• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ५, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    भेटियो ३३ किलो सुन, गोरेसँग तस्करीमा जोडिएका दुई पक्राउ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष १, आईतबार (७ साल अघि)
    ३३-किलो-अवैध-सुन

    Advertisement

    काठमाडौं : अवैधरुपमा नेपाल भित्र्याएपछि हराएको ३३ किलो सुन भारतमा बरामद भएको छ। भारतीय प्रहरीय र त्यहाँको राजस्व अनुसन्धान विभाग टोलीले गत शुक्रबार कोलकाता–दिल्ली राजमार्गस्थित धनकुनी क्षेत्रबाट सुन बरामद गरेको हो।

    सुन तस्करीको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिका संयोजक तथा सहसचिव ईश्वरराज पौडेलले कोलकाता–दिल्ली राष्ट्रिय राजमार्गबाट भारतीय राजश्व अनुसन्धान विभागको टोली र भारतीय प्रहरीले बरामद गरेको जानकारी दिए।

    ‘दुबईबाट तस्करी गरेर २०७४ माघ ९ गते त्रिभुवन विमानस्थल हुँदै काठमाडौं भित्र्याएको ३३ किलो सुन कोलकातामा बरामद भएको खबर आएको छ’, संयोजक पौडेलले अन्नपूर्णसँग भने, ‘नेपालबाट हराएको ३३ किलो परिणामको सुनसहित दुईजना नेपाली पनि पक्राउ परेपछि छानबिन गर्दा त्यही सुन भएको खुलेको छ। यसबारेमा त्यहाँको राजस्व अनुसन्धान विभागले कोलकातास्थित नेपाली महावाणिज्यदूतावासलाई गराइसकेको छ।’

    दुबई हुँदै २०७४ माघमा भित्रिएको यो सुन त्रिभुवन विमानस्थलबाट पास गराइसकेपछि हराएको थियो। ३३ किलो सुन हराएपछि तस्करीमा संलग्न मोरङको उर्लाबारीका चूडामणि उप्रेतीले करेन्ट लगाएर यातना दिँदा एकजना भरिया उर्लाबारीकै सनम शाक्यको ज्यानसमेत गएको थियो।

    पक्राउ परेका दुवैजना गृहको छानबिन समितिको प्रतिवेदनमा उल्लेखित १९२ जना व्यक्तिमध्ये भएको पनि खुलेको छ।

    अर्यालले घटनाबारे गृह मन्त्रालयमा जानकारी गराइसकेका छन्। ‘अहिलेसम्म प्राप्त जानकारी अनुसार कोलकातामा बरामद भएको त्यो सुन नेपालबाट गायब गरिएकै सुन हो’, पौडेलले अगाडि भने, ‘भारतको कस्टमको अनुसन्धान विभागले महावाणिज्यदूतलाई लेखेको पत्र पनि प्राप्त भइसकेको छ, अब बरामद सुन र पक्राउ परेका दुवैजनालाई नेपाल झिकाउने पहल गरिरहेका छौं।’

    यसरी भयो बरामद

    कोलकात्ता पुर्‍याइएको सुन भारतीय बजारमा व्यवस्थापन गर्ने तयारीस्वरुप दुवै नेपाली व्यापारी सुन लिएर त्यता लागेका थिए। भारतीय राजस्व अनुसन्धान निर्देशनालय र प्रहरीको संयुक्त टोलीले एकै दिन दुई ठाउँबाट ९९ किलो सुन बरामद गरेका थिए। लखनउबाट प्रहरीले ६६ किलो सुन बरामद गरेको थियो। त्यही दिन राजस्व अनुसन्धान निर्देशनालय र भारतीय प्रहरीको संयुक्त अप्रेशनका क्रममा कोलकात्तास्ति राष्ट्रिय राजमार्गबाट ३३ किलो सुन बरामद भएको हो।

    गियर भित्र लुकाइयो

    ३३ किलो सुन एउटा स्विफ्ट कारभित्र भेटिएको छ। स्विफ्ट कारको गियर नजिक सानो बक्स बनाएर सुन राखिएको थियो। ड्यास बोर्डनजिकै बक्स बनाएर लुकाइएको अवस्थामा बरामद भएको हो।

    को हुन् राकेश र हेम

    छानबिन टोलीको प्रतिवेदनमा इटहरीका राकेश शर्मा र हेमराज शर्मालाई सुन व्यापारी भनिएको छ। उनीहरू सुन तस्करीमा संलग्न भइ फरार रहेका मोहन अग्रवाल र सुनिल अग्रवालमध्ये एक व्यापारीका कामदार हुन्।

    उनीहरूको ‘कनेक्सन’ सुन तस्करीका नाइके भनिएका चूडामणि उप्रेती गोरेदेखि तस्करीको सुन बेच्ने धरानका मोहन अग्रवाल र सुनिल अग्रवालसँग पनि रहेको खुलेको छ।

    सुन दुबईकै

    कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले पठाएको विवरण अनुसार बरामद सुन दुबईबाटै भित्रिएको हो। परिमाणसमेत ठ्याक्कै मिलेकाले नेपालबाट हराएको सुन त्यही भएको निचोड छानबिन समितिले निकालेको छ।

    ‘हाम्रो प्रतिवेदनमा उल्लेखित र कोलकातामा बरामद सुनको परिमाण र नामसमेत मिलेको छ। हलमार्क ‘दुबई गोल्ड’ उल्लेखित सुन बरामद भएको हो’, पौडेलले भने, ‘हाम्रो प्रतिवेदनमा उल्लेखित र बरामद सुनको विवरण ९९.९९ प्रतिशत मिलेको छ, अब नेपालमै ल्याएर हेरेपछि हामी ‘कन्फर्म’ गर्छौं।’

    यो सुन व्यवस्थापनका लागि एमके अग्रवाल, सुनील अग्रवाल, सुनसरीतिरकै मोहन काफ्ले ‘मणि’ सहितको भूमिका हुन सक्ने छानबिन समितिको निचोड छ।

    गृहमन्त्रीलाई जानकारी

    कोलकातामा ३३ किलो सुनसहित दुईजना नेपाली पक्राउ परेको खबर गृहमन्त्री रामबहादुर थापालाई गराइएको छ। महावाणिज्यदूतावासबाट पत्र नै आएकाले छानबिन समितिले गृहमन्त्री थापालाई यसको शुक्रबारै जानकारी गराएको हो।

    के हो ३३ किलो सुनकाण्ड ?

    २०७४ माघ ९ गते फ्लाई दुबईको विमानबाट गोरे नेतृत्वको समूहले ल्याएको ३३ किलो सुन विमानस्थलबाट छिराएपछि बाटैबाट हराएको थियो। विमानस्थलबाट निकालेको सुन अर्का व्यक्तिलाई जिम्मा लगाउने काम गोरेले एलबी मगरलाई बुझाएको अनुसन्धानबाट खुलेको छ। एलबी सुन लिन नआएपछि गोरेले त्यो कामको जिम्मा विमानस्थलमै सुन तस्करीको पोल खुलेपछि शंकास्पद दुर्घटनामा मृत्यु भएका सानु बमलाई दिएका थिए।

    गोरेले त्यो सुन पुरानो बानेश्वरस्थित आफ्नो कार्यालयसम्म लगेर छाड्ने काम थाई एयरवेजका मेकानिकल हेल्पर सानु बमलाई दिएका थिए। सुन बोकेर गोरेले भनेको स्थानमा जाने क्रममा स्कुटरको पछाडि बसेका सानुले रत्नराज्य स्कुल नजिक पुगेपछि गोरेलाई फोन गरी सुन लुटिएको जानकारी दिएको छानबिनबाट खुलेको थियो।

    त्रिभुवन विमानस्थल हुँदै भित्रिएको ३३ किलो सुन हराएपछि सुन तस्करीको पोल खुलेको थियो। यो सुन हराएपछि सनम शाक्य र सानु बनसहित तीनजनाको ज्यान गइसकेको छ।

    तस्करीको सुन र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न बनेको समितिले विमानस्थलबाट झन्डै ३८ क्विन्टल (३७ लाख ९९ हजार ५ सय ५९ ग्राम) सुन तस्करीबाट नेपाल भित्रिएको निष्कर्ष निकालेको थियो।

    जिल्ला सरकारी वकिलको कार्याल मोरङले सुन तस्करी र सनम हत्या प्रकरणका प्रतिवादीसँग १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसाको बिगो मागसहित जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो।

    सरकारी वकिलको कार्यालयले ६३ जनाविरुद्ध गत वैशाखमै संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेको थियो। प्रतिवादीमध्ये ९ जना त प्रहरी अधिकारी नै थिए।

    उच्च अदालतबाट छुट्दै

    मुद्दा जिल्लाबाट उच्च अदालत पुगेपछि अभियुक्तहरू धमाधम छुट्न थालेका छन्। उच्च अदालत विराटनगरले प्रहरी जवान विष्णुबहादुर खड्कालाई धरौटीमा छाडिसकेको छ। त्यसैगरी अम्बरहादुर थापा, पूर्वडिआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजीत केसीलाई साधरण तारेखमा छाडिसकेको छ।

    उच्च अदालतको आदेशमा आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य र अर्का व्यवसायी विमल पोद्दार पनि केही दिनअघि रिहा भइसकेका छन्।

    annapurnapost.com मा समाचार छ । 

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution