थन मूल्य कायम, बजारीकरण, गाउँपालिका स्तरीय कृषि खरिद केन्द्रको स्थापना लगायतको काम गर्न सके किसानहरू पलायन हुनु नपर्ने उनको भनाई रहेको छ ।

    शीत भण्डारण केन्द्र (चिस्यान घर) नहुँदा समस्या

    केरा खेती गर्दै आइरहेका किसानहरूले केरा लगाएको क्षेत्रमा तरकारी खेती पनि गर्दै आएका छन् । जमिनलाई बहु उपयोग गर्ने तरिका अवलम्बन गरेर उनीहरूले सोही क्षेत्रमा लगाएको तरकारीले पनि बजार नपाउने समस्या उस्तै छ ।

    उत्पादित तरकारीलाई बजारसम्म लगेर बेच्नको लागि नियमित श्रोत साधनको व्यवस्थापन नहुँदा खेतमा नै तरकारी कुहिने समस्याले यहाँका किसान आजित भएका छन् ।

    उनीहरूले केरा पकेट क्षेत्रमा कम्तीमा एउटा शीत भण्डार केन्द्रको स्थापना गर्न सके आफूहरूले उत्पादन गरेको तरकारीले उचित मूल्य पाउने र कुहाएर फाल्नुपर्ने समस्याबाट मुक्त हुने बताउँछन् ।

    सुस्ता गाउँपालिकाले निर्माण गरेको शीत भण्डार केन्द्र अहिलेसम्म सञ्चालनमा नआउँदा किसानहरूको लाखौँ रुपैयाँको बाली खेर जाने क्रम रोकिएको छैन ।

    चार करोड बढी केराको पैसा उठ्न बाँकी

    किसानहरूलाई सबैभन्दा ठुलो टाउको दुखाइको विषयको रूपमा उनीहरूले उत्पादन गरेको केराको मूल्य समयमा नपाउने समस्या हो ।

    यस क्षेत्रका किसानले उत्पादन गरेको केरा बुटवल, काठमाण्डौँ, पोखरा देखि वीरगन्जको मन्डीहरूमा पुग्ने गरेको छ । तर मन्डीका व्यापारीहरूले उनीहरूलाई नियमित पैसा नदिँदा किसानहरू मारमा पर्ने गरेका छन् ।

    सुस्ता र प्रतापपुर क्षेत्रका किसानहरूको मात्र यी बजारबाट ४ करोड रुपैयाँ उठ्न बाकी छ ।

    प्रतापपुरका किसान कोइरी भन्छन् ‘मेरो मात्र १ लाख बढी बक्यौता छ, यहाँका हरेक किसानको लाखौँ रुपैयाँ बजारमा फसेको छ ।’

    किसानहरूले केरा व्यवसायी संघ बनाएर केहि मन्डी व्यवसायीसँग चेक लिएर बाउन्स समेत गरेका छन् । खेतमा रमाउनुपर्ने किसान आफ्नो रुपैयाँ उठाउन मुद्धामामिलामा जानुपरेको दुखेको उनीहरूको रहेको छ ।

    सदनमा कुरा उठाएको छु, किसानको हितमा राज्य जानै पर्छ: सांसद भुसाल

    प्रतिनिधिसभा सदस्य सरिता भुसाल खनालले नवलपरासी पश्चिमका केरा खेती गर्दै आइरहेका किसानहरूको समस्या सुनुवाइको लागि आफूले पटक–पटक प्रतिनिधिसभामा कुरा उठाएको बताइन् ।

    उखु खेतीबाट समस्याग्रस्त भएपछि केरा खेतीमा लागेका किसानहरूलाई राज्यले दिने सहुलियत, सेवा तथा बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने उनको भनाई रहेको छ ।

    भारतीय केरा तथा तरकारीलाई निरुत्साहित गर्ने कानुन निर्माणको लागि आफूहरूले पटक–पटक सदनमा पहल गरेको भन्दै भुसालले सरकार किसानप्रति गम्भीर भएन भने बिस्तारै नेपाली किसानहरू विस्थापित हुँदै जाने सम्भावना रहेको बताइन् ।यो समाचार नेपाल प्रेसबाट साभार गरिएको हो । 

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution