नवलपुर । असल कर्म गरे फल प्राप्त हुन्छ भन्ने एउटा ज्वलन्त उदाहरण हुन् नवलपुरका कृष्णप्रसाद अर्याल (केपी) । हंसिलो मुहार, सकारत्मक सोचका धनी नवलपुरका अर्याल यस क्षेत्रका युवा व्यवसायीका सफल उदाहरण समेत हुन् । लामो समयदेखि व्यवसायिक क्षेत्रमा क्रियाशिल उहाँ जेसीज अभियानमा पनि उत्तिकै सफल मानिनुहुन्छ । आफु व्यवसायकै माध्यमबाट समाजमा स्थापित बन्न सफल भएको स्मरण गर्दै जेसीज अभियानमा क्रियाशील युवाहरुलाई पनि यो अभियानमा सँगै लिएर जाने अठोटका साथ अघि बढ्नु भएको छ । नवलपुर जेसीज वर्ष २०१७ का अध्यक्ष अर्याल यो अभियानको छोटो समयमा आफुलाई अब्बल बनाउने मध्येका एक हुनुहुन्छ । शाखामा रहेर आफुले निर्वाह गर्ने भूमिकालाई कुनै कसर नराखी अहोरात्र रुपमा शाखाको विस्तार सदस्यको अभिबृद्धिमा लाग्नु भयो । जसको फलस्वरुप आफ्नो कार्यकालमा शाखालाई उत्कृष्ट शाखाका रुपमा पुरस्कृत गराउन समेत सफल बन्नु भयो । युवामैत्री जेसीज बनाउने अभियानका साथ जेसीजमा होमिएका उहाँ वर्ष २०१९ का लागि नवलपुर जेसीजको तर्फबाट राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । युवाहरुलाई सकारात्मक सोचका साथ उद्यमशिलतामा केन्द्रीत गर्दै आम युवाहरुलाई जेसीज अभियानमा लाग्न उत्प्रेरित गराउने लक्ष्य रहेको अर्यालले बताए । सानै उमेरदेखि सहयोग भावनाका अर्याल विभिन्न संघ संस्थामा रहेर समाजको हितको लागि काम गर्दै आउनु भएको छ । सकारात्मक सोचका साथ अघि बढ्ने लक्ष्य लिएर आफै देशमा केही गरौँ भन्ने मान्यता राख्दै युवा वर्गको नेतृत्व गर्दै आउनु भएको अर्यालको जेसीज यात्रा २०११ बाट सुरु भएको थियो । उहाँ नवलपुर वितरक संघ अध्यक्ष, जीवन ज्योति उच्च मा वि सल्लाहाकार, नवलपुर ग्रुपका आर्थिक संयोजक, लायन्स क्लब अफ नवलपुरका तेस्रो उपाध्यक्षलगायतका दर्जनौँ सामाजिक संघ संस्थामा आबद्ध भएर आफ्नो कुशल नेतृत्व सम्हालि सक्नु भएको छ ।
व्यवसाय क्षेत्रमा समेत अब्बल अर्याल ब्रर्दशका प्रोपाइटर, कृषा डेभ्लोपर्सका फाउन्डर, ज्ञान सूर्य किरण इन्टरपाइजेजका एम डी, जनकल्याण प्लाष्टिक उधोगका प्रबन्धक जस्तो गहन र महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु भएको उहाँ नवलपुर क्षेत्रका कुशल, अब्बल र सफल युवा व्यवसायीको पङ्तिमा हुनुहुन्छ ।२०११ बाट जेसीज अभियानमा सक्रिय अर्याल २०१२ मा शाखा सम्पादक, २०१३ मा तालिम निर्देशक, २०१४ मा उपाध्यक्ष, २०१५ मा कार्यकारीणी उपाध्यक्ष, २०१६ मा अध्यक्ष सल्लाहकार हुँदै २०१७ मा नवलपुर जेसीजको नेतृत्व गरेका थिए । अर्यालले नेतृत्व गरेको नवलपुर शाखा २०१७ मा नेपाल जेसीजबाट उत्कृष्ट शाखाको अवार्ड प्राप्त गरेको थियो ।
जेसीज यात्राको सुरुवातीदेखि नै सक्रिय कृष्णप्रसाद अर्यालले सबै महाधिवेशन, एरिया कन्फ्रेन्स, लोमनोम लिडर एकाडेमीमा सक्रिय सहभागिता जनाउँदै आउनु भएको छ । जेसी आई नेपाल एकेडेमी २०१७ बाट दिक्षित अर्याल २०१८ मा जापान सम्पन्न एसीया प्यासीफीक कन्र्फेन्समा समेत सहभागि जनाइसक्नु भएको छ ।
उहाँले जेसीज अभियानलाई निरन्तरता दिँदै वर्ष २०१९ का लागि राष्ट्रिय उपाध्यक्ष पदको उम्मेदवारी दिनु भएको छ ।
उहाँले विभिन्न समयमा उहाँले चिन, भारत, थाइल्याण्ड, सीङगापुर, मलेशीया, जापानलगायतका देशहरुको भ्रमण गर्नु भएको छ ।
सकारात्मक सोच र विलक्षण प्रतिभाका धनी अर्याल जे सी आईको मिसन भिजनलाई आत्मसाथ गर्दै यूवाहरुलाई सकारात्मक सोचका साथ उद्यमशील बनाउने लक्ष्यका साथ राष्ट्रिय उपाध्यक्षको उम्मेदवारी दिएको बताउनु भयो ।
ratokalam.com प्रकाशित
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१