
काठमाडौं । आज नेपाली नारीहरुको महान पर्व हरितालिका अर्थात् तीज पर्व । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज आज भगवान शिवको पूजा आराधना गरी मनाइँदैछ। तीजका अवसरमा भगवान पशुपतिनाथ लगाएत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।
भाद्र शुक्ल तृतीयाका दिन ब्रत बसेर भगवान शिव, पार्वतीको पूजा, आराधना गरेमा सुख, शान्ति प्राप्ति हुने धार्मिक विश्वास रहँदै आएको छ । तीजको अवसर पारेर पशुपतिनाथ मन्दिरमा आज भक्तजनले आधा घण्टामै दर्शन गर्न पाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
सामान्यतया आधा घण्टामा भक्तजनले दर्शन गरिसक्ने गरी स्वयंसेवकलगायत सुरक्षाकर्मी र कर्मचारीलाई परिचालन गरिएको कोषले जनाएको हो।मन्दिर प्रवेशका लागि पहिलो लाम गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१