• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नारायणगढ–बुटवल सडक : काम गर्न छाडेर म्याद थप्न दौडधुप

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ अषाढ २२, शनिबार (१ साल अघि)
    narayanghat

    Advertisement

    नवलपुर । जेठ २९ गते नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिम दुवै जिल्लाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख र सरोकारवालाले निर्माण कम्पनी र ठेकेदारलाई निर्देशन दिए, “नारायणगढ–बुटवल सडकखण्डमा अवरोध भए एक घण्टाभित्र सञ्चालनमा ल्याउनू।” ठेकेदार र निर्माण कम्पनीले हुन्छ भन्दै प्रतिबद्धता जनाए । याे समाचार गाेरखापत्र दैनिकमा छ, यो निर्देशन दिएको २० औँ दिनमै प्रतिबद्धता उल्लङ्घन भयो । नारायणगढ–बुटवल सडकखण्डको चोरमारा क्षेत्रमा १२ घण्टासम्म सडक जाम भयो । रातो माटो भएको ओरालो बाटोमा हल्का पानी परेपछि गाडी चल्नै सकेनन् । “१२ घण्टा जाम हुँदा पनि चिनियाँ ठेकेदार कम्पनीले बाटो खुलाउन कुनै प्रयास गरेन, फोन गर्दा धेरैको मोबाइल ‘अफ’ छ । ‘अन’ भएकाहरूको पनि फोन नै उठ्दैन,’’ ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक अच्युत आचार्यले भने । यो कुरा जिल्ला प्रहरी कार्यालय, प्रजिअ कार्यालय हुँदै गृह सचिवसम्म रिपोर्टिङ भयो । माथिको आदेशपछि ठेकेदार कम्पनीका चार जनालाई अफिसबाटै उठाएर जिल्ला प्रहरी कार्यालयमा चार घण्टा राखेपछि ठेकेदारले चिप्लो बाटोमा गिट्टी बालुवा ओछ्याउने प्रतिबद्धतासहित फिल्डमा खटिए ।

    त्यसको अनुगमन गर्न पत्रकारसहित सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक अच्युत आचार्यसहितको टोली चोरमारा पुग्यो । अनुगमनमा जाँदा पनि दुईरचार ट्रक गिट्टी बालुवा ओछ्याएर टालटुले काम हुँदै थियो । गाडीको जाम अझै उस्तै थियो । प्रहरीले क्रेनले ट्रक धकेल्दै बाटो खुलाउने प्रयास गर्दै थियो ।

    तर, ठेकेदारले हुन्छ हुन्छ भनेर पनि काम नगर्ने गरेको ट्राफिक प्रमुख आचार्यको भनाइ छ । “राति १ बजेदेखि जाम भएको हो, एसपी र सिडिओ सा’बबाट दबाब दिएपछि हल्का काम गरे जस्तो गर्छन् तर हरेक पटक गर्छु भनेर पनि काम हुँदैन, व्यवहारमा देखिन्न,” ट्राफिक प्रमुख आचार्यले भने ।

    आचार्यका अनुसार रातभरि काम गरेर अप्ठ्यारो र चिप्लो बाटोभरि गिटी बालुवा हालेर ग्राभेल गर्ने सहमति भएको थियो तर अझै पनि भने अनुसार काम गरिएन । “एक सय ट्रकभन्दा बढी गिट्टी बालुवा नहालेसम्म चिप्लो माटो भएको सडकमा गाडी गुड्न लायक हुँदैन,” ट्राफिक प्रमुख आचार्यले भने, “तर रातभरिमा बल्लतल्ल २०र२५ ट्रक हालेको छ । बाटो बल्लतल्ल एकतर्फी सञ्चालन गरेका छौँ ।” सहमति अनुसार बाटो अवरुद्ध भएमा निर्माण कम्पनीले नै मर्मत गरी सडक सञ्चालनमा ल्याउनुपर्ने हो ।

    जिल्ला प्रहरी प्रमुख रेग्मीले अनुमान गरिएको भन्दा फरक ठाउँमा ट्राफिक जाम भएको बताए । रेग्मीले भने, “यो ठाउँमा यसरी अवरोध होला भनेर कल्पना पनि गरिएको थिएन, अवरोध भइसकेपछि ठेकेदार कम्पनीलाई कार्यालयमै ‘ब्रिफ’ गरी साइटमै ल्याएर यो अवस्था देखाएर काम गर्न भनेका छौँ ।”

    जिल्ला प्रशासन कार्यालयले नारायणगढ–बुटवल सडक आयोजनाको पूर्वी खण्डका प्रमुखलाई जानकारी गराएर समन्वय गर्न आग्रह गर्दा पनि काम नभएको बताएको छ ।

    गत वर्ष दोस्रो पटक थपिएको म्याद सकिन अब केही हप्ता मात्र बाँकी छ । साउन ८ गते आयोजनाको म्याद सकिने हो । यो अवधिमा सबै काम सक्नुपर्ने थियो तर अहिलेसम्मको भौतिक प्रगति ५२ प्रतिशत मात्र रहेको ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनका प्रोजेक्ट म्यानेजर राकेश झाले जानकारी दिए ।

    अघिल्लो वर्ष म्याद थप्दा झन्डै ४२ प्रतिशत भौतिक प्रगति भएको थियो र त्यसलाई बढाएर ७५ प्रतिशत पु¥याउने र कम्तीमा एकतर्फी बाटो कालोपत्रे गर्ने भनिएको थियो तर थपेको म्याद सकिन केही हप्ता मात्र बाँकी छँदा पनि भने अनुसारको प्रगति नदेखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution