• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ २, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

२

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

३

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

४

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

५

थाकल बेचेरै पालिएका छन् परिवार

६

विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

७

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

८

गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

९

प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

१०

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

११

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

१२

भूमिसम्बन्धि विधेयक छिटो पारित हुन्छ : प्रधानमन्त्री

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नेपालमा ४० प्रतिशत एचआईभी संक्रमितको अवस्था अज्ञात

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर २२, शनिबार (६ साल अघि)
    Ahf-Nepal-HIV-AIDS_20181208044608

    Advertisement

    काठमाडौं : नेपालका ४० प्रतिशत एचआईभी संक्रमितको अवस्था अज्ञात रहेको तथ्यांक बाहिर आएको छ । सन् २०१७ को तथ्यांकअनुसार नेपालमा ३१ हजार २० जना एचआईभी संक्रमितहरुको पहिचान भएको थियो । पहिचान भएकामध्ये ६० प्रतिशतको मात्रै अवस्था ज्ञात भएको एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) नेपालको राजधानीमा भएको दसौं वार्षिकोत्सवमा जानकारी दिइएको हो ।

    एचआईभी÷एड्सको क्षेत्रमा सन् २००९ मेबाट नेपालमा कार्यक्रम सुरु गरेको एएचएफ नेपालका राष्ट्रिय कार्यक्रम प्रबन्धक दीपक ढुंगेलले पहिचान भएका ६० प्रतिशतमध्ये १५ हजार दुई सय ४० जना संक्रमितमात्रै उपचारमा रहेको जानकारी दिए ।

    ‘सन् २०१७ को तथ्यांकअनुसार मात्रै ४० प्रतिशत एचआईभी संक्रमितहरुको अवस्था अज्ञात छ’, उनले भने, ‘पहिचान भएकामध्ये ४ हजार ४४२ जना संक्रमितहरुमा उपचारको पहुँच पुगेको छैन ।’ उनले एचआईभी संक्रमित सबैलाई उपचारको पहुँचमा ल्याउन चुनौतीपूर्ण रहेको जानकारी दिए ।

    ‘लुकेका संक्रमितको अवस्था बाहिर ल्याउन त्यत्तिकै चुनौतीपूर्ण छ’, राष्ट्रिय कार्यक्रम व्यवस्थापक ढुंगेलले भने, ‘उनीहरुको पहिचान गर्न नसकिए नेपालमा एचआईभीको जोखिम झन् बढ्छ ।’

    एएचएफ नेपालको दसौं वार्षिकोत्सव राजधानीमा एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. सुशीलनाथ प्याकुरेल र एएचएफको ग्लोबल एकाउन्टिङ तथा फाइनान्सियल अपरेसनकी वरिष्ठ निर्देशक मार्गरेटा म्यारोले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
    उक्त अवसरमा स्वास्थ्य सचिव डा. प्याकुरेलले सबैले निर्धक्कसँग एचआईभीको जाँच गर्ने र समाजमा खुल्ने वातावरण निर्माण गर्न नेपालमा अझै चुनौती रहेको बताए । समाजमा विश्वास नबढाएसम्म एचआईभी संक्रमित खुल्न नसक्ने र उनीहरुले भेदभाव तथा लाञ्छना भोगिरहनुपर्ने उनको भनाइ थियो ।

    ‘एचआईभीको क्षेत्रमा उपचारको पहुँच, उपचार गर्ने जनशक्ति तथा उपकरणको वृद्धि र गुणात्मक उपचारको प्रत्याभूति पहिलो आवश्यकता हो’, स्वास्थ्य सचिव प्याकुरेलले भने, ‘हामीले एचआईभीको क्षेत्रमा ९० प्रतिशतको लक्ष्य लिएका छौं । त्यसले पुग्दैन । लक्ष्य शतप्रतिशत नै लिनुपर्छ ।’

    एएचएफको ग्लोबल एकाउन्टिङ तथा फाइनान्सियल अपरेसनकी वरिष्ठ निर्देशक म्यारोले नेपाल सरकारको सहयोग र सहकार्यले नै नेपालमा एएचएफले आफ्नो दसौं वर्ष सफलतापूर्वक पार गरेको सुनाइन् ।

    एचआईभी÷एड्ससम्बन्धी पैरवी र प्रवद्र्धन तथा जनचेतना फैलाउने र जाँच तथा उपचारमा एएचएफ सहकार्य गर्न सदैव तयार रहेको उनले वचन दिइन्।

    एएचएफ नेपालले सन् २००९ मेमा टेकुस्थित सहिद शुक्रराज सरुवा रोग अस्पतालमा पहिलो एआरटी सेन्टर स्थापना गरेर सेवा सुरु गरेको थियो । अहिले देशका १५ सरकारी अस्पतालबाट उक्त सेवा विस्तार गरिएको राष्ट्रिय कार्यक्रम प्रवन्धक ढंगेलले जानकारी दिए । उनले एएचएफले चालू आर्थिक वर्षभित्र एआरटी सेवा प्राप्त हुने अस्पतालको संख्या १८ पु¥याउने लक्ष्य रहेको बताए ।

    ‘एएचएफ नेपालले पहिलो एआरटी सेवा सुरु गर्दा २५ जना एचआईभी संक्रमित सहभागी भएका थिए’, उनले भने, ‘अहिले यो संख्या दस हजारको हाराहारीमा पुगेको छ ।’http://annapurnapost.com/news/114602

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग


  • Advertisement

    समाचार
  • १

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • २

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • ३

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • ४

    भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

  • ५

    थाकल बेचेरै पालिएका छन् परिवार

  • ६

    विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

  • ७

    सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

  • ८

    गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

  • ९

    प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

  • १०

    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution