
काठमाडौं। कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाललाई डेंगुको संक्रमण देखिएको छ।उनको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका डाइरेक्टर चक्रराज पाण्डेले जानकारी दिएका छन्। निरन्तर रुपमा ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्नेलगायतका लक्षण देखा परेपछि मन्त्री खनाल अस्पताल भर्ना
भएर उपचार गरारहेका छन्।
अस्पताल स्रोतका अनुसार मन्त्री खनाललाई डेंगु ज्वरो देखिएको छ।मन्त्री खनाललाई अत्याधिक मात्रामा ज्वरो आएपछि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रगत परीक्षण गराउँदा डेंगु संक्रमण भएको पुष्टि भएको थियो।उनी थप उपचारका लागि बुधबार ग्रान्डी अस्पतालमा भर्ना भएका हुन्।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१