• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण २०, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

२

दाउन्ने क्षेत्रको सडकमा ढलान

३

गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

४

बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

५

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

६

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

७

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

८

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

९

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

१०

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

११

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

१२

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नारायणगढ-बुटवल खण्डमा यात्रुलाई सास्ती, चौथो पटक म्याद थप्ने तयारी हुँदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८२ बैशाख ५, शुक्रबार (३ महिना अघि)
    IMG_0723

    Advertisement

    चितवन । समयमा काम भएको भए तीन वर्षअघि नै नारायणगढ–बुटवल सडकखण्ड चिल्लो भई यात्रा सहज हुन्थ्योे तर कछुवा गतिमा काम हुँदा अहिले पनि यो खण्डको यात्रा कष्टपूर्ण छ। सडक विस्तारका क्रममा भत्काइएका संरचना पुनर्निर्माण नहुँदा यात्रु ६ वर्षदेखि धुलो, हिलो र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। अहिले दाउन्ने सडकखण्डको १३ किलोमिटर छिचोल्न मात्र घण्टौं लाग्छ। यो खवर नागरिक दैनिकमा उल्लेख छ । ११ जनाको परिवारसहित लुम्बिनी यात्रामा निस्केका झापाका दीपक निरौला आइतबार दाउन्नेको जाम र हिलोले हैरान देखिन्थे। साँझसम्म लुम्बिनी पुग्ने लक्ष्यसहित होटेल बुकिङ गरेका निरौला समयमै गन्तव्यमा नपुगिने हो कि भन्ने चिन्तामा थिए। ‘दिउँसो तीन बजे दाउन्ने आइपुगेका थियौं। बेलुका साढे ६ बजेसम्म पनि यहाँ नै छौं,’ हिलोमा फसेको बस हेरिरहेका निरौलाले भने, ‘सडकको अवस्था यस्तो छ। यो क्षेत्र छिचोल्न कति समय लाग्ने हो थाहा छैन।’

    दाउन्नेको जाममा मुक्तिनाथ तीर्थ यात्रा गरेर फर्कंदै गरेका दाङका प्याउली केसीसहित ६ जनाको टोली पनि थियो। उनीहरूलाई समयमा घर नपुगिने हो कि भन्ने चिन्ता थियो। ‘जाने समयमा पाल्पा हुँदै गएका थियौं। त्यति समस्या भएन। फर्किने समयमा पोखरा, चितवनको कुरिनटार घुम्दै आउँदा दाउन्नेमा धेरै समस्या भयो। कतिखेर घर पुगिन्छ अझै थाहा छैन। चिप्लो बाटोमा कतिबेला दुर्घटना हुने हो त्रास मात्र छ,’ उनले भनिन्।

    नारायणगढ–बुटवल सडकखण्डको यात्रा सात वर्षदेखि कष्टकर छ। अन्य स्थानमा केही सहज भए पनि यतिखेर दाउन्ने क्षेत्रको यात्रा निकै सकसपूर्ण रहेको काठमाडौंदेखि भैरहवा हिँडेका कृष्ण भुसालले बताए। ‘दाउन्नेको जाम भनेर बच्चा बच्चालाई थाहा हुन लागिसक्यो। ६ बजे सुनवल पुग्ने लक्ष्य थियो,’ पौने ६ मा दाउन्नेबीच भागमा भेटिएका भुसालले भने, ‘यही गति भए अझै पाँच घण्टा लाग्ला जस्तो छ ।’ जाम भएको ठाउँमा कति चालक गाडीभित्रै सुतिरहेका थिए।

    चालकको दुःख

    धादिङका इन्द्रकुमार ढुंगानाले सुर्खेत–काठमाडौं रुटमा बस चलाउँछन्। १६ वर्षअघिदेखि यो पेसा अँगालेका ढुंगानालाई सडकको दुरवस्थाले कहिलेकाहीँ दिक्क बनाउँछ। बर्खा लागिसकेपछि ठाउँठाउँमा बाढीपहिरो त आउँछ नै। त्यसमाथि निर्माणाधीन सडक समयमै नबन्दा सास्ती खेप्नुपरेको छ। ‘कम्तीमा महिनामा १५ दिन यो सडक हिँड्नुपर्छ, खाल्डाखुल्डी, हिलो र धुलोले एकदम गाह्रो छ।’

    काठमाडौंदेखि सुर्खेतका यात्रु लिएर हिँडेको अवस्थामा दाउन्नेको जाममा परेका ढुंगानाले भने, ‘नारायणगढ–बुटवल सडकखण्ड साढे दुई घण्टामा पार गरिन्थ्यो। अहिले दाउन्नेमा जाम हुँदा १९ घण्टा पनि लाग्ने गरेको छ।’

    नारायणगढ–बुटवल सडकखण्ड निर्माणाधीन छ। यो सडकमा सवारी गुड्न त्यति सहज छैन। ढुंगानाजस्तै काठमाडौं–दिल्ली गाडी चलाउँदै आएका राधेश्याम बरालले पनि सडकको अवस्थाले गर्दा हैरानी खेप्नुपरेको छ। ‘ठाउँठाउँमा खाल्डाखुल्डी छन्। यात्रुले डाइभरले झ्याँक्यो भनेर रिसाउनुहुन्छ,’ यात्रु लिएर दिल्लीतर्फ हिँडेका अवस्थामा जाममा भेटिएका बरालले भने, ‘सडक साँघुरो छ। त्यसमाथि धुलो र हिलोले हैरानी छ हजुर। नयाँ गाडी बिग्रिसक्यो।’

    उनले गाडी मर्मत खर्चसमेत उठ्न कठिन भएको बताए। दाउन्नेमा बढी जाम हुँदा यात्रुसमेत फिर्ता भएको अनुभव बरालसँग छ। ‘यात्रु छोटो समय लिएर हिँड्नुहुन्छ,’ सडक खुल्ने पर्खाइमा बसेका बरालले भने, ‘कतिपय यात्रु ढिला भएर उत्ताको काम नहुने भएपछि बीच बाटोबाटै फर्किएको अवस्था छ।’

    नारायणघाट–बुटवल सडकखण्डमा दैनिक हजारौं सवारीसाधन गुड्छन्। यही खण्ड हुँदै राजधानी काठमाडौं तथा पूर्व पश्चिम क्षेत्र आउजाउ गर्नुपर्ने बाध्यता छ। भैरहवा–काठमाडौं रुटका चालक अरूण पटेल सडकका कारण गाडी बिग्रेर मर्मत गर्दा नै आम्दानी सकिने बताउँछन्। ‘पानी नपर्दा धुलोले सताउँछ। पानी पर्दा धुलोले सताउँछ। यात्रैपिच्छे गाडी मर्मत गर्नुपर्छ। पट्टा भाँचिन्छ। खाल्डो भनेर गाडी हाल्यो डाँडो पर्छ। डाँडो भनेर हाल्यो खाल्डो पर्छ। यस्तै छ हजुर, हाम्रो समस्या कसले सुन्ने,’ उनले भने।

    उनले यो सडकखण्डको अवस्थाका कारण खानसमेत समयमा नपाएको बताए। ‘हिजोआज सधैं जाम हुँदा एकछाके भइएको छ,’ उनले भने, ‘१२ दिनमा छ दिन त एक छाक खाएर गाडी चलाउनुपरेको छ।’

    पानी पर्दा दाउन्नेमा हिलो हुँदा गाडी चिप्लिएर चलाउन कठिन हुने गरेको उनले बताए। खाल्डाखुल्डीमा ग्राभेल हालिदिए केही राहत हुने उनले बताए।

    हिउँदमा पानी पर्दा हिलोले समस्या, घाम लाग्दा धुलोले समस्या छ। बर्खाको समय ठाउँठाउँमा पहिरो खस्छ। सडक पनि निर्माणाधीन छ। त्यसैले यात्रा कठिन बनेको यात्रुको गुनासो छ। सुनसरीदेखि महाकाली यात्रामा निस्केका साकार अधिकारी सरकारले ठेकेदारलाई समयमै काम गर्न नलगाएका कारण यात्रुले लामो समयसम्म सास्ती भोग्नुपरेको बताउँछन्।

    ‘देशको प्रमुख राजार्गको खण्ड निर्माण गर्दा सरकारले विशेष प्र्राथमिकतामा राखेर काम गर्नुपर्ने हो। प्रदेश र स्थानीय सरकारले पनि ध्यान दिएको पाइएन,’ अधिकारीले सडकको अवस्थाबारे भने, ‘अस्ति मेरा साथी ११ घण्टा जाममा परेका थिए। म यहाँ आएको पनि पाँच घण्टा भयो। गाडी सर्ने सुरसार छैन।’

    नारायणगढ–बुटवल सडक खण्डको यात्रा जोखिमपूर्ण छ। चोरमाराका मित्रलाल पाठक सडक अवरुद्ध हुँदा यात्रुको खर्चसमेत बढेको बताउँछन्। ‘यात्रुहरू समयमा पुग्न पाउँदैनन्। यहाँ खान र बस्न समस्या छ। सरकारको ध्यान यसमा जाँदैन। ट्राफिक एक दुई ठाउँमाभन्दा देख्न सकिँदैन,’ उनले भने, ‘अस्ति २७ घण्टा जाममा परेको थिएँ। आज पनि जाममा नै छु।’

    व्यापारमा समेत असर

    नारायणगढ–बुटवल सडक खण्ड समयमा निर्माण नहुँदा व्यापारमा समेत असर परेको छ। अरूण खोलामा होटेल व्यवसाय गर्दै आएका घनश्याम ढेंगा धुलोका कारण व्यवसाय ठप्प जस्तै रहेको बताउँछन्। ‘होटेल व्यवसाय थालेको पाँच वर्षभयो। पानी पर्दा हिलो हुन्छ। घाम लाग्दा होटेल भरी धुलो आउँछ,’ उनले भने, ‘व्यवसाय बन्द पनि गर्न नसकिने, समयमा सडक नबन्दा साह्रै दुःख पाइएको छ।’ कोरोना महामारीपछि व्यापार उकासिन नसकेको उनले बताए।

    तेस्रो म्यादमा पनि काम सकिँदैन

    एसियाली विकास बैंक ९एडिबी० को ऋण सहयोगमा नारायणगढ–बुटवल सडकखण्ड विस्तार सम्झौता २०७५ चैत ८ गते भएको थियो। ११३ किलोमिटर लामो यो खण्डलाई दुई भागमा विभाजन गरेर अलगअलग ठेक्का लगाइएको थियो। दुवै खण्डको ठेक्का चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’ ले पाएको छ ।

    पूर्वी खण्ड भनिने गैंडाकोट–दाउन्ने ६४।४२ किलोमिटर र पश्चिम खण्ड भनिने दाउन्ने–बुटबल ४८।५८ किलोमिटर सडक विस्तार र मर्मत गर्न १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। चाइना स्टेट कन्स्ट्रक्सनले गैंडाकोट–दाउन्ने सडकखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रूपैयाँमा ठेक्का पाएको हो।

    सरकारले यो सडक खण्डको ठेक्का म्याद २०७९ भदौमा पहिलो पटक, २०८० साउनमा दोस्रो पटक र २०८१ साउनमा तेस्रोपटक थप गरिसकेको छ। तेस्रो पटक थपिएको म्यादअनुसार २०८२ साउन ८ सम्म काम सकिसक्नुपर्छ तर अहिले ६३ प्रतिशत मात्र काम सकिएको नारायणगढ–बुटवल सडक आयोजना ९पूर्वी खण्ड० का सूचना अधिकारी इन्जिनियर शिव खनाल बताउँछन्।

    ‘अहिलेसम्म वित्तीय प्रगति ५३ प्रतिशत छ। भौतिक प्रगति ६३ प्रतिशत पुगेको छ,’ खनाल भन्छन्, ‘कामको गति हेर्दा साउनसम्म भ्याउन कठिन छ ।’

    उनका अनुसार साउनसम्म एकतर्फी कालोपत्रे गर्ने लक्ष्य छ। ‘दाउन्नेको १३ किलोमिटरको ९० प्रतिशत कटिङ गर्न बाँकी छ। हामीले पूर्वी खण्डको ४ किलोमिरट १५ दिनमा सक्ने लक्ष्य राखेका छौं,’ इन्जिनियर खनालले भने, ‘भित्तो काट्ने काम सकेपछि एकतर्फी पिच गर्ने योजना छ।’

    अहिलेसम्म पूर्वी खण्डको ५३ किलोमिटर सडक एकतर्फी कालोपत्रे गरिएको छ। दाउन्ने, दुम्किबास, चोरमारा बजार क्षेत्र र पुल क्षेत्रको १० किलोमिटर पूर्ण सडक पूर्णरूपमा कालोपत्रे हुन बाँकी छ। साउनसम्म गर्ने लक्ष्य आयोजनाको छ। पूर्वी खण्डमा मात्र ३४ वटा पुल छन्। २६ वटा पुल बनिसकेका छन्। गैंडाकोटको जयश्री, बेल्डिया, बहुला, झरही, कावासोती, गिरुवारी, अरूणखोला र विजयी खोलामा पुल निर्माण चरणमा रहेको खनालले बताए।

    पश्चिम र पूर्वी खण्डमा एक सय तीनवटा कल्भर्ट छन्। पूर्वी खण्डमा ३३ वटा रहेको खनालले बताए। त्यसमध्ये पाँच वटा सकिएका छन्। दाउन्ने खण्डको १३ किलोमिटरमा ७० वटा कल्भर्ट छन्। दाउन्ने सडक क्षेत्र पश्चिम खण्डमा ९ किलोमिटर र पूर्वी खण्डमा ४ किलोमिटर छ। यस खण्डमा दुईवटा पुल समेत रहेका छन्। ‘पश्चिम खण्डमा समयमै काम सक्न चुनौती छ,’ उनले भने, ‘समग्रमा एकतर्फी कालोपत्रे गर्न दाउन्ने खण्ड नसकिने देखिन्छ।’ दाउन्ने क्षेत्रमा कल्भर्ट बनाउन र भित्ता काट्न समस्या रहेको उनले बताए।

    अहिलेसम्म पूर्वी खण्डमा मानिसले गर्ने काम ८५ प्रतिशत सकिएको छ। २२ किलोमिटर दुईतर्फी कालोपत्रे भइसकेको उनले बताए। ‘दाउन्नेमा तीन लेनको सडक विस्तार हुँदैछ। त्यसमा दोहोरो गाडी चलाउन मुस्किल छ,’ उनले भने, ‘चार लेनको भए भित्ता बढी काटेर कल्भर्ट बनाउन सजिलो हुन्थ्यो।’

    अहिले दाउन्ने क्षेत्र गाडी गुडाउन निकै नाजुक छ। मर्मतका लागि बजेट विनियोजन भए पनि पानी परेका कारण काम गर्न नसकिएको उनले बताए। ‘पानी हाल्न र खाल्डामा माटो हाल्नका लागि हामीले बजेट विनियोजनसमेत गरेका छौं,’ उनले भने, ‘पानी आएर जाम हुँदा काम गर्न सकेनौं।’

    फेरि म्याद थप्ने तयारी

    तेस्रो पटकका लागि थपिएको समयपभित्र काम नसकिने भन्दै निर्माण कम्पनीले सरकारसँग फेरि समय थप्न अनुरोध गरेको छ। चाइना स्टेट कन्स्ट्रक्सनका मिडिया संयोजक राकेश झाले सरकारसँग अझै डेढ वर्ष म्याद थप्न अनुरोध गर्ने तयारी भएको जानकारी दिए। ‘पछिल्लो पटक थपेको म्यादभित्र भएको कामको प्रगतिले हामी सन्तोषजनक अवस्थामा छौं,’ उनले भने, ‘पहिल्यै हामीले दुई वर्ष म्याद थप्न भनेका थियौं। अब हामीले १७ महिनाभित्र सक्छौं। सोहीअनुसार सरकारलाई म्याद थप्न भन्न लागेका छौं ।’

    उनका अनुसार दुईतर्फी नै ६३ प्रतिशत भौतिक प्रगति भएको छ। सर्भिस ल्याण्ड निर्माण गर्न ३४ किलोमिटर बाँकी रहेको उनले बताए।

    यस्ता छन् ढिलो हुनुका कारण

    तीन वर्षभित्र सक्नेगरी २०७५ चैतमा ठेक्का पाए पनि निर्माण कम्पनीले सडक विस्तार ढिलो हुनुका कारण धेरै औंल्याएको छ। जसमा रुख कटान, विद्युत्का पोल, कोभिड १९ र निर्माण सामग्री उपलब्ध नहुँदा विस्तारको काम ढिला भएको बताएको छ। ‘डिपिआरमा ९ हजार रुख काट्ने भनिएको थियो। पछि फिल्डमा जाँदा ३६ हजार रुख काट्नुपर्‍यो’, भुसालले भने ‘वन मन्त्रालयबाट अनुमति लिन नै डेढ वर्ष लाग्यो।’

    वन क्षेत्रमा २० मिटर र सहरी क्षेत्रमा २५ मिटरमा रुख काट्ने सहमति भएको थियो। अर्को विद्युत् पोल सार्ने विषयमा विवाद हुँदा समस्या भएको उनले बताए। ‘विद्युत् पोल सार्ने काममा ६ महिनासम्म विवाद भयो,’ उनले भने, ‘प्रगति नगरदेखि भेडावारीसम्म ३३ केभी लाइन सार्न नै कठिन भयो।’

    विद्युत् र रुख कटानको काम सकेपछि कोरोना महामारीले काम रोकिएको उनले बताए। त्यसपछि सामुदायिक वनले माटो दिन नमान्दा पनि काम ढिला भएको उनले बताए। अन्तिम दुई वर्षदेखि निरन्तर काम भएको उनको दाबी छ। ११३ किलोमिटर सडक खण्डमध्ये भूगोल हेरी ६, ४ र ३ लेनको सडक निर्माण हुँदैछ । नागरिक दैनिकबाट साभार गरिएको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • दाउन्ने क्षेत्रको सडकमा ढलान

  • गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

  • बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न


  • Advertisement

    समाचार
  • १

    नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • २

    दाउन्ने क्षेत्रको सडकमा ढलान

  • ३

    गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

  • ४

    बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • ५

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • ६

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ७

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ८

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ९

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • १०

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution