• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २७, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उ मर्यो रे ?

२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

३

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

४

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

५

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

६

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

७

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

८

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

९

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

१०

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

११

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

१२

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीका घरघरमा स्टिकर बोकेर सर्वेक्षक

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ पौष १५, मंगलबार (६ साल अघि)
    kawasoti-Balmaitri-1024x768

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती । कावासोती नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने अभियानलाई सफल बनाउन घरधुरी सर्वेक्षणलाई तीव्रता दिएको छ ।
    नगरभित्रका सबै घरघरमा पुगेर बालबालिकाको अवस्था कस्तो छ भन्ने बारेमा जानकारी लिने उद्देश्यले घरधुरी सर्वेक्षणको काम थालनी गरिएको हो । सबैभन्दा पहिले नगरपालिकाभित्र बालबालिकाको अवस्था कस्तो छ त रु भन्ने बारेमा तथ्याङ्क संकलन गरेपछि सोही आधारमा काम गर्न सहज हुने भएकाले घरधुरी सर्वेक्षणको काम थालनी गरिएको कावासोती नगरपालिकाका नगर शिक्षा अधिकृत क्षेत्रबहादुर भण्डारीले बताए । घरधुरी सर्वेक्षणका लागि अहिले नगरपालिकाका १७ वटै वडामा ३५ सर्वेक्षक र तीन बालमैत्री स्वयम्सेवक गरी ३८ जना खटिएका छन् । घरधुरी सर्वेक्षणमा सहजता प्रदान होस्् भन्ने उद्देश्यले प्रत्येक वडाले टोलटोलको नक्सा तयार पारेर सर्वेक्षकलाई सहजीकरण गर्ने कामसमेत गरेका छन् । सर्वेक्षणमा खटिएका सर्वेक्षकले घरघरमा पुगेर ‘बालमैत्री स्थानीय शासन घरधुरी सर्वेक्षण–२०७६ ’ लेखिएको घरधुरी संख्या उल्लेख भएको स्टिकर टाँस्ने र फारम भर्ने काम गरिरहेको नगर शिक्षा अधिकृत भण्डारीले जानकारी दिए । बालबालिकाको अवस्थाका बरेमा जानकारी हासिल गर्न आवश्यक पर्ने तथ्याङ्क संकलन गर्न पूरा गर्नुपर्ने ३९ वटा राष्ट्रिय सूचक र कावासोती नगरपालिकाले थप गरेको ६ वटा सूचक गरी ४५ वटा सूचकका आधारमा तयार पारिएको प्रश्न र अन्य थप प्रश्नहरुसहितको मोवाइल एप्स निर्माण गरेर सोही एप्स मार्फत् नै सर्वेक्षकले अहिले मोबाइल मार्फत् नै तथ्याङ्क संकलन गर्ने काम गरिरहेको भण्डारीले बताए ।

    नगरपालिकाको प्रत्येक वडाबाट जनघनत्वको आधारमा परीक्षा नै लिएर सर्वेक्षक छनौट गरिएको थियो । उनीहरुलाई तालिम दिएर सर्वेक्षणमा खटाइएको बालमैत्री फोकल पर्सन बिना प्युठानीले जानकारी दिइन् । प्रविधिको प्रयोग गरेर छिटो छरितो रुपमा काम सम्पन्न गर्न एप्समार्फत् तथ्याङ्क संकलनको काम थालनी गरिएको प्युठानीको भनाइ छ । कुनै पनि विकास निर्माणका काम गर्नुभन्दा पहिले प्रारम्भिक तथ्याङ्क अत्यावश्यकीय हुने र तथ्याङ्क बिना विकास सम्भव नहुने भएकाले नगरपालिकाले घरधुरी सर्वेक्षणको काम थालनी गरेको प्युठानीले बताइन् । प्युठानीका अनुसार बालमैत्री स्थानीय शासन लागू गर्न स्टिकर टाँस्ने कामले नगरपालिकामा कति घर संख्या छन् भन्ने एकीन तथ्याङ्क आउने वातावरण समेत बनाएको छ । नगरपालिकामा अहिलेसम्म घरधुरी नम्बर दिइएको थिएन । अहिले टाँस गरिएको स्टिकरमा उल्लेख गरिएको घरधुरी नम्बर नै नगरपालिकामा रहेका घरहरुको स्थायी नम्बर हुने प्युठानीको भनाइ छ । घरधुरी सर्वेक्षणको काम माघ महिनाभित्र सक्ने र त्यसपछि विद्यालयमा समेत सर्वेक्षण गरिने प्युठानीले बताइन् ।

    २०७७ सालभित्र कावासोती नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने लक्ष्य अनुसार अहिले कामलाई तीव्रता दिइएको प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीेले बताए । घरधुरी सर्वेक्षणको काम सकिएपछि नगरभित्रका बालबालिकाको स्थितिपत्र तयार गरेर सोही अनुसार काम गरिने ज्ञवालीको भनाइ छ । बालमैत्री घोषणा गर्न पूरा गर्नुपर्ने सूचकहरुमा कुन – कुन सूचक कति पूरा भएको रहेछ त रु कुन सूचकलाई पूरा गर्न बढी प्रयास गर्नुपर्छ भन्ने यकीन तथ्याङ्क सर्वेक्षणबाट आएपछि सोही आधारमा काम गरिने ज्ञवालीले बताए । नगरपालिकामा बालमैत्रीका लागी चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको ज्ञवालीले जानकारी दिए । ‘यो बजेट प्रर्याप्त त होइन तर हामीले सर्वेक्षणपछि आवश्यकता हेरेर बजेट व्यवस्थापन गर्छौ । सर्वेक्षणपछि नै निर्धारित समयमा बालमैत्री घोषणा गर्न सकिन्छ वा सकिन्न भन्ने कुरा थाहा हुनेछ । तर, हामी २०७७ भित्रै बालमैत्री नगरपालिका घोषणा गर्न लागी परेका छौ । ’ ज्ञवालीले भने ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • उ मर्यो रे ?

  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग


  • Advertisement

    समाचार
  • १

    उ मर्यो रे ?

  • २

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ३

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ४

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ५

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ६

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ७

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ८

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ९

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • १०

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution