• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सुर्खेतमा ३९ सवारी दुर्घटना २४ जनाले मृत्यु /१ करोड २७ लाख राजस्व संकलन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख २६, बिहिबार (७ साल अघि)
    59764793_451688755601708_304419215991898112_n

    Advertisement

    लक्ष्यबहादुर सुनार
    सुर्खेत । सुर्खेत जिल्लामा चालु आर्थिक बर्षको सुरुदेखि हालसम्म ३९ सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । दुर्घटनामा परी १ सय ३९ जना घाईते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । १८ महिला र ६ पुरुष गरी २४ जनाले मृत्यु भएको छ । यो अवधिमा ९५ पुरुष र ४४ महिला गरी १ सय ३९ जना घाईते भएको प्रहरीले जनाएको छ ।
    जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत र युएनडिपीद्धारा बुधवार वीरेन्द्रनगरमा आयोजित सडक सुरक्षा अभियान कार्यक्रममा ट्राफिक प्रहरीले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक हरिबहादुर विसीले प्रदेश राजधानी भएसंगै सुर्खेतमा सवारी चाप बढेको र दुर्घटनाको दर पनि बढेको बताए । उनका अनुसार क्षमताभन्दा धेरै यात्रु राख्ने र चालकहरुले मादक पदार्थ सेवन गरेर सवारी चलाउदा दुर्घटना बढेको हो । अघिल्लो आर्थिक बर्षको तुलनामा यो आवमा दुर्घटनाको दर केही घटेको उनको भनाई छ ।
    अघिल्लो आर्थिक बर्षमा ४१ दुर्घटना भएका थिए । सो दुर्घटनामा २१ महिला र १४ पुरुष गरी ३५ जनाले ज्यान गुमाएका थिए । अघिल्लो बर्षको तथ्यांकलाई हेर्दा यो दर घटेको देखिन्छ । यद्यपि चालु आव सकिन अझै केहि समय बाँकी छ ।
    प्रहरी निरिक्षक विसीका अनुसार सुर्खेतका ९ वटा स्थानलाई अति दुर्घटना हुने स्थानको रुपमा पहिचान गरिएको छ । बढी दुर्घटना हुनेमा हर्रे, सत्तरी, ब्युरेनी, तिनकुनेचोक, खजुरा रहेका छन । यस्तै धरमशाला चोक, कुमाईचोक, चिंगाड, र हुड्के रहेका छन । ती स्थानहरुमा विशेष निगरानी गरिएको विसीको भनाई छ । सीमित स्रोत र साधनका विचमापनि दुर्घटना न्युनीकरण गर्न ट्राफिक प्रहरी सक्रिय रहेको उनले बताए । यो आवमा कार्यालयले सवारी दुर्घटना न्युनिकरण गर्न सुर्खेतका विभिन्न स्थानमा ४ सय ९१ वटा सचेतनामुलक कार्यक्रम गरिएको र जसबाट २६ हजार ६ सय १६ नागरिक लाभान्वित भएको विसीले जानकारी दिए ।
    १ करोड २७ लाख राजस्व संकलन
    जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले चालु आवको हालसम्म विभिन्न सवारी जरिवानाबाट १ करोड २७ लाख ४४ हजार रकम संकलन गरिएको जनाएको छ । प्रहरीको तथ्यांक अनुसार बैशाख २४ गतेसम्म २१ हजार ४ सय ९१ वटा सवारी कारबाहीमा परेका हुन । कारबाही गरिएका सवारीहरुबाट उठाएको राजस्व १ करोड २७ लाख ४४ हजार रहेको सुर्खेतका ट्राफिक प्रमुख हरिबहादुर विसीले जानकारी दिए ।
    उनका अनुसार ६ सय ४ जना अत्यधिक मापसे गरेर सवारी चलाएका फेला परेको बताउदै ती ६ सय ४ जना जुनसुकै बेला पनि दुर्घटनामा पर्ने प्रकृतिका भेटिएको र प्रहरीले तत्कालै कारबाही गरी जरिवाना संकलन गरेको उनको भनाई थियो । सवारी जरिवानाको रकम संकलनलाई हेर्ने हो भने अघिल्लो आवको भन्दा यो आवमा धेरै सवारी साधन रहेका छन । अघिल्लो आवमा १४ हजार ९ सय ९४ सवारी कारबाहीमा परेका थिए भने ती कारवाही गरिएकाबाट ८७ लाख ८९ हजार राजस्व संकलन भएको थियो ।
    वीरेन्द्रनगर हर्न निषेधित
    कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजार क्षेत्रभित्र अब कुनैपनि सवारी साधनले हर्न बजाउने नपाउने भएका छन ।
    जिल्ला टाफिक प्रहरी कार्यालय सुर्खेतको सडक सुरक्षा अभियान अन्र्तगत मंगलवारदेखि लागु हुनेगरी कुनैपनि सवारी साधनलाई हर्न निषेध गरेको छ । साथै मोटरसाईकलको पछाडि बस्ने व्यक्तिलेपनि अनिवार्य रुपमा हेलमेट लगाउनुपर्ने प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदी र सुर्खेतका प्रहरी प्रवक्ता एवम डिएसपी प्रदिपबहादुर क्षेत्री र केहि सवारी चालकहरुले हर्न निषेधको सांकेतिक वोर्ड देखाएर हर्न निषेध गरिएको घोषणा गरेका छन । कार्यक्रममा बोल्दै ट्राफिक प्रमुख हरिवहादुर विसीले अत्याधिक हर्नका कारण ध्वनी प्रदुषण भएको र जसका कारण विभिन्न रोगहरु लाग्ने खतरा बढेको तर्फ संकेत गर्दै हर्न निषेध गरिएको बताए ।
    उनले आफु अगाडिको सवारीलाई संकेत दिनेभए विस्तारै सवारी चलाउनुपर्ने भन्दै कोहि कसैले पनि हर्र्न बजाएको भेटाए कारबाही गरिने बताए । साथै उनले मोटरसाईकल दुर्घटनामा हुदाँ सुरक्षा हुने भन्दै पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने बताए । ६ महिनासम्म पछाडि बस्नेहरुलाई पनि हेलमेट लगाउन सचेतना गर्ने र ६ महिनासम्म पनि कार्यान्वयन नभए कारबाहीको शुरु गर्ने बताए । अबदेखि १ महिनासम्म सवारी चालकहरुले फ्लोरेन्स ज्याकेट अनिवार्य लगाउनुपर्ने ट्राफिक प्रहरीले सचेत गराएको छ ।
    सुर्खेतमा २० हजार ५१ सवारी संञ्चालनमा
    सुर्खेत जिल्लामा हाल २० हजार १ सय ५१ सवारी साधन सञ्चालनमा रहेको ट्राफिक प्रहरीले जनाएको छ । सुर्खेतमा कति सवारी छन भन्ने तथ्यांक राख्ने कुनै निकाय नभएपनि आफुहरुले मेहनत गरेर उक्त रेकर्ड राखेको उनले बताए । १ ट्राफिक प्रहरीको भागमा ४ सय १९ सवारी साधन भाग पर्ने उनले बताए सुर्खेतमा जम्मा ४ सय ७५ किलोमिटर कच्ची, पक्की र ग्राभेल सडक रहेको जानकारी दिदै १ टाफिक प्रहरीले २३ किलोमिटर सम्मको दुरी हेर्नु पर्ने समेत जानकारी गराए ।

    nepaldarsan.com साभार

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution