• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १६, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

२

घटिया काम नभई दौलत हुदैन ?

३

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

४

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

५

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

६

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

७

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

८

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

९

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

१०

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

११

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१२

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८३ अषाढ १६, मंगलबार (७ मिनेट अघि)
    images

    Advertisement

    मध्यविन्दु (नवलरासी), असार १६ –
    नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ स्कुलमा कक्षा ३ की सिम्रन पाठक व्यवहारमा आफ्नो उमेरभन्दा परिपक्व देखिन्छिन् । नम्र भएर बोल्छिन्, ठूलाबडालाई सम्मान गर्छिन् र घरका काममा पनि सघाउँछिन् ।
    केही वर्षअघिसम्म उनको बानी फरक थियो । मोबाइलमा धेरै समय बिताउने, सानासाना कुरामा रिसाउने, अभिभावकसँग जिद्दी गर्ने र पढाइमा खासै रुचि नदेखाउने सिम्रनमा अहिले उल्लेखनीय परिवर्तन आएको छ । “पहिले घरमा झगडा गर्ने, काममा नसघाउने र धेरै जिद्दी गर्ने गर्थें”, सिम्रन भन्नुहुन्छ, “अहिले परिवार, साथी, पढाइ र समयको महत्व बुझेकी छु । यो सबै मैले ‘हाम्रो खुसी’ कक्षाबाट सिकेकी हुँ ।” सिम्रनको परिवर्तन व्यक्तिगत कथा मात्र होइन । यो गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत मध्यविन्दु नगरपालिकाले सञ्चालन गरेको ‘हाम्रो खुसी’ पाठ्यक्रमको प्रभावको एउटा झलक हो ।
    शिक्षा केवल परीक्षा होइन, जीवन पनि
    गण्डकी प्रदेश सरकारको रु ७५ लाख र मध्यविन्दु नगरपालिकाको रु ४१ लाख साझेदारी लगानीमा सुरु भएको ‘हाम्रो खुसी’ कार्यक्रम अहिले नगरभित्रका ६६ वटा सामुदायिक तथा संस्थागत विद्यालयमा सञ्चालन भइरहेको छ । कक्षा १ देखि ८ सम्म लागू गरिएको यस पाठ्यक्रमले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञान मात्र होइन, जीवन उपयोगी सीप, नैतिकता, भावनात्मक सन्तुलन, सामाजिक उत्तरदायित्व र सकारात्मक सोच सिकाउने प्रयास गरिरहेको छ ।
    नवजागरण नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि देवकोटाका अनुसार कार्यक्रमले विद्यार्थीको व्यवहारमा उल्लेखनीय परिवर्तन ल्याउन थालेको छ । “पहिले विद्यार्थीको सिकाइ कक्षाकोठाभित्र सीमित थियो,” उहाँले भन्नुभयो, “अहिले उनीहरू परिवार, समुदाय र सामाजिक उत्तरदायित्वसँग जोडिन थालेका छन् ।” मध्यविन्दु–७ की अभिभावक लक्ष्मी न्यौपाने पनि परिवर्तन प्रत्यक्ष देखिरहेको बताउँनुहुन्छ । “पहिले छोरो विद्यालयबाट आएपछि मोबाइलमै झुण्डिन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले घरका काममा सघाउँछ, सम्मान गर्न सिकेको छ र जिम्मेवार बनेको छ ।”
    नगर प्रमुख भीमलाल अधिकारीका अनुसार यस वर्ष एक हजारभन्दा बढी अभिभावकलाई समेत ‘हाम्रो खुसी’ सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । “हामीले विद्यालय मात्र होइन, समुदायमा पनि सकारात्मक सोचको वातावरण निर्माण गर्न खोजेका छौँ”, उहाँले भन्नुभयो । अहिले मध्यविन्दु नगरपालिका यस पाठ्यक्रमको अन्य स्थानीय तहका लागि सिकाइ केन्द्र बन्न थालेको छ । यही पाठ्यक्रम स्याङ्जा जिल्लास्थित कालीगण्डकी गाउँपालिकाले यसै शैक्षिक सत्रदेखि सञ्चालन गरेको छ ।
    फोहरबाट मल, मलबाट आम्दानी
    मध्यविन्दु नगरपालिकाको अर्को नवप्रवर्तन कार्यक्रम हो । सरसफाइ प्रवद्र्धन तथा जैविक मल उत्पादन केन्द्र । नगरपालिकाले घरघरबाट निस्कने जैविक फोहरलाई वैज्ञानिक रूपमा व्यवस्थापन गर्दै त्यसलाई जैविक मलमा रूपान्तरण गर्ने कार्य सुरु गरेको छ । केन्द्रमा सङ्कलित फोहर प्रशोधन गरी मल उत्पादन गरिन्छ र स्थानीय कृषकले प्रयोग गर्ने गरेका छन् । प्रदेश सरकारको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा सञ्चालन गरिएको यस परियोजनाको कूल लागत रु दुई करोड १३ लाख ८० हजार छ ।
    मध्यविन्दु नगरपालिकाले सरसफाइ प्रवद्र्धन तथा जैविक मल उत्पादन कार्यक्रम तीन वर्षदेखि निरन्तर रूपमा प्रभावकारी ढङ्गले सञ्चालन गर्दै आएको छ । नगर सरसफाइ अभियानमा अहिलेसम्म १४ हजार ८१६ घरपरिवार आबद्ध भएका छन् । यसले समुदायस्तरमा फोहर व्यवस्थापनलाई संस्थागत, सहभागितामूलक र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पु¥याएको छ । तीन वर्षको अवधिमा कार्यक्रम सञ्चालनका लागि रु छ करोड ५६ लाख खर्च भएको मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले बताउनुभयो । यही अवधिमा यस केन्द्रबाट रु तीन करोड पाँच लाख आम्दानी भएको छ ।
    यस कार्यक्रमले वार्षिक सञ्चालन खर्च कटाएर आम्दानी दिन थालेको नगर प्रमुख भीमलाल अधिकारीले बताउनुभयो । उहाँका अनुसार कार्यक्रमले एकैपटक दुई समस्या समाधान गरेको छ । “फोहर व्यवस्थापन सहज भएको छ”, उहाँले भन्नुभयो, “साथै उत्पादन भएको मल बिक्रीबाट आम्दानीको स्रोत समेत सिर्जना भएको छ ।” नेपालका अधिकांश स्थानीय तह फोहर व्यवस्थापनको चुनौतीसँग जुधिरहेका बेला मध्यविन्दुको यो अभ्यास वातावरणीय तथा आर्थिक दृष्टिले उदाहरणीय मानिएको छ ।
    उखु र बेसारबाट आर्थिक समृद्धिको खोजी
    विनयी त्रिवेणी गाउँपालिकाले भने आफ्नो नवप्रवर्तन कार्यक्रमलाई कृषि उत्पादनसँग जोडेको छ । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको ‘नगदे बाली खेती प्रविधि अनुकूलन तथा व्यवसायीकरण कार्यक्रम’मार्फत गाउँपालिकाले उखु र बेसारखेतीलाई प्राथमिकता दिएको छ ।
    गाउँपालिका अध्यक्ष घनश्याम गिरीका अनुसार कृषि उत्पादन वृद्धि र किसानको आयआर्जन बढाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो । “हामी कृषिलाई स्थानीय अर्थतन्त्रको मेरुदण्ड बनाउन चाहन्छौँ”, अध्यक्ष गिरीले भन्नुभयो, “उत्पादन बढे किसानको आम्दानी बढ्छ र त्यसको प्रत्यक्ष प्रभाव स्थानीय अर्थतन्त्रमा देखिन्छ ।” कार्यक्रमअन्तर्गत किसानलाई उन्नत बीउ, प्राविधिक सहयोग, कृषि सामग्री र यान्त्रिक उपकरण उपलब्ध गराइएको छ । कृषि प्राविधिक मनोज चापागाईंका अनुसार करिब रु एक करोड ५० लाख लगानीमा कार्यक्रम सञ्चालन गरिएको छ ।
    उखुखेती हुने क्षेत्रमा डिप बोरिङमार्फत सिँचाइ सुविधा विस्तार गरिएको छ भने आठ वटा कृषक समूहलाई ३० टन बेसारको बीउ वितरण गरिएको छ । कृषि क्षेत्रमा गरिएको यो लगानीले किसानलाई परम्परागत खेतीबाट व्यावसायिक उत्पादनतर्फ उन्मुख गराउन सहयोग पु¥याएको स्थानीय कृषकहरू बताउँछन् ।
    प्रविधिमैत्री सिकाइतर्फ नयाँ पुस्ताको तयारी
    विनयी त्रिवेणी गाउँपालिकाकै अर्को कार्यक्रम हो—प्रविधिमैत्री सिकाइ परियोजना । ग्रामीण विद्यालयमा डिजिटल शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले गाउँपालिकाले विद्यालयहरूमा कम्प्युटर, डिजिटल सामग्री तथा प्रविधिमैत्री शिक्षण वातावरण निर्माण गरेको छ । गण्डकी प्रदेश सरकारको लागत साझेदारीमा सञ्चालित यो कार्यक्रमले शिक्षकलाई प्रविधिमैत्री सीप पनि सिकाउने लक्ष्य राखेको छ । प्रदेश सरकारको तथ्याङ्कअनुसार आव २०८२/८३ मा सञ्चालन भइरहेको यस परियोजनाको लागत प्रदेश सरकारको रु एक करोड ५० लाख र गाउँपालिकाको रु ६५ लाख गरी रु दुई करोड १५ लाख रहेको छ ।
    गाउँपालिकाका शिक्षा शाखा प्रमुख भूपराज पाण्डेका अनुसार डिजिटल सामग्री प्रयोग गर्दा विद्यार्थीको सिकाइमा रुचि बढेको छ । “चित्र, भिडियो र अन्तरक्रियात्मक सामग्रीले कठिन विषय पनि सहज रूपमा बुझ्न सहयोग गरेको छ,” उहाँले भन्नुभयो । स्थानीय शिक्षक रामु थापाका अनुसार यो कार्यक्रमले ग्रामीण विद्यार्थीलाई डिजिटल युगसँग जोड्ने महत्वपूर्ण आधार तयार गरेको छ ।
    विद्यालयमा रोबोटदेखि वायोग्याससम्म
    कावासोती नगरपालिकाले नवप्रवर्तनलाई विद्यालय शिक्षासँग जोडेको छ । ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रमअन्तर्गत नगरभित्रका २३ विद्यालयमा विभिन्न उत्पादनमुखी तथा अनुसन्धानमूलक परियोजना सञ्चालन गरिएका छन् । कावासोती–१७ स्थित त्रिभुवन बाल माध्यमिक विद्यालयका विद्यार्थीले ‘राधा’ नामको रोबोट निर्माण गरेका छन् । विद्यालय पुग्ने पाहुनालाई उक्त रोबोटले स्वागत गर्छ ।
    त्यस्तै अन्य विद्यालयहरूले बायोग्यास उत्पादन, सोलार ड्रायर, स्मार्ट सिँचाइ प्रणाली, गड्यौला मल उत्पादन, बेसार प्रशोधन, जैविक खेती तथा नर्सरी सञ्चालनजस्ता परियोजना अघि बढाएका छन् । शिक्षा शाखा अधिकृत राजन पाण्डेका अनुसार कार्यक्रमले विद्यार्थीमा अनुसन्धान, नेतृत्व, समस्या समाधान र उद्यमशीलताको भावना विकास गर्न मद्दत गरिरहेको छ ।
    गण्डकी प्रदेश मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रमले विद्यालय शिक्षालाई कक्षाकोठाबाट उत्पादन र प्रयोगसँग जोड्ने प्रयास गरेको छ । परियोजनाले विद्यालयलाई पढाइ हुने ठाउँ मात्र नभई सिकाइ, अनुसन्धान र उत्पादनको केन्द्र बनाउने प्रयास गरेको देखिन्छ ।
    पशुपालकका लागि राहत बनेको साइलेज उद्योग
    देवचुली नगरपालिकाले पशुपालक कृषकलाई लक्षित गर्दै साइलेज उत्पादन उद्योग सञ्चालन गरेको छ । आव २०७९/८० मा सुरु गरिएको उक्त परियोजनाको कुल लागत रु दुई करोड १४ लाख छ । प्रदेश सरकारको तथ्याङ्कअनुसार परियोजनाले ९९।९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।
    वर्षभरि हरियो घाँस उपलब्ध नहुने समस्याको समाधानका लागि घाँसलाई वैज्ञानिक तरिकाले प्रशोधन गरी भण्डारण गर्ने व्यवस्था मिलाइएको हो । स्थानीय कृषक राजु चापागाईंका अनुसार उद्योग सञ्चालनपछि हिउँद तथा खडेरीका समयमा पशुलाई आहार व्यवस्थापन गर्न सहज भएको छ । “यसले दूध उत्पादनमा पनि सकारात्मक प्रभाव पारेको छ,” उहाँले भन्नुभयो ।
    अहिले साइलेज उत्पादन उद्योगलाई नगरपालिका र कृषक समूहबीच सहकार्य गरी सञ्चालन गरिएको छ । यसबाट उत्पादन भएको साइलेज बिक्रीबाट नगरपालिकालाई आम्दानीको स्रोत पनि बन्न थालेको देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले बताउनु भयो । मकै र नेपियर घाँसबाट उत्पादन भएको साइलेजको प्रयोगका कारण कृषकको उत्पादन लागत घटेको छ भने नगरपालिकालाई समेत वार्षिक रु सात लाख ५० हजार आम्दानी हुन थालेको छ ।
    नगरपालिकाले पशु आहारामा कृषकको लागत घटाउन र हरियो घाँसको उपलब्धता बढाउन कृषकहरूलाई ५० प्रतिशत अनुदानमा साइलेज बनाउने कृषकहरूलाई प्रोत्साहनस्वरूप प्रतिकेजी दुई रुपैयाँका दरले उत्पादनमा आधारित अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।
    दिगो विपद् व्यवस्थापन, जीविकोपार्जन तथा खाद्य सुरक्षा
    हुप्सेकोट गाउँपालिकाले गण्डकी प्रदेशको नवप्रवर्तन साझेदारी कोषमार्फत दिगो विपद् व्यवस्थापन, जीविकोपार्जन तथा खाद्य सुरक्षा कार्यक्रम कार्यान्वयन गरेको छ । हुप्सेकोट गाउँपालिकामा आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन भएको दिगो विपद् व्यवस्थापन, जीविकोपार्जन तथा खाद्य सुरक्षा कार्यक्रमको कूल लागत रु दुई करोड १६ लाख रुपैयाँ थियो ।
    यस कार्यक्रममार्फत नमूना बस्ती निर्माण, कृषि तथा पशुपालनसम्बन्धी स्थानीय स्रोत व्यक्तिलाई तालिम, कृषि पशुपन्छी तथा सीप उद्यमशीलता विकास कार्यक्रम, आइसिटि मैत्री विद्यालय निर्माण कार्य गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । यस कार्यक्रमले गाउँपालिकाका ११ सय ५० घरपरिवार प्रत्यक्ष लाभान्वित भएको देखिन्छ । अहिले हुप्सेकोट गाउँपालिका कृषि र पशुपालनका क्षेत्रमा जिल्लामा नै अग्रणी क्षेत्रका रूपमा परिचित हुन सफल भएको छ ।
    प्रदेशको सोच, स्थानीय तहको अभ्यास
    गण्डकी प्रदेश सरकारले पछिल्ला वर्षहरूमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, सेवा सुधार र स्थानीय आर्थिक विकासलाई प्राथमिकतामा राख्दै आएको छ । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम यही सोचको एउटा महत्वपूर्ण हिस्सा बनेको छ । प्रदेश सरकारले स्थानीय तहलाई केवल बजेट उपलब्ध गराउने होइन, स्थानीय समस्या पहिचान गरी समाधान खोज्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिरहेको गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत उपसचिव पार्वती लामिछानेले बताउनुभयो ।
    “प्रदेश सरकारले स्थानीय तहले सञ्चालन गर्न चाहेको नवीन कार्यलाई सुरुआती प्रोत्साहन र सहकार्य गर्ने हो त्यसपछि को सञ्चालन, व्यवस्थापन र निगरानी गर्ने जिम्मेवारी स्वयं पालिककै हुन्छ,” उहाँले भन्नुभयो ।
    गण्डकी प्रदेशको तथ्याङ्कअनुसार आव २०७८/७९ देखि आवसम्म गण्डकी प्रदेशमा ५६ वटा नवप्रवर्तनका कार्यक्रमहरू कार्यान्वयन भएका छन् । आव २०८३/८४ मा अहिलेसम्म नवप्रवर्तन कार्यक्रममा समावेश नभएका स्थानीय तहलाई मात्र सहभागी गराएर नवप्रवर्तन कार्यक्रम सञ्चालन गर्ने योजना गण्डकी प्रदेश सरकारले बनाएको छ । प्रदेशमा अहिलेसम्म सञ्चालित नवप्रवर्तन कार्यक्रमहरू सफल भएकाले स्थानीय तहसँगै प्रदेशलाई उत्पादन, रोजगारी र आर्थिक समृद्धिमा जोड्न सहयोग पुगेको उपसचिव लामिछानेले बताउनुभयो ।
    आव २०८३/८४ को नीति तथा कार्यक्रममा पनि नवप्रवर्तन, प्रविधिमैत्री शिक्षा, कृषि आधुनिकीकरण, उद्यमशीलता र स्थानीय आर्थिक विकासलाई प्राथमिकतामा राखिएको छ । प्रदेश सरकारले स्थानीय तहलाई केवल बजेट उपलब्ध गराउने होइन, स्थानीय समस्या पहिचान गरी त्यसको समाधान खोज्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको जनाएको छ । मध्यविन्दुकी सिम्रन पाठकको बदलिएको व्यवहारदेखि कृषकको बढ्दो उत्पादनसम्मका तथ्याङ्कले नवलपुरमा मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमले सकारात्मक प्रभाव पार्न थालेको सङ्केत गरेका छन् । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

  • गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

  • चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द


  • Advertisement

    समाचार
  • १

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • २

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • ३

    ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

  • ४

    गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

  • ५

    चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

  • ६

    घटिया काम नभई दौलत हुदैन ?

  • ७

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • ८

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ९

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • १०

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution