• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ९, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अब कावासोतीका वडाहरू मर्ज गर्न छलफल हुन्छ : नगर प्रमुख भुसाल

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ पौष १०, बुधबार (१ साल अघि)
    471600339_1025057189641765_3952799536667492868_n

    Advertisement

    ज्ञानु पंगेनी ,कावासोती ।  कावासोती नगरपालिकाका वडाहरू समायोजन ( मर्ज) हुन सक्ने नगर प्रमुख विष्णु प्रसाद भुसालले बताउनुभएको छ । मंगलबार कावासोती ६ विष्णु नगरमा कावासोती नगरपालिकाको सेवा प्रवाह तथा बजेट कार्यक्रमका बारेमा सुसूचित गर्न आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै नगर प्रमुख भुसालले कावासोतीका वडा पनि समायोजन ( मर्ज ) हुन सक्ने सङ्केत गर्नुभएको हो । छिमेकमा रहेका वडाहरू समायोजन गर्न पहल सुरु भइसकेको सन्दर्भमा कावासोतीमा समेत वडा समायोजन गर्नका लागि राजनैतिक दलहरूसँग छलफल गर्ने तयारी रहेको नगर प्रमुख भुसालले बताउनुभयो ।
    ‘कावासोतीका कतिपय वडा निकै ठुलो र कुनै वडा साना छन् । अब ठुलो वडाहरू कुनै पनि हालतमा सकरले विभाजन नगर्ने भएको हुँदा अब साना वडाहरू समायोजन गर्नतर्फ लाग्नुपर्ने छ । अब हामी हिउँदे सभापछि राजनैतिक दलसँग छलफल गर्ने तयारी गरेका छौँ । कावासोतीका करिब पाँच वटा वडा घट्न सक्छ ।’ नगर प्रमुख भुसालले भन्नुभयो ।

    कार्यक्रममा कावासोती नगरपालिकाले चालु आर्थिक वर्षको अहिलेसम्म गरेका कार्यक्रमका बारेमा प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणका क्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले सङ्घीय सरकारबाट प्राप्त ६६ करोड ३३ लाखमध्ये १९ करोड ४० लाख रुपैयाँ खर्च भएको जानकारी गराउनुभयो । उहाँले करिब २९ प्रतिशत रकम खर्च भएको जानकारी गराउनुभयो । प्रदेश सरकारबाट प्राप्त ३२ प्रतिशत खर्च भएको जानकारी गराउनुभएको थियो ।

    प्रमुख प्रशासकीय अधिकृत पौडेलले प्रस्तुतीकरण गरेपछि कार्यक्रममा सहभागी पालिकावासीले आआफ्नो प्रश्न , सुझाव तथा जिज्ञासा राखेका थिए । पालिकावासीले कावासोती नगरपालिकाबाट कर्मचारी छनौट देखी स्वास्थ्य चौकी सञ्चालन , सहकारीको अनुगमन , युवाको क्षेत्र , खेल क्षेत्र , कृषि क्षेत्रमा बजेटको कमी , कावासोतीको बसपार्क निर्माण किन बनेन ? वालुवा डाँडा भ्यु टावर किन सञ्चालनमा आउन सकेन ? , मदन भण्डारी स्मृति संस्थालाई दिएको बजेट पार्टी कार्यालयलाई दिएको हो की के हो ? लगायतका बारेमा प्रश्न तथा जिज्ञासा राखेका थिए ।

    पालिकावासीले राखेका प्रश्न , जिज्ञासाको कावासोती नगर प्रमुख विष्णु प्रसाद भुसाल , प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल , खेलकुद शाखा संयोजक तथा कावासोती १२ का अध्यक्ष ध्रुव खनाल ( दिपेश ) र सामाजिक शाखा संयोजक तथा कावासोती १७ का अध्यक्ष चूडामणि थनेतले जवाफ दिनुभएको थियो ।

    यसै गरी नगर प्रमुख भुसालले समेत पालिकाले पार्टी कार्यालयलाई बजेट दिएको नभई मदन भण्डारी स्मृत संस्थालाई दिएको प्रस्ट पार्दै आफ्नै कार्यकालमा बिपी स्मृत भवनमा समेत नगरपालिकाले बजेट दिएको जानकारी गराउनुभयो । उहाँले यस अघिका जनप्रतिनिधि समितिले समेत विभिन्न समयमा बिपी स्मृति भवनका लागि बजेट छुट्टाएको बताउँदै पार्टी कार्यालयका लागि बजेट नदिएको प्रस्ट पार्नुभएको थियो ।

    उहाँले वडाहरूमा रहेका कतिपय आधारभूत स्वास्थ्य चौकीमा सेवाग्राही नै नपुग्ने अवस्था रहेको हुँदा त्यसलाई सञ्चालन पनि कसरी गर्ने भन्ने अन्यौलता रहेको बताउनुभयो । एक वडा एक स्वास्थ्य चौकी भनेर सरकारले घोषणा गरे पनि ठुलो अस्पताल र मेडिकल भएको नजिकैको दुरीमा रहेको स्वास्थ्य चौकीमा सेवाग्राही नै नपुग्ने अवस्था रहेको उहाँले जिकिर गर्नुभयो । यस्तै भ्यु टावर सञ्चालनमा आउन नसकेको सन्दर्भमा , भ्यु टावर सञ्चालन गर्न वडा नम्बर एकले पहल गर्न जिम्मेवारी दिएको बताउनुभयो । भने बसपार्क वनको जग्गाको केही विवाद भएका कारण बजेट आउन नसक्दा निर्माण सुरु हुन नसकेको बताउनुभयो ।
    कार्यक्रममा कावासोती नगर उपप्रमुख फूल कुमारी थनेतले धन्यवाद मन्तव्य राख्दै नगरपालिकाको बजेट कार्यक्रमका सन्दर्भमा आएका सुझाव तथा जिज्ञासाहरूलाई आत्मसाथ गर्दै आफूहरूले आगामी बजेट कार्यक्रमलाई कार्यान्वयन गर्ने बताउनुभयो ।
    कावासोती नगरपालिकाको आयोजना तथा टिबी मिडिया प्राविको समन्वयमा भएको कार्यक्रममा नगर प्रमुख विष्णु प्रसाद भुसालको अध्यक्षता रहेको थियो । कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष याम बहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने तीर्थराज डुम्रेले सहजीकरण गर्नुभएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution