नवलपुर । नवलपुरमा बाघको आक्रमणमा परी मध्यविन्दु ५ बाघखोर निवासी ३० बर्षीय यम नारायण महतो गम्भिर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो पौने १ बजे मध्यविन्दु नगरपालिका ५ बाघखोरको हरियाली मध्यवर्ती सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा महतोलाई बाघले आक्रमण गरेको हो ।
घाइते महतोको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । उनको मुख र शरीरमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था गम्भिर रहेको छ ।
उनलाई थप उपचारका लागि भरतपुर रिफर गरिएको मध्यविन्दु जिल्ला अस्पतालले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१