• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपरासीमा झडप : प्रहरीको गाडी जलाइयो, गोदाममा समेत आगजनी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ फागुन १३, मंगलबार (१ साल अघि)
    police-gadi-1_DSMm14Os1m

    Advertisement

    परासी ।  प्रेम सम्बन्धको विषयलाई लिएर उत्पन्न विवादमा झडप हुँदा नवलपरासीमा २० जना घाइते भएका छन् । एकको अवस्था गम्भीर छ । आक्रोशित स्थानीयले प्रहरीको गाडीसमेत जलाई दिएका छन् । आगजनीबाट एक कवार्ड गोदाम ध्वस्त भएको छ ।  जिल्लाको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ३ बेलासपुरमा मंगलबार प्रेम सम्बन्ध राखेका केटा पक्ष र केटी पक्षबीच झडप भएको हो । झडपका क्रममा केटा पक्षको समूहले केटी पक्षका आफन्तको कवार्ड गोदाममा समेत आगजनी गरी ध्वस्त बनाएका छन् ।

    आगजनीबाट केटी पक्षका आफन्तको घरमा समेत क्षति पुगेको छ । केटा र केटी पक्षको घर सोही वडाको छोट्की कुस्मा गाउँमा छ । केटी पक्षका हजुरबुवा नाता पर्ने मोहरम पवरिया(मुसलमान) को घर भने बेलासपुरमा छ । केटा पक्षबाट आएका गाउँलेको समूहले मोहरमको बेलासपुरमा रहेको कवार्ड गोदाममा आगजनी गरेका हुन् । धोवी थर भएका केटासँग भएको प्रेम सम्बन्धको विषयलाई लिएर विवाद भएको हो । केटा र केटीको उमेर २० वर्षको हाराहारीमा रहेको स्थानीयले बताएका छन् ।  सोमबार साँझ केटाका भाइ काम विशेषले बेलासपुर आउँदा मोहरमका छोरा सोवराती पवरियासहितको समूहले कुटपिट गरेपछि विवादले उग्ररुप लिएको स्थानीयले बताएका छन् ।

    मंगलबार कुटपिटको कारण सोध्दै बिहान केटा पक्षका समूह मोहरमको घरमा पुगेपछि दुई समूहबीच झडप सुरु भएको हो । केटी पक्षले घरको छतमाथिबाट ढुंगा हान्ने र केटा पक्षले तलबाट ढुंगा प्रहार गर्न सुरु गरेका थिए । दुई समूहबीच झडप भइरहँदा मोहरमका छोरा सोवरातीले केटा पक्षको समूहमाथि अन्धाधुन्दा ढुंगा प्रहार गरे‍पछि  गाडी दौडाउँदा दुईजना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।  त्यसपश्चात आक्रोशित बनेको केटा पक्षको समूहले कवार्ड गोदममा आगजनी सुरू गरेका थिए ।

    गाडीको ठक्करबाट दुईजना घाइते भएका छन् । घाइतेमध्ये केटा पक्षका विजय धवलको अवस्था चिन्ताजनक रहेको छ । केटापक्षकै ४५ वर्षीय बैजनाथ प्रसाद लोनियाको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए । दुईजनाको भैरहवा सिटी अस्पतालमा उपचार भइरहेको छ । आक्रोशित समूहले इलाका प्रहरी कार्यालय महेशपुरको गाडीमा आगजनी गरी ध्वस्त बनाएका छन् ।

    स्थिति नियन्त्रण लिन ५ राउण्ड अश्रु ग्याँस र ३ राउण्ड हवाई फायर गरेको सूचना अधिकारी थापाले बताए । झडपका क्रममा अन्य ३ जना सर्वसाधारण पनि घाइते भएका छन् । घाइते हुने अन्यमा इन्स्पेक्टरसहित ११ जना नेपाल प्रहरी र चारजना सशस्त्र प्रहरीका रहेका छन् । टाउको र छातिमा चोट लागेका उनीहरूको अवस्था सामान्य अवस्था रहेको छ। उनीहरूको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  आगजनीमा संलग्न भएका चार महिलासहित ५ जनालाई पक्राउ गरिएको र अन्य खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलको अवस्था सामान्य रहेको प्रहरील जनाएको छ । स्थिति तनावपूर्ण देखेपछि दमकल र एम्बुलेन्स पनि फर्किएका छन्।

    आगजनी र झडप भएपछि बोलाइएका दमकल र एम्बुलेन्ससमेत फर्किएर जाँदा क्षति व्यहोर्नुपरेको भन्दै घटनास्थलमा खटिएका प्रहरीहरुले चालकहरूमाथि आक्रोश  पोखेका थिए । आगजनी हुने वित्तिकै रामग्राम नगरपालिकाको दमकल आएपछि टाढैबाट फर्केर जाँदा आगजनीले ठूलो क्षति पुर्‍याएको भन्दै डेढ घण्टापछि पुगेको दमकल र एम्बुलेन्सका चालकसँग प्रहरीहरुले आक्रोश पोखेका थिए ।  ‘समयमा दमकल आएको भए हाम्रो गाडी ध्वस्त हुने थिएन । गोदाममा पनि यति धेरै क्षति हुने थिएन । आएपनि बोलाउँदा बोलाउँदै फर्केर जाने ?’घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षकले आक्रोश पोखे। घटनास्थलबाट रामग्राम नगरपालिका करिब ६ किलोमिटरको दुरीमा छ । रामग्रामको दमकल फर्केको प्रहरीको भनाइ छ । झडपको स्थिति सामान्य बनेपछि करिब २२ किलोमिटरको दुरीमा रहेको बर्दघाट नगरपालिकाको दमकल आएपछि रामग्रामको दमकलसमेत आएर आगो नियन्त्रणमा लिइएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution