• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २८, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

२

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

३

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

४

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

५

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

६

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

७

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

८

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

९

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

१०

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

११

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

१२

नेकपा एमालेको नेतृत्व परिवर्तनमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपरासीको सिङ्गो गाउँ नै एक व्यक्तिको नाममा दर्ता

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष ७, शनिबार (७ साल अघि)
    बर्दघाट-नगरपालिकाको-२१-वटा-कानून-तर्जुमा

    Advertisement

    परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको एउटा सिङ्गो गाउँ नै एक व्यक्तिको नाममा दर्ता भएको रहस्य खुलेको छ । विसं २०२४ मा नापी गर्दा हाल वडा नं ६ मा पर्ने साविक सनई गाविस वडा नं २ को सनई गाउँ नै भोनु चौधारीको नाममा दर्ता भएको ५१ वर्षपछि अहिले आएर थाहा भएको हो ।

    उक्त गाउँमा ९० घरधुरी छन् । सनई २ (क) कित्ता नं ३३५ को गाउँब्लक भनी १० बिघा दुई कठ्ठा पाँच धुर जग्गा स्थानीयवासी भोनु चौधरीको नाममा दर्ता रहेको परासी नापी कार्यालयको फिल्डबुकमा उल्लेख छ । गाउँ ब्लकमा पर्ने सो जग्गाको आव २०७१/७२ मा नापी गरी पूर्जा वितरण गर्ने क्रममा सो रहस्य खुलेको पाल्हीनन्दन–६ का वडाध्यक्ष कृष्णचन्द्र यादवले जानकारी दिए ।

    पुर्जा वितरणका लागि भन्दै नापी कार्यालयले नापजाँच गरेको तर लामो समयसम्म पनि पुर्जा नपाएपछि बुझ्न जाँदा एकै व्यक्तिको नाममा दर्ता भएकाले पुर्जा दिन नमिल्ने भनेपछि सो रहस्य खुलेको अध्यक्ष यादवले बताए । स्थानीयवासीसँग पञ्चायतकालमा गाउँ पञ्चायतले वितरण गरेको जग्गाधनी पुर्जा भने छ । गाउँ पञ्चायतले दिएको पुर्जा देखाउँदै स्थानीयवासी ६८ वर्षीय शिवचरण केवटले भने,, “हामीसँग पुर्जा छ तर कसरी एउटै व्यक्तिको नाममा दर्ता भयो, हामी साह्रै मर्कामा परेका छौँ, मेरो १४ धुर जग्गा प¥यो, अहिले भोनुका परिवारले कि पैसा देऊ, कि सट्टामा जग्गा देऊ भन्छन् हामी गरीबले कसरी दिने रु”

    एउटै व्यक्तिको नाममा दर्ता रहेकोे गाउँको उक्त ब्लकको जग्गामा पर्ने ८५ घरधुरीमध्ये पूर्वगाविस अध्यक्ष राजेन्द्र सहानी, हाल सोही वडाका कार्यालय सहायक रहेका शम्भु सहानीलगायतको पनि घर परेको छ । चार पुस्तादेखि बस्दै आए पनि अहिलेसम्म एउटै व्यक्तिको नाममा दर्ता छ भन्ने थाहा नै नपाएको भन्दै कार्यालय सहायक सहानीले भन्नुभयो, “मेरो पनि एक कठ्ठा जग्गा परेको छ, नक्सामा गाउँब्लक र फिल्डबुकमा एउटै व्यक्तिको नाममा दर्ता भएको पाइयो, यो बदर हुनुपर्छ ।”

    अर्का ६५ वर्षीय स्थानीयवासी सुदामा चौधरीले यस्तो अवस्था आउनामा जनताको भन्दा पनि त्यस बखतका कर्मचारीबाट गल्ती भएको हुन सक्ने या भोनुले नै प्रलोभनमा पारेर दर्ता गराएको हुनसक्ने जिकिर गरे । भोनुको मृत्यु भइसकेको र हाल उहाँका दुई छोरा छन् ।

    गाउँलेसँग भोनुका छोराले आफ्नो नाममा रहेको जग्गाको आधारमा रकम वा त्यसको सट्टामा जमीन दिन दबाब दिने गरेको स्थानीयवासीको गुनासो छ तर भोनुका छोरा रामशङ्करले भने यस विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् ।

    नापी कार्यालयका नापी अधिकृत धमेन्द्रकुमार श्रेष्ठले सो जग्गा व्यक्तिको नाममा दर्ता रहेकाले गाउँब्लकको जग्गाको नापनक्सा भए पनि उनलाई पुर्जा दिन नमिलेको बताए । अब मन्त्रालयबाट निर्देशन वा मन्त्रिपरिष्दबाटै निर्णय गरेर व्यक्तिको नाममा रहेको उक्त जग्गा बदर गरे मात्र पुर्जा वितरण गर्न सकिने उनको भनाई थियो ।

    पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले पुस्तौँदेखि बस्दै आएका स्थानीयवासीले जोतभोग गरिरहेको सो जग्गाको पुर्जा उनीहरूलाई उपलब्ध गराउनुपर्नेमा जोड दिँदै त्यसका लागि आफूले सक्दो पहल गरेर न्याय दिलाउने बताए । गाउँवासीहरूले लालपुर्जा बदर गरी आ–आफ्नै नाममा तात्कालिन गाउँ पञ्चायतको पुर्जाका आधारमा लालपुर्जा पाउनुपर्ने माग गर्दै आएका छन् । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति


  • Advertisement

    समाचार
  • १

    जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • २

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • ३

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ४

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ५

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ६

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ७

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ८

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ९

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • १०

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution