• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ भाद्र ३०, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीको बसपार्क अब कता ? बसपार्क बनाउने ठाउंमा रंगशालाको शिलान्यास

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर ५, बुधबार (६ साल अघि)
    46496143_116557702629623_7135203626674290688_n

    Advertisement

    भबिश्वर पाण्डे
    कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को सदरमुकामको कावासोतीमा बसपार्क निर्माणको लागि डिपीयार तयार भएको स्थानमा रंगशालको शिलान्यास भएको छ । बसपार्क निर्माणको लागि डिपीयार तयार भएर निर्माण ठेक्का समेत लागेको सो स्थानमा शनिबार डणावर देवी सांस्कृति रंगशाला निर्माणको लागि शिलान्यास गरिएको छ । रंगशाला शिलान्यास राष्टिूय युवा परिषद् नेपालका कार्यकारी अध्यक्ष माधव ढुंगेलले गरेका हुन् । रंगशाला निर्माणको लागि शिलान्यास भएपछि बसपार्क निर्माणमा अन्यौलता छाएको छ ।
    कावासोती नगरपालिकाले आर्थिक बर्ष २०७५÷०७६ मा तत्कालको लागि शौचालय, ४ वटा पसल, खोला तटबन्धन र बाटोको टूयाक निर्माण गर्न देबचुली निर्माण सेवालाई ठेक्का दिई सकेको छ । नगरपालिकाले हाल सम्म डिपीयार निर्माणमा बिज्ञापन सहित ३ लाख ५० हजार खर्च गरिसकेको छ ।
    नगरपालिकाले डिपीयार तयार गरेर निर्माण ठेक्का समेत लगाएको स्थानमा रंगशाला निर्माण शुरु भएपछि अब नगरपालिकाको बसपार्क कता बन्ने भन्ने अन्यौलता देखिएको छ । २०७३ साल पुषमा बसेको नगरपालीकाको चौथो नगर परिषद देखी बसपार्कको चर्चा शुरु भएको थियो । तर, नगरपालिकाले हाल सम्म बिबाद कै कारण बसपार्क निर्माणको ठोस काम अगाडी बढाउन सकेको थिएन् । शुरुमा कावासोती ३ को पुर्बपश्चिम रार्जमागमा रहेको डण्डा जोडने पुलको उत्तर तर्फ पर्ने गरी बसपार्क बनाउन तयारी गर्दा उक्त्त क्षेत्रमा बिबाद आएपछि बसपार्क कावासोती १४ मा बनाउने निणर्य भएको थियो । राष्ट्रिय युवा परिषद् नेपालका कार्यकारी अध्यक्ष माधव ढुंगेलले रंगशाला निर्माणको शिलान्यास गर्दा नगरपालिकाले थाह पाएन वा थाह भएरपनि त्यसलाई रोकेन भन्ने बिषय अझ चर्चा बनेको छ । कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले रंगशाला निर्माणको बिषय समाचारमा सुनेपछि थाह भएको बताए । कावासोती नगरपालिकाले ४२ रोपनी क्षेत्रफलमा पाच वर्षको अवधिमा १३ करोड ७३ लाख ६३ हजारमा अत्याधुनिक बसपार्क बनाउन योजनाका साथ पहिलो वर्ष ठेक्का लगाएको थियो । तर, रंगशाला निर्माणको लागि शिलान्यास भएपछि भने नगरपालिकाको योजना अलपत्र पर्ने देखिएको छ । २ बिगाह १८ कठ्ठा क्षेत्रफलमा स्थानीय स्रोतसाधन र एनआरएनको सहयोगमा करिब १ करोड ५७ लाखको लागतमा रंगशाला निर्माण गर्ने लक्ष्यका रंगशाला शिलान्यास गरिएको रंगशाला निर्माण समितिका सदस्य ईन्द्रबहादुर महतोले जानकारी दिए । दुई हजार ५ सय दर्शक क्षमताको प्याराफिटसहितको रंगशालामा तत्कालै प्रवेशद्वार निर्माणको काम सुरु गरिने महतोले बताए । जनकल्याण युवा क्लबका अध्यक्ष नारायण थनेतको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसी समेत सहभागिता रहेको थियो । नगरपालिकाले बसपार्क बनाउने भनेको स्थानमा रंगशाला शिलान्यास भएपछि बसपार्क निमार्ण हुने कता भन्ने अन्योलता भएको हो । यसो हुनुमा नगरपालीकाको दोष रहेको रंगशाला निमार्ण समितिका अध्यक्ष तिलक राम महतोको आरोप छ । स्थानिय संग रायबिना नै बसपार्क बनाउन खोज्दा यस्तो भएको उनले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution