• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण १०, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सुस्ता जोड्ने झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० माघ २७, शनिबार (२ साल अघि)
    423472235_309606945450347_4533795385947039705_n

    Advertisement

    नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) को नारायणी नदीपारी रहेको सुस्ता गाउँ जोड्ने झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । विसं २०७२ असोज १५ मा सम्झौता भएर नारायणी नदीमाथि निर्माण सुरु गरिएको नेपालकै लामो झोलुङ्गे पुलको काम आठ वर्षपछि बल्ल पूरा हुन लागेको हो । सस्पेन्सन बृज डिभिजन कार्यालयका साइट इञ्चार्ज (सव–इन्जिनियर) गोपालबहादुर थापाका अनुसार भारतीय भूमिसँग जोडिएको नदी पारीको सुस्ता जोड्न निर्माण सुरु गरिएको ‘त्रिवेणी–महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुल’को काम ९० प्रतिशत पूरा भएको हो । सुस्ताको लाइफलाइनको रुपमा रहेको सो झोलुङ्गे पुल निर्माणका लागि काठमाडौँको बालाजुस्थित त्रिशूली–आश्रय जेभीले तीनपटक म्याद थप गरी अहिले सम्पन्न गर्ने तयारीमा रहेको छ ।

    “झोलुङ्गे पुलमा वाक वे एडजस्टमेन्ट (हिँड्ने बाटो जोड्ने) काम थोरै बाँकी रहेको र पुलको दायाँबायाँ जाली लगाउनेुपर्ने काम बाँकी छ”, उहाँले भन्नुभयो, “एडजस्टमेन्टको काम सकेर पुलको दायाँबायाँ जाली लगाउने काम सकिएपछि लगभग पुल तयार हुन्छ ।” हिँड्ने बाटो जोड्ने र जाली लगाउने कामपछि झोलुङ्गे पुलको लठ्ठा तन्काएर पुल सञ्चालन गरिने सव–इन्जिनियर थापाले बताउनुभयो । पुल निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम म्याद ३० फागुन, २०८० सम्म रहेको भन्दै उक्त अवधिमा सबै काम सकाएर निर्माण पक्ष पुल हस्तान्तरण गर्ने तयारी रहेको उहाँको भनाइ थियोे । “वाक वे निर्माणका लागि आवश्यक फलाम आउन बाँकी छ”, सव–इन्जिनियर थापाले भन्नुभयो, “चितवनमा भट्टी सञ्चालन नहुँदा आवश्यक फलाम बुटवलबाट ल्याउने तयारी गरेका छौँ, बुटवलको भट्टीबाट फलाम ल्याएपछि काम पूरा गर्नेतर्फ लाग्छौँ ।”

    सुस्ता गाउँपालिका–५ स्थित पक्लिहवामा निर्माण भइरहेको मल्टिस्पान झोलुङ्गे पुल नेपालकै ठूलो झोलुङ्गे पुल भएको र यसको लम्बाइ एक हजार ५७१ मिटर रहेको उहाँले जानकारी दिनुभयो । झोलुङ्गे पुलमा जम्मा १३ वटा स्पान रहेकामा दुई सय तीन दशमलव आठ मिटरका पाँच वटा र ६९ मिटरका आठ वटा छन् । पुलको लागत अनुमान मूल्यअभिवृद्धि करसहित रु २९ करोड ४० लाख ७२ हजार छ । पुल सञ्चालनमा आएसँगै दैनिक करिब एक हजारभन्दा बढी मानिस लाभान्वित हुने अनुमान गरिएको छ । “सुस्ताका करिब तीन सय ५० घरपरिवार र नारायणी पारीको भारतीय नागरिकले समेत यस पुलबाट लाभ लिन सक्नेछन्”, सव–इन्जिनियर थापाले भन्नुभयो, “तीनतर्फबाट नारायणी नदीले घेरिएको सुस्ता पुग्न अहिले नेपालतर्फको अन्य भागबाट बाटो नभएकाले डुङ्गामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।” कोरोना कालमा विभिन्न अवरोधका कारण पुल निर्माणको काम दुई वर्षसम्म रोकिएकामा विगत दुई वर्षदेखि पुल निर्माणले तीव्रता पाएसँगै काम अन्तिम चरणमा पुगेको हो । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution