• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २३, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपरासी प्रहरी कार्यालयमा बिचौलियालाई रोक

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष ९, सोमबार (७ साल अघि)
    bichauliya-pilice-gate-24122018061409-1000x0

    Advertisement

    नवीन पौडेल

    परासी — यहाँस्थित जिल्ला प्रहरी कार्यालयको प्रवेशद्वारनजिक पर्खालमा बिचौलियालाई प्रवेश निषेध उल्लेख गरेर पोस्टर टाँसिएको छ । प्रहरी कार्यालयमै यस्तो पोस्टर देखेपछि त्यसले धेरैको ध्यान खिचेको छ ।अन्य सरकारी अड्डामा जस्तै प्रहरीमा पनि बिचौलिया बढेपछि यस्तो लेख्नु परेको प्रहरी कार्यालयको भनाइ छ । कार्यालयमा अनावश्यक व्यक्तिको भीडभाड बढेपछि सूचना टाँसेको एक प्रहरी अधिकारीले बताए ।

    जिल्ला प्रहरीमा दिनहुँ विभिन्न घटना र झगडाका उजुरी दर्ता हुन्छन् । घटनाका पक्ष र विपक्षीले आफ्नो पक्षमा बोलिदिनका लागि समर्थन गर्ने राजनीतिक दलका नेता/कार्यकर्ता, आफन्तलाई छलफलका लागि ल्याएका हुन्छन् ।

    घटनासँग सम्बन्धित व्यक्तिहरू आपसमा मिले पनि उक्साउने, घटनालाई अतिरञ्जित बनाउन खोज्ने प्रवृत्ति बढेपछि प्रहरी गेटमा नै बिचौलियालाई प्रवेश निषेध लेख्नुपरेको प्रहरी अधिकारीको भनाइ छ । सुशासन कायम गर्न र भनसुन चल्दैन भन्नका लागि पनि यस्तो लेखिएको प्रहरी कार्यालयले जनाएको छ ।

    ‘सामान्य घटनामा दबाबका लागि आफन्त, राजनीतिक दलका नेता तथा भीडभाड देखाउन खोज्ने प्रवृत्तिका मानिसका लागि यस्तो लेखिएको हो,’ जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले भने, ‘प्रहरीलाई स्वतन्त्र किसिमले अनुसन्धान गर्न र पक्ष–विपक्षीले पनिआफ्ना कुरा निर्धक्क भन्न सकून् भनेर अनावश्यक मानिसलाई छिर्न नदिन यस्तो लेख्नु परेको हो ।’

    प्रहरी कार्यालयभित्र सीधै बिचौलिया प्रवेश गर्न सक्दैनन् । गेटबाहिर पक्ष र विपक्षीलाई घटना मिलाइदिने भन्दै घटनासँग सम्बिन्धित व्यक्ति खोज्ने गिरोह पनि सक्रिय छ । गिरोहले विभिन्न राजनीतिक दल, व्यापारी तथा प्रहरी अधिकृतको नाम लिएर घटना मिलाइदिने वा आफ्नो पक्षमा निर्णय गराइदिने भन्दै रकम असुल्ने गर्छन् ।

    विपन्न समुदाय र अशिक्षित व्यक्तिका घटनामा बिचौलियाले बढी चलखेल गरेको पाइन्छ । प्रहरीका अगाडि आएर बोल्न डराउने र आफ्ना कुरा प्रस्टसँग राख्न नसक्ने देखेपछि बिचौलियाले चलखेल गर्ने गरेका छन् । गेटमा नै बिचौलियालाई प्रवेश निषेध लेखिएको देखेपछि प्रहरीलाई प्रलोभनमा पार्न प्रहरी कार्यालयभित्र जान लागेका बिचौलियाको मनोबल घटने विश्वास लिइएको छ ।

    परासीका अमृत गुरुङका अनुसार घटना मिलाइदिने, भनसुन गर्ने नाममा केही व्यक्ति प्रहरी कार्यालयको गेटबाहिर विभिन्न बहानामा बसिरहेका हुन्छन् । ‘चिया खाने, आफन्त भेटने बहानामा घटना बुझ्ने र पुलिस प्रशासनमा गएर मिलाइदिने भन्दै बार्गेनिङ गर्नेहरूका लागि प्रहरी कार्यालयको गेटमा नै प्रवेश निषेध लेखेर ठीक गरिएको छ,’ उनले भने, ‘प्रहरी हाम्रो साथी, मुस्कानसहितको सेवा र समुदाय प्रहरी अभियानलाई साँच्चै व्यवहारमा उतार्ने हो भने देशैभरिका कार्यालयमा यसैगरी बिचौलिया रोक्ने प्रयास गर्नुपर्छ । यसले बिचौलियाको गतिविधि पूर्णत: नरोकिए पनि कमी भने अवस्य हुनेछ ।’
    कान्तिपुरमा समाचार छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution