• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ६, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    उजुरी पेटिकामा उजुरी छैन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष ३, मंगलबार (७ साल अघि)
    47687035_1088820101279085_6916212946582372352_n

    Advertisement

    दयाराम आचार्य
    कावासोती । नवलपरासी पूर्वको कावासोतीमा रहेको नेपाल टेलिकम शाखाले आफ्नो परिसरमा भएको उजुरी पेटीका हटाएको छ । उजुरी पेटीकामा उजुरीनै नपर्ने कारणले उजुरी पेटीकानै हटाएको कार्यालयले जनाएको छ । नवलपरासी पूर्व नवलपुरको कावसोतीमा केही समय पहिला खुलेका सरकारी कार्यालयहरु कतिपयले उजुरी पेटीकानै राखेका छैनन् ।
    जिल्ला समन्वय समितिको कार्यालय, यातायात व्यवस्था कार्यालय , लगाएतका कार्यालमा उजुरी पेटीकानै छैनन् । कतीपय कार्यालयका उजुरी पेटीका माकुराको जालोले घेरीएका छन् । कहीं खिया लागेर उजुरी पेटीकानै थोत्रा भएकाछन् । सेवाग्राहीका सल्लाह, सुझाव र गुनासो सुन्नका लागि सुशासन ब्यवस्थापन ऐन २०६४ अनुसार हरेक सरकारी कार्यालयमा उजुरी पेटीका राख्नुपर्ने प्रावधान रहेको छ । तर उजुरी पेटीकामा उजुरी पर्न छाडेपछी केही कार्यालयले उजुरी पेटीका नराखेको जनाएका छन् । नेपाल टेलीकम कावासोती शाखाका तीन बर्ष पहिले उजुरी पेटीका राखिएको थियो । अहिले केही समय अघि उजुरी पेटीका निकालीएको छ । लिखीत रुपमा उजुरी नपरे पछी कार्यालयले उजुरी पेटीका हटाएको कार्यालयका कर्मचारी मुकुल आचार्य जानकारी दिए । ‘तीन वर्ष सम्ममा एउटा पनि लिखित उजुरी परेन ,त्यसैले हामिले उजुरी पेटीका हटाईदियौं ’ आचार्यले भने– अनलाईन प्रणालीबाट गुनासो गर्न सक्ने भएकाले समेत उजुरी पेटीका प्रयोग बिहिन भयो ।
    प्रविधिको बिकास संगै लिखित भन्दा अन्य माध्यमबाट समेत सहज रुपमा कार्यालयका गुनासोहरु दाखिला गर्न सक्ने भएपछी उजुरी पेटीकामा लिखित उजुरी पर्न छाडेको आचार्यले बताए । ‘केही गुनासो भए मौखीक रुपमानै भन्छन्,नभए फोन गरेर भन्ने गर्छन’ विद्युत प्राधिकरण कावासोती शाखाका ईन्जिनिएर रुद्र राज बिष्ट भन्नुभयो– उजुरी पेटीकामा लिखित उजुरी पर्न छाडेकाछन् । उजुरी पेटीकामा लिखित उजुरी आउन छाडेपछी कार्यालयले उजुरी पेटीका खोल्ननै छाडेको छ । तीन,चार महिनामा कहिले काही उजुरी पेटीका खोल्ने गरेको ईन्जिनिएर बिष्टले बताए । ‘उजुरी पेटीकामा उजुरीनै हुदैन ,त्यसैले तीन ,चार महिनामा मात्र खोल्छौं ’ उनले भने । कावासोती नगरपालिका परिसरमा राखिएको उजुरी पेटीकामा बाहिरबाटै चार,पा“च ओटा लिखित उजुरी परेको देखिन्छ । केही बर्ष पहिलो उजुरी पेटीकामा उजुरी धेरैनै पर्ने गरेका थिए । अघिल्लो बर्ष एक वर्षमा एउटामात्र उजुरी परेको र अहिले केही उजुरी पेटीकामा देखीएको कावासोती नगरपालिका सूचना अधिकृत पवन रुपाखेतीले बताए । स्थानिय तहमा जनप्रतिनिधि आए संगै उजुरी कम पर्ने गरेको उनले बताए । जनप्रतिनिधि आए संगै नागरिकले सजिलै आफ्ना गुनासोहरु उनिहरुलाई भन्न सक्ने कारणले समेत स्थानिय तहमा उजुरी कम पर्ने गरेकाछन् ।
    ‘आफैले चुनेका जनप्रतिनिधि आफ्नै टोल ,टोलमा छन्,कार्यालयका केही गुनासो भए सहजै आफ्ना प्रतिनिधिलाई भन्न सक्छन्’ सूचना अधिकृत रुपाखेतीले भने – यसले गर्दा स्थानिय तहका उजुरी पेटीकामा कम मात्रमा उजुरी पर्ने गरेकाछन् । उजुरी पेटीकामा राखिएका उजुरीको समयमा खोलेर सुनुवाई र कार्यान्वयन चरणमा जान्छ भन्नेमा शंका भएकाले गर्दा उजुरी पेटीकाको प्रभावकारती कम भएको कावासोती नगरपालिका तीनका स्थानीयबासी ज्ञानेन्द्र थापाले बताए । शुसासन कायम गर्नका लागि कुनै अनियमितता भए गोप्य रुपमा लिखित उजुरी गर्न सकिने भएपनी समयमा सुनुवाई हुन्छ भन्ने विश्वास नागरिक तहमा नभएकाले लिखित रुपमा उजुरी गर्न छाडेको उनले बताए । उजुरी पेटीकामा लिखित उजुरी गरे पनि ,कहिले खोलिन्छ र कार्यान्वय कसरी हुन्छ भन्ने स्पस्ट नागरिक वडापत्रमानै लेखे ,यसको प्रभावकारीता बढने र सुशासन कायममा सहयोग पुग्ने थापाले बताए । अहिले कुनै गुनासो भए सहजै कार्यालय प्रमुख समक्ष भन्न सक्ने,फोन गर्न सक्ने, सामाजिक संजाल,कार्यालयले संचालन गरेका ‘वेभ साईट’मार्फत समेत गुनासो तथा अन्य सुझाव राख्न सकिने भएकाले उजुरी पेटीकामा लिखित उजुरी गर्ने क्रम घटेको थापाले बताए । तर कुनै गोप्य रुपमा गर्नु पर्ने उजुरी भए ,उजुरी पेटीका सुशासन कायमका लागि सहज माध्यम हुने भएकाले उजुरी पेटीकालाई प्रभावकारी बनाउन तर्फ लाग्नु पर्छ भन्नुहुन्छ स्थानीयबासी थापा ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution