• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ भाद्र १२, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

२

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

३

कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

४

नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

५

विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

६

गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

७

लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

८

मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

९

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

१०

दाउन्ने क्षेत्रको सडकमा ढलान

११

गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

१२

बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चार वर्षमा ६ राष्ट्रिय गौरवका आयोजना सक्ने, माघमा आफ्नै रेल : मन्त्री महासेठ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर २०, बिहिबार (६ साल अघि)
    47488903_1239719402860453_8217901578472914944_n_LuIsyuFXcd

    Advertisement

    काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी चार वर्षमा राष्ट्रिय गौरवका ६ आयोजना पूरा हुने बताएका छन्। राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा मन्त्री महासेठले आगामी चुनावसम्म मन्त्रालय अन्तर्गतका ६ राष्ट्रिय गौरवका आयोजन पूरा हुने बताएका हुन्। उनले मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग), हुलाकी लागेकमार्ग, उत्तर दक्षिण करिडोरहरू- कोसी, कर्णाली र कालिगण्डकी तथा रेलवे तथा मेट्रो विकास आयोजना आगामी चार वर्षमा निर्माण सम्पन्न हुने बताए।  मन्त्री महासेठले माघसम्म तराईमा आफ्नै रेल चलाउने तथा भारतबाट भाडामा लिएर चलाउने बताए। उनले नेपालमा चार वर्षमा पूर्वपश्चिम, काठमाडौं तराई, काठमाडौं पोखरालगायत क्षेत्रमा विद्युतीय रेल संचालन गर्ने दाबी गरे। रेल संचालनबारे भारत र चीनसँग सम्झौता गरिएको जानकारी दिँदै मन्त्री महासेठले विगतमा राजनीतिक अस्थिरता र कर्मचारी अभावका कारण काम गर्न नसकिएको बताए। उनले १० दिन पहिले मात्रै नयाँ कर्मचारी अस्थायी दरबन्दी स्वीकृत गरिएको बताए। यसले काममा तीव्रता आउने उनको दाबी थियो। त्यस्तै सबै आयोजनामा नयाँ प्रमुख आएको र उनीहरूसँग राम्रो छलफल गरेर काम अघि बढाउने उनले बताए।  मन्त्रीको दाबीमा सांसदहरूको आशंका सांसदहरूले भने मन्त्रीको दाबीमा आशंका जनाएका छन्। उनीहरूले वर्षौंदेखि सम्पन्न हुन नसकेका आयोजना ४ वर्षमा स्रोत अभावका कारण मन्त्रीले भनेका कुरा पूरा हुनेमा आशंका जनाएका हुन्। सांसद धना खतिवडाले २८०० किलोमिटरको  रेलमार्ग आयोजना बनाउने स्रोत के हो? भनेर प्रश्न गरिन्। उनले देशलाई ऋणमा डुबाउने काम भएको बताइन्। उनले सडक पनि बनाउने र सोही ठाउँमा रेलमार्ग बनाउनु सही नभएको बताइन्।  सांसद इन्दु कडरियाले कञ्चनपुरमा हुलाकी राजमार्ग अन्तर्गतको ३० किलोमिटर सडक ५ वर्षमा पूरा नहुनुले आशंका रहेको बताइन्। सांसद खेमराज नेपालीले आयोजन, मन्त्रालय, विभागबीच समन्वय नभएकाले आयोजना सम्पन्न हुनमा ढिलाइ भएको बताए। सांसद रामपृत पासवानले आयोजनाका प्रगति स्थिर भएको अवस्थामा मन्त्रीको भनाइमा विश्‍वास गर्न नसकिएको बताए। उनले भने, ‘२०१३ सालमा हुलाकी राजमार्गको कुरा आएको र अहिले ४ वर्षमा सकिन्छ भन्दा कसरी पत्याउने?’ उनको प्रश्न थियो। आयोजना प्रमुख बेलाबेला परिवर्तन गर्नु सरकारको कमजोरी भएको उनले बताए।  समितिमा आएर गफ नदिन सांसदहरू आग्रह सांसद सुरेन्द्रराज पाण्डेले दशकौं सम्पन्न नभएका काम अबको ४ वर्षमा हुन्छ भन्ने कुरा पत्याउन गाह्रो भएको बताए। उनले भने, ‘यो गफाडीका गफ हुन् कि काम पनि हुने हो?’ उनले वर्तमान सरकारले ९ महिनामा गरेका कामले नै बाँकी समय कति काम होला भन्ने देखिएको बताए। उनले चीन र भारतले बनाइदिन्छ भनेर प्री फिजिबिलिटी अध्ययन पनि नभएका रेल आयोजना ४ वर्षमा पूरा हुने कुरा पत्याउन नसकिने बताए। उनले मन्त्री र सरकारी अधिकारीहरूलाई समितिमा आएर गफ नदिन आग्रह गरे। राष्ट्रियसभामा कांग्रेसका दलका प्रमुख रहेका पाण्डेले काठमाडौंका खाल्डा पुर्ने काम पनि राष्ट्रिय गौरवको आयोजनामा राख्न व्यंग गरे। उनले राष्ट्रिय गौरवजका आयोजनामा झै खाल्डा पुर्ने काममा पनि बजेट अभाव हुन नदिन आग्रह गरे। उनले मंसिरमा पनि बर्खाका कारण खाल्डा पुर्न नसकेको भन्ने गरेको भन्दै अधिकारीहरूसँग असन्तुष्टि पोखे। सांसद विमला पौडेल राईले दुई तिहाईको सरकार हुँदा पनि सरकारी अधिकारीले अनावश्यक रूपमा फाइल अड्काउने र मन्त्रालयका बीचमा समन्वय भएन भनेर काम नगर्ने गरिएको भन्दै असन्तुष्टि पोखिन्। आयेजनाका तर्फबाट प्रस्तुति गर्ने अधिकारीहरूले राष्ट्रिय गौरवका आयोजनाका प्रगति विवरण, लागत, वर्तमान अवस्था, समस्या लगायतका बारेमा समितिलाई जानकारी दिएका थिए।  मन्त्रालयका सचिव मधुसूदन अधिकारीले विभिन्न आयोजनाका काममा गति आए पनि प्रयाप्त नभएको बताए। उनले विगतको निरन्तरताको कारणले अन्तरमन्त्रालय समन्वयमा समस्या भएको बताए। उनले वन, वातावरण, मुआब्जा, खोला नदी, लगायतका कारण तथा उत्खननका कारण समस्या भएको बताए। उनले नीतिगत र सांस्कृतिक रूपमा नै आयोजनामा इन्जिनियरिङ तल र राजनीति माथि परेको बताए। आयोजना ढिलो हुनुमा राजनीति कारक रहेको बताए। उनले आयोजना सुरुवातमा इन्जिनियरिङको दृष्टिले हेरिने काम नहुने बताए। उनले कुनै पनि आयोजना सुरुवात गर्दा अध्ययन र पूर्वाधारको अनुसन्धान हुनुपर्ने बताए। सचिव अधिकारीले पहुँचवाला नेताको ठाउँमा धेरै आयोजना परेको र पहुँच नभएका नेता भएको ठाउँमा विकास नभएको पनि बताए। ​मन्त्रीप्रति असन्तुष्ट  मन्त्री महासेठ समितिमा १ घण्टा २० मिनेट ढिलो आएका थिए भने आफ्नो भनाइ राखेर बाहिरिएका थिए। समितिप्रति मन्त्रीले देखाएको व्यवहारमा सांसदहरूले सभापति दिलकुमारी रावलसँग असन्तुष्टि पोखेका थिए। सांसदहरूले आफूले बोल्नुको अर्थ नभएको र आफूहरू पनि व्यस्त भएको तथा आफूहरूको समय पनि महत्त्वपूर्ण भएको भन्दै असन्तुष्टि पोखेका थिए।
    Read more at: http://thahakhabar.com/news/56337

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

  • मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

  • कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

  • नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास


  • Advertisement

    समाचार
  • १

    विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

  • २

    मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

  • ३

    कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

  • ४

    नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

  • ५

    विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

  • ६

    गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

  • ७

    लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

  • ८

    मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

  • ९

    नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • १०

    दाउन्ने क्षेत्रको सडकमा ढलान

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution