• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १८, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

२

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

३

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

४

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

५

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

६

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

७

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

८

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

९

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

१०

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

११

उ मर्यो रे ?

१२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    वैज्ञानिक वन व्यवस्थापनमा जानेलाई चार लाख अनुदान 

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष ६, शुक्रबार (७ साल अघि)
    Jungle

    Advertisement

    गोरखा,(रासस) : गण्डकी प्रदेश डिभिजन वन कार्यालय गोरखाले दिगो तथा वैज्ञानिक वन व्यवस्थापनमा जाने सामुदायिक वनलाई रु चार लाखसम्म अनुदान उपलब्ध गराउने भएको छ । कार्यालयले तत्कालका लागि १०० हेक्टरभन्दा बढी क्षेत्रफल भएका सामुदायिक वनलाई कार्ययोजना निर्माणका लागि प्राथमिकता दिने प्रदेश डिभिजन वन कार्यालय गोरखाका वन अधिकृत इमनाथ पौड्यालले जानकारी दिनुभयो । जिल्लाभित्र रहेका सामुदायिक वनबाट हुने उत्पादनमा वृद्धि गर्ने लक्ष्यसहित अनुदानसहितको कार्यक्रम ल्याइएको वन अधिकृत पौड्यालको भनाइ छ । गोरखा जिल्लामा धेरै सामुदायिक वन रहेको भए पनि तिनको दीर्घकालीन व्यवस्थापनको कार्ययोजना नबन्दा सामुदायिक वनका उपभोक्ताले फाइदा लिन नसकेको भन्दै उहाँले अब त्यसका लागि कार्यक्रम नै शुरु भएको बताउनुभयो । “सामुदायिक वनले वैज्ञानिक वन व्यवस्थापनका लागि कार्ययोजना निर्माण गर्दा जिल्ला वन कार्यालयले प्राविधिकसहितको ५० प्रतिशत अनुदान सहयोगसमेत गर्दै आएको छ”, उहाँले भन्नुभयो, “कार्ययोजना निर्माणको अग्रसरता भने सामुदायिक वनले नै लिनुपर्छ ।” यो योजना कार्यान्वयनमा ल्याउनसके वन पैदावरको आपूर्तिमा निरन्तरता एवं सहजता गराउनेदेखि लिएर स्थानीयस्तरमा रोजगारी सिर्जना गराई जैविक र वातावरणीय लाभ लिने सकिने उहाँले बताउनुभयो । यो कार्ययोजनाले वनको हैसियतमा सुधार आउने र यसबाट वातावरणीय लाभ हुने वन अधिकृत पौड्यालको भनाइ छ । वैज्ञानिक वन व्यवस्थापनबाट वन पैदावरको आपूर्तिमा निरन्तरता हुने र सहभागितात्मक वन व्यवस्थापनबाट समूहमा हुने आम्दानीले स्थानीय अर्थतन्त्र तथा विकासमा टेवा पुग्ने उहाँले बताउनुभयो । गोरखा जिल्लाभित्र अहिलेसम्म शहीद लखन गाउँपालिका–७ मा रहेको घलेडाँडा रानाखोला सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू भएको भए पनि अन्य सामुदायिक वनमा भने शुरु हुन सकेको छैन । चालू आर्थिक वर्षमा अब छिट्टै डिभिजन वन कार्यालयले अरु पाँच वटा सामुदायिक वनको वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना शुरु गर्न लागेको वन अधिकृत पौड्यालले जानकारी दिनुभयो । “सामाजिक, आर्थिक तथा वातावरणीय हिसाबले उपयुक्त र वनले प्रदान गर्ने वस्तु तथा सेवाको निरन्तरता वा वृद्धि हुने गरी गरिने दिगो वन व्यवस्थापन नै वैज्ञानिक वन व्यवस्थापन हो”, उहाँले भन्नुभयो । उहाँले यो वर्ष जिल्लाको अजिरकोट गाउँपालिका–४ मुच्चोकमा रहेको रातोमाटे सामुदायिक वन, पालुङटार नगरपालिकामा रहेको ठूलोपाखा सामुदायिक वन, गोरखा नगरपालिका–८ स्थित लुदी दामगाडे सामुदायिक वनमा वैज्ञानिक वन कार्ययोजना शुरु गर्न लागिएको बताउनुभयो । त्यस्तै शहीद लखन गाउँपालिका–८ स्थित भलायोबास सामुदायिक वन र भीमसेन थापा गाउँपालिका–४ स्थित छरछरे सामुदायिक वनको पनि यो वर्ष नै कार्ययोजना निर्माण हुने वन अधिकृत पौड्यालले बताउनुभयो । उहाँले कार्ययोजना निर्माण गर्दा शुरुमा केही खर्चिलो जस्तो भए पनि दीर्घकालमा सामुदायिक वनले दिने उत्पादनमा उच्च वृद्धि हुने भएकाले यसले सबैलाई फाइदा पुग्ने उल्लेख गर्नुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी


  • Advertisement

    समाचार
  • १

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • २

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ३

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ४

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • ५

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ६

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ७

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ८

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ९

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • १०

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution