• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    देशभर फैलियो मनसुन तर तत्काल छैन झरीको सम्भावना

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ अषाढ १०, सोमबार (१ साल अघि)
    02-rain

    Advertisement

    काठमाडौं । सरदर मितिभन्दा तीन दिन छिटो नेपाल भित्रिएको मनसुन अघिल्लो वर्षको तुलनामा १५ दिन ढिलो गरी देशभर फैलिएको छ । गत वर्ष सरदर मिति (१३ जुन) भन्दा एक दिन छिटो नेपाल भित्रिएको मनसुन ९ दिन ढिलो गरी देशभर फैलिएको थियो । यस वर्षको मनसुन २८ जेठ अर्थात् १० जुनमा कोशी प्रदेशमा भित्रिएको थियो । आज असार १० गते अर्थात् २४ जुनमा सुदूरपश्चिम प्रदेशभर मनसुन फैलिएको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले आज देशभर मनसुन फैलिएको जानकारी दिए ।

    तत्काल छैन झरीको सम्भावना

    मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना औंल्याएको छ । मनसुन देशभर फैलिए पनि तत्काल देशभर झरीको सम्भावना भने नरहेको मौसमविद बताउँछन् । ‘मनसुन देशभर फैलिए पनि तत्काल लगातार झमझम पानी पर्ने सम्भावना देखिँदैन,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद झाले त्यसको कारण खुलाए, ‘किनभने मनसुन ट्रफ (न्यूनचापीय रेखा) बनेकै छैन ।’ न्युनचापीय रेखाको सरदर स्थान भारतको कलकत्ता आसपास हुन्छ । त्यो रेखा उत्तरतिर अर्थात् नेपालतिर सरेमा नेपालमा झरी पर्छ । यदि फेरि भारततिरै सरेमा भारतमा झरी पर्छ । अहिले त्यस्तो रेखा बनेको नदेखिएको मौसमविद झाको भनाइ छ ।

    वरिष्ठ मौसमविद एवम् जलवायु विश्लेषक डा. इन्दिरा कँडेलका अनुसार हावाको चाप जहाँ कम हुन्छ, त्यतै हावा सोरिएर जम्मा हुन्छ । त्यहाँ बादल बन्छ र पानी पर्छ । जहाँ बढी पानी पार्ने बादल जम्मा हुन्छ त्यसैलाई न्यूनचापीय रेखा भनिन्छ । माथिल्लो वायुमण्डलमा बन्ने यस्तो रेखा तटस्थ हुँदैन । यो जता सर्छ, त्यतै बढी पानी पर्छ । मौसमविदहरुका अनुसार यस वर्षको मनसुन अवधिमा नेपालका अधिकांश भूभागमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण छ । तर सुरुका केही दिन राम्रोसँग पानी नपर्ने मौसमविदहरु बताउँछन् । किनभने यस वर्ष मनसुन अवधिको सुरुका दुई महिना (जुन–जुलाई)मा ‘अल–निनो’को स्थिति तटस्थ अवस्थामा रहने सम्भावना छ । ‘अल–निनो’को प्रभाव हुँदा कम वर्षा हुन्छ । त्यसपछिका दुई महिना अर्थात् (अगस्ट–सेप्टेम्बर) मा भने ‘ला–निनो’को अवस्था हुने मौसमविदको निष्कर्ष छ । ‘ला–निनो’को अवस्थामा बढी पानी पर्छ ।

    यस वर्ष ‘अल–निनो’को प्रभाव भएकाले कम पानी पर्दा देशभर अचाक्ली गर्मी बढेको थियो । कोशी प्रदेशमा मनसुन भित्रिँदा पनि पश्चिम तराईका भूभागमा तातो हावाको लहर चल्दा जनजीवन प्रभावित भएको थियो ।

    आज देशभर मनसुन देशभर फैलिएको दिन पनि लुम्बिनी र पश्चिम तराईका केही जिल्लामा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि देखिन्छ ।

    मौसमविदहरुका अनुसार जलवायु परिवर्तनको असरका कारण पानी पर्ने प्रवृत्तिमा पनि परिवर्तन हुँदै आएको छ । केही वर्षयता सरदर मितिभन्दा नेपालमा मनसुन आगमन र बहिर्गमन मिति पनि ढिला हुँदै गएको छ ।

    मनसुन अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको सरदर ८० प्रतिशत पानी पर्दछ । अवधिमा औसतमा १ हजार ४३० देखि १ हजार ५३० मिलिमिटरसम्म वर्षा हुने गर्छ । कुनै वर्ष त्योभन्दा १० प्रतिशत घटी वा बढी वर्षा भए पनि औसत नै मानिन्छ ।

    मनसुन अवधिमा धेरै पानी पर्ने भएकाले बाढी पहिरो र डुबानको समस्या बर्सेनि हुने गर्दछ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुन अवधिमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने प्रक्षेपण गर्दै पूर्वसतर्कता अपनाउन सबैलाई आह्वान गरेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution