• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    एक रुपैया अभियानबाट छात्रवृत्ती

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष ४, बुधबार (७ साल अघि)
    20181217_124925

    Advertisement

    ज्ञानु पंगेनी

    कावासोती । एक रुपैया अभियानबाट संकलन गरिएको सहयोग रकमबाट नवलपरासी पूर्वका १० जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिएको छ ।

    १८ औ“ अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर गत सोमवार कावासोतीमा औपचारिक कार्यक्रमको आयोजना गरि छात्रवृत्ती प्रदान गरिएको हो । आप्रवासन कामदार हकहित संरक्षण मञ्चको आयोजना तथा हिमालयन सामुदायिक विकास मञ्च कावासोतीद्धारा संचालित सुरक्षित आप्रवासन परियोजनाको समन्वयमा भएको कार्यक्रममा नवलपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल , जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख रमेश थापा , कावासोती नगरपालिका प्रमुख चन्द्रा कुमारी पुन, शिक्षा समन्वय ईकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेल, रिटर्नी माईग्रेड नेपाल गण्डकी प्रदेशका अध्यक्ष नेत्र थनेतले संयुक्त रुपमा छात्रवृत्ती वितरण गरेका थिए ।

    आप्रवासन कामदार हकहित संरक्षण मञ्चले गत वर्षबाट ‘एक रुपैया अभियान’ संचालन गरेको हो । उक्त अभियानबाट संकलन भएको रकमबाट गत वर्ष पनि १० जना र अहिले पनि १० जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिएको मञ्चका उपाध्यक्ष योगलाल तिवारीले बताए । विद्यार्थीहरुलाई कापि, कलम , किताब लगायतका आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको छ ।

    खासगरी वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका , विभिन्न कारणले नेपाल सरकारबाट पाउनुपर्ने क्षतीपुर्ती रकम नपाएका र विपन्न वर्गका परिवारका बालबालिकालाई लक्षित गरेर मञ्चले छात्रवृत्ती प्रदान गर्दै आएको तिवारीले जानकारी दिए ।

    मञ्च आफैले विभिन्न समयमा संचालन गर्ने कार्यक्रम तथा अन्य संघसंस्थाले संचालन गर्ने कार्यक्रममा सहभागि भएका वेला ‘एक रुपैया अभियान’ अन्तरगत रुमाल विछ्याएर रकम सहयोग माग्ने गरेको छ । एक रुपैया देखि माथी पनि आफ्नो क्षमता अनुसार सहयोग गर्न सकिन्छ । यस अभियानबाट मञ्चले गत वर्ष १५ हजार रुपैया संकलन गरेको थियो भने यस वर्ष आठ हजार रुपैया संकलन गरेको तिवारीले बताए ।

    यसैबिच १८ औ“ अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर सरोकारवाला तथा उद्यमशील रिटर्नीहरुसंग अन्तकृया समेत गरिएको थियो ।

    वैदेशिक रोजागारबाट फर्केर स्वदेशमै केहि गर्न चाहनेहरुका लागि सरकारले उपलब्ध गराउने भनेको सहुलियतपूर्ण कर्जाका बारेमा उक्त कार्यक्रममा जानकारी गराईएको थियो ।

    कार्यक्रममा रिटर्नी माईग्रेट नेपाल गण्डकी प्रदेशका अध्यक्ष नेत्र थनेतले सहुलियतपूर्ण कर्जा कसरी पाउन सकिन्छ भन्ने बारेमा जानकारी गराएका थिए । सरकारले उपलब्ध गराउने भनेको सहुलियत कर्जाका बारेमा धेरैले थाहा पाए पनि प्रकृयाका बारेमा अझै पनि राम्ररी बुझ्न नसकेको थनेतले बताए । उनले कर्जा पाउनका लागि यहि पौष मसान्तभित्र आवश्यक कागजातहरु पेश गरेर वैदेशिक रोजगार प्रबद्र्धन बोर्डमा सुचिकृत गरिसक्नुपर्ने जानकारी दिए । विदेबाट फर्केर तीन वर्ष ननाघेका , शिप भएका र उद्यम गर्न चाहनेलाई सरकारले सेवा शूल्क सहित ६। ५ प्रतिशत ब्याजदरमा १० लाख रुपैया उपलब्ध गराउने छ ।

    रिटर्नी माईग्रेट नेपाल गण्डकी प्रदेश र नवलपुरले कर्जा उपलब्ध गराउनका लागि समन्वय गरिरहेको समेत थनेतले बताए । कावासोती आठ ईन्द्रचोकमा रहेको संस्थाको कार्यालयमा आवश्यक फर्म भर्न सकिने छ भने नवलपुरबाट संकलन भएको फर्म र कागजातहरु वैदेशिक रोजगार प्रबद्र्धन बोर्ड काठमाण्डौमा सुचिकृत गर्न एक हप्तापछि जाने तयारी गरिएकाले समयमा नै प्रकृया पुरा गर्न समेत उनेले ईच्छुक व्यक्तिहरुलाई आग्रह गरेका छन ।

    कार्यक्रममा सहभागि भएका रिटर्नीहरुले सरकारले स्वरोजागार हुनका लागि राम्रो अवसर दिएको भए पनि सहुलिय कर्जा कसरी पाउन सकिन्छ भनेर बुझाउन नसकेको गुनासो गरेका थिए । विकट र ग्रामिण क्षेत्रका युवाहरुले यसका बारेमा अझै पनि थाहा नपाएको उनीहरुको भनाई थियो । कहा , कोबाट कसरी रु प्रकृया पुर्याउने भन्ने अन्यौताका कारण कर्जा पाउन योग्य व्यक्ति नै बञ्चित हुनुपर्ने अवस्था आउने उनीहरुले बताएका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution