• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १२, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

२

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

३

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

४

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

५

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

६

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

७

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

८

उ मर्यो रे ?

९

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

१०

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

११

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१२

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अझै रोकिएन बालविवाह,जाजरकोटमा ७४ प्रतिशत बालविवाह

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर २८, शुक्रबार (७ साल अघि)
    1542004493

    Advertisement

    जाजरकोट : सविता खत्रीको उमेर १२ वर्ष मात्र भयो। उनी खलंगाको त्रिभुवन माविमा कक्षा ६ पढ्दै थिइन्। तिनै सविताले बिहे गरेको खबर सुनेर उनका शिक्षक र साथीहरू अचम्मित भए। तर जाजरकोटमा बालविवाह विरलै हुने घटना होइन। यस जिल्लामा ७४ प्रतिशतले उमेर नपुग्दै घरजम गर्छन्। जसले गर्दा पढाइ छोड्ने र सम्बन्धविच्छेद गर्नेको संख्या बढिरहेको छ।

    धादिङका १८ वर्षीय दुर्गा तामाङ पुल बनाउन जाजरकोट आएका थिए। सविताले उनैसँग भागीविवाह गरेकी छन्। गाउँलेले भनेपछि मात्रै उनका बुबा अक्कलबहादुर खत्रीले छोरीले बिहे गरेको थाहा पाए। ‘दिनहुँ पढ्न जान्थी। हामीलाई थाहा नदिई यति सानै उमेरमा पोइल जाली भन्ने सोचेका थिएनौँ,’ उनले भने। उमेर नपुगेकी छोरीले बिहे गरेपछि दुःख पाउलिन् भन्ने चिन्ता उनलाई थपिएको छ।

    सविता मात्रै होइन, विवाहबारे थाहै नभएका थुप्रै केटाकेटीले जोडी बाँध्ने गरेका छन्। सविताकै स्कुलको कक्षा ८ मा पढ्ने १३ वर्षीया लक्ष्मी घर्ती र विमला कुँवर तथा १४ वर्षकी कल्पना विकले पनि विवाह गरेका छन्। दुई साताभित्र चार छात्राले भागीविवाह गरेपछि शिक्षक र विद्यार्थी चकित छन्। घरको आर्थिक अवस्था नाजुक र पढाइमा पनि कमजोर रहेका बालबालिकाले उमेर नपुग्दै विवाह गर्ने गरेको शिक्षक रेखा शाहले बताइन्।‘सानैमा बिहे नगर्नू भनेर सम्झाउँछौँ। तर बालविवाह रोकिएको छैन,’ उनी भन्छिन्। अधिकांश छात्राछात्राको स्कुल पढ्दापढ्दै विवाह हुने गरेको वीरेन्द्र ऐश्वर्य माविका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए।

    बालबालिकाको स्थिति प्रतिवेदनअनुसार जाजरकोटमा ७४ प्रतिशतले उमेर नपुग्दै लगनगाँठो कस्ने गरेका छन्। जम्मा ६७ हजार ३ सय ३२ जना विवाहितमध्ये १९ वर्ष नपुग्दै विवाह गर्नेको संख्या ४९ हजार ८ सय ६२ छ। एक सय ६५ जनाले १० वर्षकै उमेरमा विवाह गरेका थिए। १० देखि १४ वर्षसम्मका पाँच हजार ६ सय ६८ जना छन्। त्यस्तै १५ देखि १९ वर्षको उमेरमा ४४ हजार २९ जना बालबालिकाको विवाह भएको प्रतिवेदनमा उल्लेख छ। बालविवाह गर्नेमा बालकभन्दा बढी बालिका छन्। ६२.८७ प्रतिशत बालिका र ३७.१३ प्रतिशत बालकले उमेर नपुगी घरजम बसाएका छन्।

    अशिक्षा र चेतनाको अभावले जाजरकोटमा बालविवाह गर्नेको संख्या अधिक छ। यसले उनीहरूको मानसिक तथा शारीरिक विकासमा पनि बाधा गरेको छ।

    बालविवाहका कारण सम्बन्धविच्छेदका घटना बढेका छन्। जिल्ला अदालतको तथ्यांकअनुसार गत आर्थिक वर्षमा सम्बन्धविच्छेदका लागि ५१ वटा मुद्दा दर्ता भएका थिए। जसमध्ये ४१ जोडीको उमेर ३० वर्षमुनि छ। यी सबै जोडीको विवाह १९ वर्ष नपुग्दै भएको थियो।

    मुलुकी देवानी संहितामा २० वर्षमुनिको विवाहलाई बालविवाह भनिएको छ। यस्तो गर्ने र गराउने दुवैलाई सजायको व्यवस्था छ। तथापि कम उमेरमै भागीविवाह गर्ने चलन अन्त्य हुन नसकेको अधिवक्ता निमबहादुर शाहीले बताए।

     

    http://annapurnapost.com/मा समाचार छ

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान


  • Advertisement

    समाचार
  • १

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • २

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ३

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ४

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ५

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ६

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ७

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ८

    उ मर्यो रे ?

  • ९

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • १०

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution