• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २१, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

२

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

३

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

४

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

५

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

६

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

७

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

८

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

९

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१०

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

११

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१२

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरको डेढगाउँमा स्वास्थ्य परीक्षण शिविर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ भाद्र ३०, आईतबार (१ साल अघि)
    IMG_20240915_065156-1536x864

    Advertisement

    नवलपुर । नवलपुरको पहाडी क्षेत्र अन्तरगत पर्ने  बौदीकाली गाउँपालिकाको डेढगाउँमा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । शनिबार डेढगाउँमा स्वास्थ्य परीक्षण शिविर भएको हो ।
    कर्मचारी मिलन केन्द्र नवलपुरको आयोजना,  बौदीकाली गाउँपालिकाको सह आयोजना, जिल्ला प्रशासन कार्यालय नवलपुरको संयोजन र मध्यविन्दु जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय नवलपुरको प्राविधिक सहयोगमा वृहत स्वास्थ्य परीक्षण शिविर गरिएको हो । निजामती सेवा दिवस र राष्ट्रिय दिवस तथा  संविधान दिवसको अवसर पारेर स्वास्थ्य परीक्षण शिविर संचालन गरिएको कर्मचारी मिलन केन्द्र नवलपुरका अध्यक्ष विरेन्द्र प्रसाद घिमिरेले बताउनुभयो ।
    शनिबार ढेडगाउँमा भएको स्वास्थ्य परीक्षण शिविरमा ४ सय १२ बढीले स्वास्थ्य परीक्षण गरि सेवा लिएकाछन् । शिविरमा मध्यविन्दु जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रमेश प्रसाद आचार्य सहितको चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गरेका थिए । रेडियोलोजिस्ट, जनरल फिजिसियन, स्त्री रोग विशेषज्ञ सहितका चिकित्सक सहित स्वास्थ्य परीक्षणका लागि डेढगाउँ पुगेका थिए । ग्रामीण क्षेत्रका बासिन्दाको स्वास्थ्य परीक्षण गरि स्वास्थ्य लाभ गरुन् भन्ने हिसाबले उक्त स्थानमा शिविर संचालन गरिएको मिलन केन्द्रका अध्यक्ष घिमिरेले बताउनुभयो ।
    स्वास्थ्य शिविर संचालन पूर्व  भएको उद्‌घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले कर्मचारीहरू जनताका लागि रचनात्मक रुपमा काम गर्छन भन्ने सन्देश दिन शिविरले सहयोग पुगेको बताउनुभयो । कर्मचारी भनेको टेबलमा काम गर्ने मात्र हैन समुदायमा पनि उनीहरूको भूमिका र कर्तव्य रहन्छ भन्ने सन्देश शिविरले दिएको उहाँले बताउनुभयो । यस्ता शिविर बेलाबेलामा ग्रामिण क्षेत्रमा गर्दा स्वास्थ्य परीक्षण नगराएर रोग लुकाएर बसेकाहरूले स्वास्थ्य परीक्षण गरि लाभ लिन सक्ने बताउनुभयो ।
    शिविर उद्‌घाटन सत्रका अध्यक्ष एवं बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले वृतह स्वास्थ्य शिविरका लागि आफ्नो पालिकाकालाई छनौट गरेकोमा धन्यवाद दिनुभयो । उहाँले स्वास्थ्य शिविरसँगै बौदीकाली गाउँपालिकामा रहेका बासिन्दाले भोगेका जटिलता र सदरमुकाम पुग्दा आफ्ना पालिका बासीले  भोग्नुपर्ने  समस्याको महसुस गरि भोलिका दिनमा सहजै सेवा प्राप्त गर्न सक्नेछन भन्ने आफूलाई विश्वास लागेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयबाट दिने सेवामा बौदीकाली गाउँपालिकाबासी पुग्दा केही सहजता बनाउने विषयमा  प्रतिवद्धता प्राप्त गरेकोमा धन्यवाद समेत दिनुभयो । गाउँपालिकाले आफ्नो गाउँपालिकाबासीलाई सहज सेवा दिने विषयमा निरन्तर लाग्ने र त्यसको लागि समन्वय गरिरहने उहाँले बताउनुभयो ।
    शनिबारनै बौदीकाली गाउँपालिकाको कार्यालयमा कार्यालय प्रमुखहरु सँग जनताको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त क्रममा बोल्ने स्थानीयले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता, महँगो सवारीको भाडादर,  बाटो स्तरोन्नतीका विषय, कृषितर्फ बादरले बालीमा पुर्याएको क्षति लगाएत जिल्ला स्थित कार्यालयबाट सहज  सेवा लिने वातावरण निर्माणमा सहजिकरण गरिदिन आग्रह गरेका थिए । कार्यक्रममा उठेका सवालमा प्रमुख जिल्ला अधिकारी अरुण पोखे्रल सहितका सम्बन्धित कार्यालयका प्रमुखहरुले जवाफ दिएका थिए । कार्यक्रम बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाको अध्यक्षतामा भएको थियो । अध्यक्ष ओझाले यस्तो कार्यक्रमले प्रत्यक्ष रुपमा नागरिकले आफ्ना समस्या जिल्ला स्थित कार्यालयसँग राख्न पाएको  र भोलिका दिनमा उठेका विषयमा समन्वय गर्न कार्यालय प्रमुखहरुले भूमिका निर्वाहा गर्दा सेवा लिन थप सहजता मिल्ने बताउनुभएको थियो ।
    डेढगाउँमा भएको शिविर तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख ,प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
    कर्मचारी मिलन केन्द्र नवलपुरले यस अघि विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । पत्रकारसँग मैत्रीपूर्ण पुटसल, रक्तदान कार्यक्रम, अपांग सेवा केन्द्रमा खाद्यान्न सामाग्री हस्तान्तरण लगायतका कार्यक्रमहरु सम्पन्न गरेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग


  • Advertisement

    समाचार
  • १

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • २

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ३

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ४

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ५

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ६

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ७

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ८

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ९

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • १०

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution