• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २६, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

२

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

३

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

४

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

५

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

६

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

७

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

८

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

९

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१०

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

११

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१२

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अख्तियारभित्रै भ्रष्टाचार आरोपीका सेवक !

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर २७, बिहिबार (७ साल अघि)
    wp-1486519151902

    Advertisement

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रै ठेकेदार विक्रम पाण्डेका सुराकीहरु रहेको सुइँको पाएपछि टंगालमा हल्लीखल्ली मच्चिएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे अहिले आफ्नै कार्यालयभित्र भ्रष्टाचार आरोपीका सेवक को रहेछन् भन्ने खोजीमा लागेका छन् ।

    ठूला विकासे आयोजनाहरुमा भइरहेको भ्रष्टाचारबारे छानविनका लागि अख्तियारले गृहकार्य गरिरहेकै बेला त्यहाँभित्रको गोप्य सूचना भ्रष्टाचार आरोपीसम्म पुग्ने गरेको खुलासा भएको हो ।

    राप्रपा प्रजातान्त्रिकका नेतासमेत रहेका कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेमाथि मुद्दा चलाउन अख्तियारले तयारी गरिरहेका बेला कति रकम बिगो तोकिँदैछ भन्नेसम्मको पूर्वसूचना पाण्डेले पाएका थिए ।

    विशेष अदालतमा मुद्दा दायर गरिसकेपछि अख्तियार प्रमुख घिमिरे अहिले आफ्नो कार्यालयमा विक्रम पाण्डेका सुराकी खोज्नतिर लागेको स्रोतले अनलाइनखबरलाई बतायो ।

    स्रोतले भन्यो– ‘बिक्रम पाण्डेलाई मुद्दा चलाउनुअघि नै अख्तियारबाट उनलाई सम्पूर्ण रिपोटिङ भएको पाइएको छ । अख्तियारजस्तो संस्थामा बसेर भ्रष्टाचारीको पक्षमा काम गर्ने व्यक्तिको खोजी भइरहेको छ, फेला पर्नासाथ कारवाही हुन्छ ।’

    राजनारायण पाठकको भूमिकामाथि शंका

    यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको भूमिकामाथि नै मूल नेतृत्वले शंका गर्न थालेको स्रोतले अनलाइनखबरलाई बतायो ।

    पाठकले भ्रष्टाचारी एवं शंकास्पद व्यक्तिहरुसँग अनुचित सम्बन्ध राख्ने गरेको भन्दै उनीमाथि समेत आन्तरिक छानविन हुन थालेको बुझिएको छ । अख्तियारको आयुक्त भइसकेपछि पाठकले आचारसंहिता विपरीत कार्यहरु गरिरहेको गुनासो बढेपछि अख्तियारको मूल नेतृत्व सजग भएको हो ।

    देशमा भ्रष्टाचार नियन्त्रणका लागि भूमिका खेल्नुपर्ने संस्थामा विगतमा आयोगका पदाधिकारी नै भ्रष्टाचारमा लागेको गुनासो आउने गरेकाले यो संस्थाको छवि धूमिल बनेको अवस्था छ । लोकमानसिंह कार्कीका पालामा अख्तियार नै भ्रष्टाचारको अखडा बनेको चर्चा चलेको थियो । अहिले पनि आयोगले पूर्णरुपमा जनविश्वास पुनःआर्जन गर्न सकिरहेको छैन ।

    ठूला भ्रष्टाचारीमाथि कडा रुपमा प्रस्तुत हुने तयारी गरिरहेको आयोगले कार्यालयभित्रैका धमिराहरु हटाइसकेपछि सचिवमा पनि हेरफेर गर्ने र पुरानै सचिव प्रेम राईलाई ल्याउन सक्ने स्रोतको भनाइ छ । प्रेम राई प्रधानमन्त्री केपी ओलीका निकटस्थ मानिन्छन् । उनी अहिले गृहमन्त्रालयका सचिव छन् ।

    हाल अख्तियारको सचिवमा महेश्वर न्यौपाने कार्यरत छन् ।

    खाली सीटमा विपक्षीको दाबी

    हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चार जनामात्रै पदाधिकारी छन् । अख्तियार प्रमुखमा नवीनकुमार घिमिरे छन् भने आयुक्तहरुमा डा. गणेशराज जोशी, राजनारायण पाठक र डा. सावित्री थापा गुरुङ कार्यरत छन् ।

    संविधानको धारा २३८ को उपधारा १ अनुसार अख्तियारमा एकजना प्रमुख आयुक्त र चारजना आयुक्तहरु रहने प्रावधान छ । दीप बस्न्यातको बहिर्गमन पञ्चात नवीन घिमिरे प्रमुख आयुक्त बनेपछि अब एउटा आयुक्त पद खाली छ ।

    सूत्रहरुका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अख्तियारजस्तो संवैधानिक अंगमा एकजना आयुक्त कांग्रेसको कोटाबाट हुनुपर्ने माग गरिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले गणेशराज कार्कीलाई आयुक्त बनाउन प्रधानमन्त्री केपी ओलीसँग लबिङ गरिरहेका छन् ।

    अख्तियारजस्तो संवैधानिक अंगमा सत्तापक्षको मात्रै एकाधिकार नहुने गरी विपक्षीको पनि प्रतिनिधित्व हुनुपर्ने जिकिर कांग्रेस नेताहरुको छ ।

    गोपाल पराजुलीकी श्रीमतीको काज फिर्ता

    यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपसचिवका रुपमा कार्यरत बसन्ता पराजुलीलाई हटाइएको स्रोतले बतायो । बसन्ताका पति गोपाल पराजुली प्रधानन्यायाधीश भएका बेला बसन्तालाई वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबाट अख्तियारमा काज खटाइएको थियो ।

    दीप बस्न्यात अख्तियार प्रमुख रहुञ्जेल त्यहाँ खटिएकी बसन्तालाई नवीनकुमार घिमिरे आएपछि काज फिर्ता गरी अख्तियारबाट विदाइ गरिएको स्रोतले बतायो ।

    त्यसैगरी अख्तियारमा रहेर शंकास्पद क्रियाकलाप गरेको भन्दै भवानी सुवेदीलाई पनि हटाइएको स्रोतले बतायो । सुवेदी लोकमानसिंह कार्कीको कार्यकालमा उनका सहयोगी एवं हर्ताकर्ता थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर


  • Advertisement

    समाचार
  • १

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • २

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ३

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ४

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ५

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ६

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ७

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ८

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ९

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • १०

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution