• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ आश्विन ४, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गण्डकी प्रदेश सभाको एक वर्ष : सांसदको तलब भत्तामा ८ करोड स्वाहा, देखिँदैन सांसदको सक्रियता

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० पौष १९, बिहिबार (१ साल अघि)
    Gandaki-province-hall1661508160

    Advertisement

    पोखरा । गण्डकी प्रदेशसभाको सभामुख, उपसभामुखसहितका प्रदेश सभा सदस्यहरूको तलब भत्तामा एक वर्षमा ८ करोड बढी रकम खर्च भएको छ ।प्रदेशसभा सचिवालयका अनुसार गत पुस यता सांसदहरूको सेवा सुविधामा ८ करोड ७ लाख ४५ लाख ५१ रुपैयाँ खर्च भएको छ । उक्त रकम सभामुख, उपसभामुख, दलका नेता, उपनेता, सचेतक, समितिका सभापति, प्रदेश सभा सदस्य, उनीहरूका स्वकीय सचिवको तलब भत्ता, इन्धन तथा अन्य सुविधामा खर्च भएको प्रदेश सभा सचिवालयको तथ्यांकमा छ ।सभामुख, उपसभामुखको तलब भत्ता तथा सेवा सुविधामा मात्रै एक वर्षमा ५० लाख २२ हजार ४ सय ६७ रुपैयाँ खर्च भएको छ भने दलका नेता, समितिका सभापति तथा प्रदेश सभा सदस्य तथा स्वकीयको सेवा सुविधामा ७ करोड ५७ लाख २२ हजार ५ सय ८४ रुपैयाँ खर्च भएको तथ्यांकले देखाएको छ ।

    गत पुस १८ गते गण्डकी प्रदेश सभाको पहिलो बैठक बसेको थियो । गत मंसिर ४ गते भएको निर्वाचनबाट निर्वाचित भएर आएका सांसदहरूले पुस १४ गते शपथ लिएका थिए ।
    एक वर्षको अवधिमा प्रदेश सभामा ५७ बैठक बस्यो । त्यसबिचमा प्रदेश सभाले २ वटा सरकार पायो । सुरुमा बनेको खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि काँग्रेस नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार बनेको हो ।

    स्वार्थ बाझिने ऐन पारित

    गण्डकी प्रदेश सभाको पहिलो बैठकमा गण्डकी प्रदेश निजामती सेवा र स्थानीय सेवा ९गठन तथा सञ्चालन० अध्यादेश टेबुल भए । विधेयकका रूपमा टेबुल भएको दुई अध्यादेश संशोधन नै नभई पारित भयो । उक्त अध्यादेश कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले ल्याएको थियो । जुन जेकात्यहि बाहिर भयो । जसको कर्मचारीले नै विरोध जनाएका थिए ।पुस २५ मा नयाँ सरकार बनेपछि अर्को ऐन संशोधनका लागि अघि सार्‍यो । त्यो हो विनियोजन ऐन । अघिल्लो सरकारले ल्याएको योजनामा आफ्ना खल्तीका योजना घुसाउने बाटो खुला गर्न खगराज अधिकारी नेतृत्वको सरकारले विनियोजन ऐन संशोधनको बाटो रोजेको थियो । योजना आफ्नो भागमा पाउने आसमा प्रतिपक्ष दलहरू पनि मौन रहे ।त्यसपछि सरकारले भाषा संशोधन गर्ने भन्दै एकै पटक ३४ वटा ऐन संशोधन गर्ने गरी केही गण्डकी प्रदेश ऐन, संशोधन गर्न बनेको विधेयक दर्ता गरायो । उक्त विधेयकमा पनि सरकारको प्रत्यक्ष स्वार्थ देखियो । उक्त विधेयकमा ‘प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन संशोधनको थियो ।

    राजनीतिक नियुक्तिका आधारमा प्रदेशसभाका सचिव भएका हरिराज पोखरेललाई जोगाउन सरकारले ऐन नै संशोधन गरेको थियो । ऐनको दफा १० ‘ग’मा पनि साठी वर्ष उमेर पूरा भएमा पद रिक्त हुने व्यवस्था थियो । सरकारले त्यसलाई संशोधन गर्दै ६५ वर्ष पुर्‍याएको हो ।त्यसपछि पारित भएको गण्डकी प्रदेश भित्रको वनलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक पनि विवाद रहित बन्न सकेन ।विधेयकमार्फत प्रदेशले अधिकार खोस्न लागेको भन्दै स्थानीय तहहरुले विरोध जनाएका थिए । पछि लामो समयको छलफलपछि उक्त विधेयक पारित भएको थियो ।

    प्रदेश सभामार्फत प्रदेश सभा नियमावली २०८० पारित गर्‍यो । प्रदेश सभा नियमावली २०७४ लाई आधार गर्दै नयाँ नियमावली पारित गरिएको हो । गण्डकी प्रदेशमा बीउ विजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छलफलका लागि समितिमा छन् । बीउ विजन विधेयक सामाजिक विकास तथा कृषि समिति र आमसञ्चार विधेयक प्रदेश मामिला तथा कानुन समितिमा छलफल भइरहेको छ ।

    बैठकमा सांसदको उपस्थिति कमजोर

    विशेष अधिवेशन बाहेक गण्डकी प्रदेश सभामा दुई नियमित अधिवेशन सकिएको छ । सरकारले दोस्रो र तेस्रो अधिवेशन भने विश्वासको मत लिन बोलाएको थियो । पहिलो र चौथो अधिवेशनमा ५७ वटा बैठक बसेका छन् । जसमा सभामुख कृष्णप्रसाद धितालबाहेक अन्य कुनै सांसदको शतप्रतिशत उपस्थिति हुन सकेन ।पहिलो अधिवेशनमा १७ र चौंथो अधिवेशनमा ४० वटा बैठक बसेका छन् । सबैभन्दा कम उपस्थित हुने सांसदमा भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद पञ्चराम गुरुङ छन् । उनी पहिलो ३ महिना सामाजिक विकास तथा स्वास्थ्य मन्त्री भएका थिए ।

    उनी करिब आधा बैठकमा अनुपस्थित भएका छन् । प्रदेश सभा सचिवालयको रेकर्डअनुसार उनी ५७ बैठकमा ३१ बैठकमा मात्र सहभागी भएका छन् । बैठकमा कम उपस्थित हुने सूचीमा एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री खगराज अधिकारीदेखि हालका मन्त्री रेसमबहादुर जुग्जालीसमेत छन् । एमाले नेता अधिकारी ५७ बैठकमा १९ बैठक र मन्त्री जुग्जाली २२ बैठकमा अनुपस्थित भएका छन् ।

    एमाले सांसद वेदबहादुर गुरुङ २५, काँग्रेस सांसद मुनिन्द्रजंग गुरुङ २४, सांसद लीलबहादुर थापा र भोजराज अर्याल २१ बैठकमा अनुपस्थित भएका छन् । ३३ जना सांसद ५० भन्दा कम बैठकमा सहभागी भएका छन् । धेरै उपस्थित हुने सांसदको सूचीमा एमाले सचेतक गोविन्दबहादुर नेपाली, सांसद सुधीरकुमार पौडेल, काँग्रेसका उपनेता विन्दुकुमार थापा छन् । उनीहरू ५७ बैठकमा २ बैठकमा मात्र अनुपस्थित भएका छन् ।

    छैन सन्तोषजनक सक्रियता

    प्रदेश सभाको दोस्रो कार्यकाल निर्वाचित सांसद पहिलो १ वर्षमा ५७ वटा बैठक बसेका छन् । तर, ५७ वटा बैठकमा भएका विषय तथा गतिविधिमा सांसदको सहभागिता भने खासै देखिएको छ । प्रदेशसभा बैठकमा जनताका विषय तथा आफूलाई लागेको विषय राख्न शून्य समय तथा विशेष समयको व्यवस्था गरिएको हुन्छ । उक्त समयमा सांसदहरूले आफ्नो मतदाताका गुनासो तथा प्रश्न उठाउने माध्यमका रूपमा प्रयोग गर्ने गर्दछन् । तर, पहिलो एक वर्षको अवधिमा गण्डकी सांसदहरूले उक्त समय त्यति प्रयोग नगरेको पाइएको छ ।स्वतन्त्र जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका सांसद राजीव गुरुङ ९दीपक मनाङे० हालसम्म संसदीय गतिविधिमा सहभागी भएका छैनन् । उनले ५७ प्रदेश सभा बैठकमा एक पटक पनि बोलेका छैन । यस्तै सांसद मुुनिन्द्रजंग गुरुङ, नन्दप्रसाद न्यौपानेको सहभागी पनि न्यून छ । ५७ बैठकमा गुरुङमा २ र न्यौपाने ३ पटक बोलेका छन् । राजकुमारी भुजेल र नम्डु गुरुङ ४/४ पटक बोलेको प्रदेश सभा सचिवालयको तथ्यांकमा छ ।

    सांसद श्यामराज महत, कृष्णप्रसाद पाठक र फणीन्द्र देवकोटा संसदीय गतिविधिमा सबैभन्दा सक्रिय देखिएका छन् । शून्य, विशेष समय तथा विभिन्न विधेयक छलफलमा गरी महत २०, पाठक र देवकोटा १९/१९ पटक प्रदेश सभा बैठकमा बोलेका छन् । ५७ प्रदेश सभा बैठकमा दमयन्ती रूचाल १८, देवका पहारी १७, सुधीर कुमार पौडेल १४, भक्तबहादुर कुँवर, भीमबहादुर कार्की, पदमा जिसी श्रेष्ठ १३/१३ पटक बोलेका छन् ।

    डेब्युमै संसदीय समिति

    प्रदेश सभा नियमावली व्यवस्था गरेको संसदीय समिति गठन हुन झन्डै ८ महिना लाग्यो । राजनीतिक भागबन्डा नमिल्दा समिति गठन हुन सकेका थिएनन् । नियमावलीअनुसार प्रदेश सभामा सामाजिक विकास तथा कृषि समिति, प्रदेश मामिला तथा कानुन समिति, सार्वजनिक लेखा समिति र अर्थ तथा विकास समिति छन् ।साउनमा गठन भएको समितिको सभापति टुङ्गिन पनि २ महिना लाग्यो । असोज २० गते समितिका सभापतिको टुङ्गो लागेको थियो ।

    समितिहरूले हालसम्म पनि कार्यविधि र विधेयक भन्दा बाहिर निस्केर काम गर्न सकेका छन् । लेखा समितिबाहेकका अन्य समितिले गरेको काम खासै प्रभावकारी हुन सकेको छैन ।

    गठन भएपछि हालसम्म लेखा समितिको १२ वटा बैठक बसेको छ । लेखा समितिले वन विधेयक छलफलदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सीले मनपरी भाडा लिएको विषयमा विमानस्थलभित्रको पार्किङ शुल्क वैज्ञानिक बनाउन सुझाव दिएको थियो । अन्य सामाजिक विकास समितिको १२, प्रदेश मामिला समितिको ९ र लेखा समितिको ३ बैठक बसेका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution